Devghat Travel देबघाट ट्राभल

Devghat Travel देबघाट ट्राभल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devghat Travel देबघाट ट्राभल, Travel Service, Narayanghat.

तनहु देबघाट                           १५ कार्तिक २०८०            बिकास पान्डे                                           ...
01/11/2023

तनहु देबघाट
१५ कार्तिक २०८०
बिकास पान्डे श्री गाउँ सुधार समिती देबघाट ५ तनहु देबपुरको आयोजनामा नेपालिहरुको महान चाड दिपावली को पावन अबसरमा आगामी कार्तिक २५ गते बिहान ११ बजे देवपुर सास्कृतिक महोत्सब हुने भएको छ । "लोक संस्कृती संरक्षणणमा हाम्रो अभियान " भन्ने मुल नारालाइ आत्मसाथ गर्दै देवपुर डबली पार्क मा ७ औं संस्करण को रुप मा देवपुर सास्कृतिक महोत्सब आयोजना गर्न लागिएको हो । महोत्सब प्रत्यक बर्ष आयोजना गर्ने भए पनि कोरोना भाइरस पछि कार्यक्रम गर्न सकिएको थियन । देवपुर खेलकुद संघ सह आयोजक रहने महोत्सब को चक्रवर्ती सामुदायिक बन उपभोक्ता समूह सह प्रायोजक रहेको छ भने महोत्सबको संरक्षक देबघाट गाउपालिकाले गर्ने भएको छ । महोत्सबमा देबघाट गाउपालिका भित्र रहेका कला संस्कृति र जातिय भेषभुसाहरु जगेर्ना गर्ने उदेश्य साथै पर्यटन बर्ष २०२४ लाई मद्दत र टेवा पुग्ने हिसाब ले , विभिन्न लोप हुन लागेको कौराहा नाच , सोरठी , विभिन्न जातजातिको नृत्य , स्थानिय तथा रास्टृय स्तरका कलाकारहरुको प्रस्तुती साथै गायन प्रतियोगिता समेत हुने गाउँ सुधार समितिका अध्यक्ष सुकु गुरुङ ले जानकारी दिनुभयो । साथै गुरुङ ले छिमेकी जिल्ला चितवनको भरतपुर महानगरपालिकाले पर्यटन बर्ष २०२४ भब्यताका साथ मनाउने उद्घोष गरिरहदा यस देबघाट गाउपालिका भित्र पनि विभिन्न कला संस्कृति प्रदर्शन गरि देबघाट क्षेत्र लाई पर्यटनहरुको आकर्षण को क्षेत्र बनाउने उदेश्य का साथ महोत्सब आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रम मा रास्टृय स्तरमा ख्याती प्राप्त लोक दोहोरी गायिका ज्योती मगर ,निर्जला गुरुङ, लोक दोहोरी गायक राजन गुरुङ, लोक दोहोरी गायक कुशल बेलबासे, जादुगर बलराम सरकार का साथै स्थानिय कलाकारहरु को बेजोड प्रस्तुती रहने गुरुङ ले जानकारी दिनुभयो साथै वहाले कार्यक्रम लाई सभ्य र भब्य बनाउन को लागि सबै मा अनुरोध समेत गर्नुभएको छ ।

होइन होला 🇳🇵🇳🇵🇳🇵एस्तो चै नहोस है प्रभु
01/01/2023

होइन होला 🇳🇵🇳🇵🇳🇵
एस्तो चै नहोस है प्रभु

सुबिधा सम्पन्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन सम्पन्न ।
01/01/2023

सुबिधा सम्पन्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन सम्पन्न ।

सहयोगी मनहरु नेपालले बिबिध समाजिक कार्यहरुको साथै सहयोगका कार्यक्रमहरु गर्दै आफ्नो दोस्रो वार्षिकोत्सब मनाएको छ। चितवनको...
01/01/2023

सहयोगी मनहरु नेपालले बिबिध समाजिक कार्यहरुको साथै सहयोगका कार्यक्रमहरु गर्दै आफ्नो दोस्रो वार्षिकोत्सब मनाएको छ। चितवनको देवघाट धाममा आयोजित कार्यक्रममा नेपाल भरीका सहयोगीमनहरुको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष भिम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवघाट धाम टोल बिकास समितिका अध्यक्ष प्राज्ञ मुकुन्दशरण सिग्देलको प्रमुख आतिथ्यमा रोटरी करुणालयका प्रतिनिधि, लायन्स क्लब गैडाकोटका मेघराज कडेल लगायतको उपस्थिति रहेको थियो । संस्थाको वार्षिक प्रतिबेदन संस्थाका महासचिव बिष्णु उप्रेतीले प्रस्तुत गर्दै आगामी दिनहरुमा अझ ससक्त रुपमा सामाजिक कार्यमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयको थियो ।भने स्वागत मन्तब्य संस्थाका गण्डकी ,बाग्मति प्रदेश प्रमुख बालकृष्ण बस्ताकोटीले दिनुभयको थियो। संस्थाको बारेमा संस्थाका उपाध्यक्ष सुमनराज रिमाल र कोषाध्यक्ष स्मिता खनालले प्रकाश पार्नुभयको थियो। संस्थाका बरिस्ठ उपाध्यक्ष नन्दीकेशर चापागाँई (किशोर)को सञ्चालमा सम्पन्न कार्यक्रममा संस्था तथा सामाजिक कार्यमा बिषेश योगदान दिनुहुने श्रीकृष्ण पन्डित,अनिसा शाक्य तथा बिष्णु कंडेल लाई संस्थाले सम्मान समेत गरेको थियो । सहयोगीमनहरु नेपाल टिकटक चलाउने युवाहरुको सकारात्मक सोच भएको संस्था र आगामी दिनमा अझ स्वास्थ शिक्षाको क्षेत्रमा ससक्त भएर अघि बढ्न र बिकृती बिसंगती बिरुद्ध लडदै समुन्न्त समाज निर्माणमा अघि बढ्नको लागि अतिथि बक्ताहरुले सुझाव दिनुभयको थियो।संस्थाको वार्षिक उत्सवको पुर्व संध्यामा संस्थाले रोटरी करुणालय,रामजानकी बालिका कन्यागुरुकुलम देवघाट धाम, आमाको माया छात्रावास, भरतपुर महानगर पालिका १२ नम्बर वडा, कावासोती नगरपालिका वडानम्बर १२ लक्ष्मीनारायण बृद्धाआश्रममा बिभिन्न कार्यक्रम गरि करिब ३ लाख बराबरको सहयोग गरेको संस्थाका गण्डकी ,बगमतीका प्रदेश प्रमुख बालकृष्ण वस्ताकोटिले जानकारी गराउनु भयो।संस्थालाइ राष्ट्रिय व्यापार संघ काठमाडौले न्यानो कपडा, राज क्षेत्री,राम गुरुङ,संगिता गौतम,राधिका कडरिया, पुजा धिताल,राधिका पौडेल मनु क्षेत्री तुला बास्कोटा ,श्रीलक्ष्मी बस्नेत ,शान्ती श्रेष्ठ ,राज श्रेष्ठ ,राधिका भन्डारी टंक बस्नेत, सरोज महतारा प्रशु बिष्ट;समीर के शि राम गुरुङ लगायतको आर्थिक सहायतामा सहयोग कार्यक्रम सम्पन्न भएको थियो ।

देवघाटमा माघे संक्रान्ती मेलाको तयारी बैठक सम्पन्न,१०१ मुल समिति गठन ।।माघे संक्रान्ती मेला २०७८ व्यवस्थापन सम्बन्धी तया...
23/12/2021

देवघाटमा माघे संक्रान्ती मेलाको तयारी बैठक सम्पन्न,१०१ मुल समिति गठन ।।

माघे संक्रान्ती मेला २०७८ व्यवस्थापन सम्बन्धी तयारी बैठक गरिएको छ । देवघाट क्षेत्र विकास समितीको सभाहलमा भएको बैठकले मुल समिति सहित अन्य अन्य उपसमितिहरु गठन गरिएको जनाइएको छ । जसअन्र्तगत देवघाट क्षेत्र विकास समितिका अध्यक्ष वद्री प्रसाद अधिकारीको संयोजकत्वमा १०१ मुल समिति गठन गरिएको हो । समिति अन्र्तगत स्वयं सेवक परिचालन उपसमितिको संयोजकमा रोशन श्रेष्ठ,धुनी व्यवस्थापन उप समितिको संयोजकमा देवघाटतर्फ प्रविण कार्की र चितवनतर्फ सतनचुली वन रहेको छ । यसैगरी बजार व्यवस्थापन,सरसफाई तथा अस्थायी शौयाचलय व्यवस्थापन उप समितिमा चितवतर्फ सिताराम संस्कृत विद्यालय ,तनहुँतर्फ रामहरी पुडासैनी रहनुभएको छ भने खानेपानी व्यवस्थापन उपसमितिको संयोजकमा चितवनतर्फ माधव गुरु,तनहुँतर्फ सुरज मिश्र रहनुभएको छ । प्राथमिक स्वास्थ्य उपचार उप समिति संयोजकमा देवघाट गाँउपालिका यसैगरी बिजुली बत्ती व्यवस्थापन उपसमिति तर्फ चितवनतर्फ भरतपुर महानगरपालिका १ र देवघाट गाँउपालिका ५ रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक(सदस्य–सचिव)धिरणबाबु घिमिरेले बताउनुभयो । डुङ्गा व्यवस्थापन समिति संयोजकमा सिर्जन शर्मा रहनुभएको छ । तयारी बैठक कार्यक्रमलाई सम्बोधन गदैं नेकपा माओवादी केन्द्र देवघाट उपाध्यक्ष जयकृष्ण सुवेदीले सुरक्षा व्यवस्थापनमा जोड दिनुपर्नेमा बताउनुभयो । झोलुङे पुलमा यात्रु व्यवस्थापन गर्नुपर्ने समेत जनाउनुभयो । यसैगरी नेकपा एमाले देवघाट गाँउकमिटि अध्यक्ष केशवचन्द्र न्यौपानेले मेलालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै देवघाट गाँउपालिका प्रवक्तां एवं देवघाट गाँउपालिका ५ वडाअध्यक्ष याल बहादुर गुरुङले वाटो मर्मत सम्भारमा सहयोग गर्ने जनाउनुभयो । खानेपानी,विजुली वत्ती,पार्किङ स्थल लगायतमा देवघाट क्षेत्र विकास समितिसँग सम्वन्य गर्ने बताउनुभयो । देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष शिवराज पौडेलले देवघाटमा लाग्ने मेला पर्व उत्सव लगाायतमा देवघाट क्षेत्र विकास समितिले महत्वपुर्ण रुपमा भुमिका खेलेको बताउनुभयो । गतवर्षका मेला पर्वहरु भन्दा यस वर्षको मेला फरक तवरबाट जान आग्रह गर्नुभयो । संगम स्थल र स्नान स्थलमा विशेष सुरक्षाा दिनुपर्ने समेत पौडेलले बताउनुभयो । देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले स्वागत मन्त्वय राख्नुभएको कार्यक्रमको सहजीकरण देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदस्य–सचिव धिरणबाबु घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सभाअअध्यक्ष अध्यक्ष वद्री प्रसाद अधिकारीको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

Address

Narayanghat

Telephone

+9779845203740

Website

Alerts

Be the first to know and let us send you an email when Devghat Travel देबघाट ट्राभल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category