27/08/2026
ग्राहकहरूका लागि महत्वपूर्ण सूचना
प्रिय ग्राहकवर्ग,
नेपालमा हालै आएको विनाशकारी बाढीका कारण प्रभावित यात्रुहरूको सहजताका लागि नेपाल एयरलाइन्स, फ्लाईदुबई तथा हिमालय एयरलाइन्सले विशेष टिकट पुनः प्रमाणीकरण (Revalidation) तथा पुनः बुकिङ (Rebooking) को सुविधा उपलब्ध गराएका छन्।
२६ अगस्ट २०२६ वा सोभन्दा अगाडि जारी गरिएका टिकटहरू सम्बन्धित एयरलाइन्सले निर्धारण गरेका मिति, सर्त तथा नियमहरूअनुसार Revalidation का लागि योग्य हुन सक्नेछन्। साथै, एयरलाइन्सको नीति तथा सिट उपलब्धता अनुसार यात्राको मिति परिवर्तन गरी Rebooking गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।
यात्राको मिति परिवर्तन गर्नुपर्ने वा आफ्नो टिकटसम्बन्धी थप जानकारी तथा सहयोग आवश्यक पर्ने यात्रुहरूले कृपया हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई सम्बन्धित एयरलाइन्सको नियम तथा उपलब्धताअनुसार आवश्यक सहयोग र सहजीकरण गर्नेछौँ।
यस कठिन परिस्थितिमा तपाईंहरूको धैर्यता, समझदारी र निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद।
SAPANA TRAVELS AND TOURISM L.L.C , BUR DUBAI
CONTACT N0 : 043559825, 0502364015, 0502364099, 0502364025, 0502367088
ABU DHABI
CONTACT N0: 0502364143, 0502364533