खप्तड ( Khaptad tourism)

खप्तड ( Khaptad tourism) खप्तड ( Khaptad tourism)which is all about exploring the Culture, Music and Art of our kha

Khaptad can be an important alternative to the popular tourist destinations in Nepal like Annapurna Circuit trek or Everest Base Camp trek. Situated in the far western part of Nepal it would give you exposure to the different environment, flora fauna as well as the different culture of the western Nepal. And at the time of my travel only about 50 foreigners had ever stepped on this wonderful park making this one of the virgin, unexplored and fresh destinations in Nepal.

26/08/2013

प्तड राष्टीय निक’ञ्ज बाट भागेर गएको जंगली बाघ द्धारा बझाङमा स्थानियका ५ बाख्रा खायो
भदौ ४
खप्तड राष्टीय निक’ञ्ज बाट भागेर गएको जंगली बाघको एक समुहले बझाङको लुयांटा गाबिसको लेकाली क्षेत्र पुङगरमा स्थानियका ५ बाख्रा खाईदिएको छ । आईतबार बिहान निकुञ्ज बाट भागेका ३ ओटा बाघले लुयांटा गाबिसको पुङगर स्थिीत थुम्क खाली नजिकैको खुरप भन्ने स्थानमा स्थानियका ५ बाख्रा एउटै ठाउमा खाएको हो । बाघले नवराज उपाध्यायका ३, मनराज उपाध्याय, को १ र शिबराज उपाध्याय को १ गरी ५ बाख्रा खाईदिएको स्थानिय बासी लक्ष्मीराज उपाध्याय ले जानकारी दिनु भयो । निकुञ्ज बाट भागेका बाघ गएराती ७ बजे तिर सो ठोमा पुगेर बाख्रा खाईदिएको स्थानिय बासीले बताएका छन । निकुञ्ज बाट भागेका बाघ लाई खप्तड राष्टिय निकुञ्ज प्रसासनले नियन्त्रणमा लिन प्र्रयास गरे पनि सोमबार बिहान १ बाघलाई मात्र नियन्त्रणमा लिएको छ । निकुञ्जका सुरक्षाकर्मिको टोली बाघलाई लुयांटा गाबिसको वार्ड नं ७ सुत्या बाट नियन्त्रणमा लिएको ह ो । नियन्त्रणमा लिएको बाघ लाई बेहोस बनाउने औसधि सहितको गोली हानेपछी निकुञ्जमा ल्याएर छोडीएको छ । अन्य २ बाघ अझै फरार रहेको र खोजी कार्य जा।री रहेको खप्तड राष्टिय निकुञ्ज प्रसासनले जनाएके छ । निकुञ्जमा यस बर्ष बाघको संख्यामा बृद्धी भएकाले आहार खोज्न बाहीर गएको हुन सक्ने निकुञ्जले जनाएको छ। ीनकुञ्ज क्षेत्रबाट बाहीर बाघ आए पछी बस्तीमा आउने डरले स्थानिय बासी चिन्तीत बनेका छन ।

Khaptad Region
27/06/2013

Khaptad Region

खप्तडमा गंगा दशेरा मेला   हरिया पाटन, पाटनभरी रंगीविरंगी फूल । छिनछिनमै मौसम बदलिने । कहिले पानी पर्ने, कहिले बादल नाच्न...
09/06/2013

खप्तडमा गंगा दशेरा मेला हरिया पाटन, पाटनभरी रंगीविरंगी फूल । छिनछिनमै मौसम बदलिने । कहिले पानी पर्ने, कहिले बादल नाच्ने र तुरुन्तै घाम लाग्ने । हिउँ पर्ने मौसमा त सेताम्य देखिन्छन पाटन । प्रकृतिको अनुपम उपहार सुदुर पश्चिमको खप्तड । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तड क्षेत्रको प्रमुख स्थान त्रिवेणी मन्दिर हो । जहाँ पुग्न डोटीदेखि दुई दिन हिड्नुपर्छ । मन्दिर छेउकै खोलामा नुहाएर मन्दिरमा पुजा गरे पाप मोचन हुने जनबिश्वास छ । त्रिवेणीबाट दुई घन्टामा खापर दह पुग्न सकिन्छ । घना जंगल बीचमा फूलै फूलहरुको बीचमा रहेका दहले खप्तड क्षेत्रलाई सिंगारेको छ । त्यहाँ पुग्दा स्वर्ग भनेको यहि हो कि जस्तो लाग्छ । दशेरा मेला एक झलक खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदार ढुंगाजस्ता धार्मिक स्थल छन् । त्यसबाहेक साना ठूला २२ पाटन र ५२ झोती यहाँका प्रमुख आर्कषण हुन् । खप्तड बाबाको वि.स. ०५३ सालमा देहावसान भएपछि उनी बस्दै आएको घर जीर्ण बन्दै गएको छ । जीवजन्तुको बासस्थानका रुपमा पनि परिचित छ खप्तड । खप्तड क्षेत्रमा ४ रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्छन् । नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटीका साथै ५ सय ६७ प्रजातीका वनस्पति र विभिन्न २ सय ७० जातका चुराचुरुंगी खप्तडमा भेटिन्छन् । खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातीका रैथाने उभयचर लगाएत बाघबुट्टे निगांलो पाइने यो नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ हरियो छेपारो पनि पाइन्छ खप्तडमा । खप्तडको उचाइ १२६२ देखि ३२७६ मिटरसम्म छ । क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर । खप्तड राष्ट्रिय निकुञ्ज थलथले घासे मैदानयुक्त जमिन हो । खप्तड बाबाले ध्यान गरेकाले यसलाई धार्मिक र योगसाधना स्थलका रुपमा विकास गर्न सकिन्छ । हाइ माउन्टेन गल्फ कोर्स र ध्यानका लागि पनि उपयुक्त छ खप्तड क्षेत्र । तर यति महत्वको ठाउँमा निकुञ्ज बनेको २५ बर्ष भैसक्दा पनि ३ सय भन्दा बढी विदेसी पर्यटकले पाइला टेकेका छैनन् । गंगा दशहरा मेलामा भने हजारौं नेपाली पुग्छन् । सुदूरपश्चिमकै प्रख्यात मेला दशेरा मेलालाई तथा खप्तड क्षेत्रकै पर्यटनको विकासका लागि भनेर रैका ट्राभल्स एण्ड टुरले प्याकेज ब्यबस्था गरेको छ । सो प्याकेज अन्तगर्त असार ४ गते लाग्ने दशेरा मेलालाई लक्षित गरेको छ । मेलामा धनगढीदेखि खप्तडको दशेरा मेलासहित खप्तडकको भम्रण गरी पुन धनगढी सम्मका लागि ६ दिनको समय छुटाएको छ । जसका लागि प्रतिब्यक्ति १५ हजार रुपैयाँ खर्च लाग्ने जनाएको छ । खप्तड प्याकेजमा डोटीको शैलेश्वरी मन्दिर, डडेलधुराको उग्रतारा र डोटीकै भागेशवर शालमुनी मन्दिरको दर्शन समेत समेटिएको छ । यदी शुक्लाफाट बन्यजन्तु आरक्षण को जगल सफारी गर्ने हो भने थप एक दिनका साथै खर्च समेत थपीने रैका टाभल्सका प्रबन्ध निर्देशक अमर शाही बताउछन् । उनी भनछ यदी दुई थप गरेमा बर्दियाको ठाकुरद्धार मन्दिर तथा बर्दिया राष्टिय निकुन्ज घुम्नुका साथै सिमसार क्षेत्रमा पर्ने प्रख्यात घोेडाघोडी तालको समेत घुम्न सकिने बताए ।

08/06/2013
एकपटक राजा वीरेन्द्रले खप्तडबाबालाई सोधेछन् ुतपाईं किन यति अनकण्टार ठाउँ खप्तडमा बस्नु हुन्छ तपाईलाई काठमाडौंमै सुबिधायु...
26/05/2013

एकपटक राजा वीरेन्द्रले खप्तडबाबालाई सोधेछन् ुतपाईं किन यति अनकण्टार ठाउँ खप्तडमा बस्नु हुन्छ तपाईलाई काठमाडौंमै सुबिधायुक्त आश्रम बनाई दिन्छु हुन्न ुजवाफमा खप्तडबाबाले भनेछन् ुखप्तडको विकल्प खप्तड नै हो किनभने यो मेरो पि्रय ठाउँ हो ।ुसुदुरपश्चिमको खप्तड जति सुन्दर छ त्यतीनै त्यहा पुग्न कठिनाई पनि छ काठमाण्डै देखीकॊ लामो यात्रा पश्चात दुई दिनकेा पैदल यात्रा पश्चात पुगीन्छ खप्तडको त्रिवेणी साउन १ गते शनिबार राजधानी दैनिकमा छापीएको खप्तडको बारेमा

खप्तड ( Khaptad tourism)
12/05/2013

खप्तड ( Khaptad tourism)

आमा नै हुन जननीआमा नै हुन जन्म की खानीजन्म दिएर पृथ्बीमा पाईला टेकाउछौताते ताते गरेर हिड्न सिकाउछौआकाश चुम्न सक्ने बाटो ...
09/05/2013

आमा नै हुन जननी
आमा नै हुन जन्म की खानी
जन्म दिएर पृथ्बीमा पाईला टेकाउछौ
ताते ताते गरेर हिड्न सिकाउछौ
आकाश चुम्न सक्ने बाटो देखाउछौ~~!!
जिउदो हुन्जेल नै आमाको पूजा गरौ
र उनीलाई तृप्त गरौ
बाचुन्जेल आमा लाई बेवास्ता गरी मृत्युपछि आमाको प्रतिबिम्ब खोज्नु
मुर्खता मात्र हो सम्पूर्ण आमाहरुलाई दीर्घायुको लागि शुभकामना !! शुभकामना !!!

नयाँ बर्षले हाँसो खुशी र ऊँमगं छावोस भन्दै नब बर्ष 2070 सालको हार्दीक मंगलमय शूभकामना अर्पण गर्दछु
11/04/2013

नयाँ बर्षले हाँसो खुशी र ऊँमगं छावोस भन्दै नब बर्ष 2070 सालको हार्दीक मंगलमय शूभकामना अर्पण गर्दछु

गुराउँसीफुल
10/04/2013

गुराउँसीफुल

Address

अछाम
Achham
0097

Alerts

Be the first to know and let us send you an email when खप्तड ( Khaptad tourism) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खप्तड ( Khaptad tourism):

Share

Category