Sushant Mobile

Sushant Mobile Baral AC Deluxe
चितवन ⇄ पोखरा
आरामदायी | सुरक्षित | माइक्रो सेवा
Micro | Chitwan ⇄ Pokhara
Comfort & Trust in Every Ride
📞 9845201525

27/01/2026

चितवन ⇄ पोखरा
आरामदायी | सुरक्षित | माइक्रो सेवा

27/01/2026

27/01/2026
20/05/2016

भोक भोकै सुत्ने मेरै देशमा छन //
भुँडी घटाउन उठ्ने मेरै देशमा छन //

बनाउन , सहयोगी , कोही भेटीन्न
आन्दोलनमा जुट्ने मेरै देशमा छन //

आपतमा उद्दार गर्नेहरु लाई
मरीन्जेल कुट्ने मेरै देशमा छन //

नारीलाई, पुज्ने ,मेरो देश नेपाल
बालिकालाई लुट्ने मेरै देशमा छन //

न्यायको कुरा के लाई गर्नु छ र
मान्छे मारेर छुट्ने मेरै देशमा छन //

रमेश पौडेल
बर्दघाट ४ नवलपरासी
हाल : साउदीअरब

26/04/2016

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको छ।

यूएईमा आइतबार सम्पन्न आईसीसीको बोर्ड बैठकले क्यानको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको, सरकारले क्यानमाथि अनावश्यक हस्तक्षेप गरेको र पछिल्लो समय नेपाली क्रिकेटमा नेतृत्वको शून्यता देखिएको कारण जनाउँदै क्यानलाई निलम्बन गर्ने निर्णय गरेको हो।

आईसीसीको प्रतिबन्धले खेलाडी र नेपालको अन्तर्राष्ट्रिय सहभागितालाई भने कुनै असर पार्नेछैन।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानको तदर्थ समिति गठन गर्नुलाई पनि आईसीसीले निलम्बनको आधार बनाएको छ।

आईसीसीले आफ्नो विधानको धारा २.९ लाई आधार बनाएर क्यानलाई निलम्बन गरिएको जनाएको छ । उक्त धारामा राष्ट्रिय संघको स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्ने र राष्ट्रिय संघमाथि सरकारको कुनै पनि हस्तक्षेप हुनु नहुने प्रावधान छ।

निलम्बनमा परेपछि अब क्यानले आईसीसीबाट कुनै पनि आर्थिक सहयोग पाउनेछैन। क्यानमा देखिएको विवादका कारण आईसीसीले यसअघि नै नेपाललाई दिनुपर्ने आर्थिक सहयोग रोक्का गरेको छ।

क्यानलाई निलम्बन गरे पनि आईसीसीले आफूअन्तर्गत सञ्चालन हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाललाई रोक लगाएको छैन । नेपालले आईसीसीद्वारा आयोजना गरिने प्रतियोगिताहरूमा भाग लिन पाउनेछ।

नेपाली क्रिकेटको दिगो विकास र प्रशासनिक कार्यका लागि नेपालका क्रिकेट समुदाय र अन्य सम्बद्ध पक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय पनि आईसीसीले गरेको छ। आफ्ना राष्ट्रिय संघहरूमाथि सरकारको कुनै पनि प्रकारको हस्तक्षेप सह्य नहुने आईसीसीले जनाएको छ।

क्यानमा सरकारी हस्तक्षेप कायम रहेसम्म निलम्बन कायम रहने पनि आईसीसीले जनाएको छ।आईसीसीले केही दिनअघि मात्र नेपाली क्रिकेटमा देखिएको विवाद चाँडोभन्दा चाँडो समाधान गर्न चेतावनी दिएको थियो।

क्यानलाई निलम्बन गरे पनि नेपालले आईसीसीद्वारा आयोजना गरिने प्रतियोगिताहरूमा भाग लिन पाउनेछ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र नामिबियाबीचको खेलका लागि काठमाडौं आएका आईसीसीका विकास निर्देशक टिम एन्डर्सनले पत्रकारसम्मेलन गरी आईसीसी नेपाली क्रिकेटको विवाद लामो समय हेरेर बस्ने पक्षमा नरहेको बताएका थिए।

गत पुस २ गते पुरानो कार्यसमितिको कार्यकाल सकिनुअघि मंसिर २९ गते नै नेपाल क्रिकेट संघ (क्यान) को एउटा समूहले निर्वाचन गरी नयाँ समिति बनाएको थियो । तर आफ्नो निर्देशनविपरीत निर्वाचन गरेको भन्दै राखेपले त्यसलाई मान्यता दिन मानेन।

कार्यकाल सकिन लागेकाले तत्कालीन कार्यसमितिले रातारात साधारणसभा गरेर चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।त्यसपछि राखेपले केही समयका लागि क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई क्यानको नियमित कार्य सञ्चालनको जिम्मा दियो भने केही समयपछि रमेश सिलवालको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो।

आफ्नो समितिलाई बेवास्ता गर्दै राखेपले तदर्थ समिति गठन गरेपछि चन्दको नेतृत्वमा रहेको समिति कानुनी उपचारको खोजीमा सर्वोच्च अदालतको शरणमा पुगेको थियो। नेपाली क्रिकेटमा देखिएको यो विवाद अहिले अदालतमा विचाराधीन छ।

27/03/2016

१४ चैत्र । नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । राष्ट्रिय टोलीले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आज मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र मलेसियाबिचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे मलेसियामा हुनेछ । बंगबन्धु गोलडकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीले त्यसपछि पहिलो पटक खेल्न लागेको हो । विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीमा भरत खवास, विजय धिमाल, विकेश कुथु, विशाल राई, विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, किरण लिम्बु, मानबहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, रञ्जन विष्ट, रञ्जित धिमाल, सुजल श्रेष्ठ, सुन लामा र सुनील बल हुनुहुन्छ । मलेसियासँगको खेलका लागि नेपाली टोली गएको अस्ति शुक्रबार गएको हो ।

16/06/2015

Come Guys, Join This !!!
Let's support Nepali Cricket

Join and invite ur friends

22/02/2014

बिश्वकप खेल्ने जिम्बावे बाहेक सबै टिमको घोषणा (नामावली सहित)

बिश्वकप खेल्ने १५ देशका खेलाडीको नामावली यस प्रकार छ ।
भारत:- महेंद्र सिंह धोनी (कप्तान) वरूण आरोन, स्टुअर्ट बिन्नी, शिखर धवन, रविंद्र जडेजा, विराट कोहली, भुवनेश्वर कुमार, अमित मिश्रा, अंजिक्य रहाणे, रविचंद्रन अश्विन, सुरेश रैना, मोहम्मद शमी, मोहित शर्मा, रोहित शर्मा, युवराज सिंह।

अफगानिस्तान:- मोहम्मद नबी (कप्तान), अशगर स्टैनिकजई, दौलत जरदान, गुलबादीन नायब, हामिद हसन, हमजा होतक, करीम सादिक, मीरवाइस अशरफ, नजिबुल्लाह तराकी, नजिबुल्लाह जादरान, नवरोज मंगल, समीउल्लाह शेनवारी, मोहम्मद शहजाद, शफिकुल्लाह, शापूर जरदान।

अस्ट्रेलिया :- जार्ज बैली (कप्तान), डेनियल क्रिस्टियन, नाथन कोल्टर नाइल, जेम्स फाकनर, एरोन फिंच, ब्रैड हैडिन, ब्रैड हॉज, ब्रैड हॉग, मिशेल जानसन, ग्लेन मैक्सवेल, जेम्स मुरिहीड, मिशेल स्टार्क, डेविड वार्नर, शेन वाटसन, कैमरून व्हाइट।

बङ्लादेश :- मुशफिकर रहीम (कप्तान), अल अमीन हुसैन, अनामुल हक, फरहद रजा, महमुदुल्लाह, मशरेफी मुर्तजा, मोमिनुल हक, नासिर हुसैन, अब्दुर रज्जाक, रूबेल हुसैन, सब्बीर रहमान, शमसुर रहमान, शाकिब अल हसन, सोहाग गाजी, तमीम इकबाल।

इङ्ल्याण्ड :- स्टुअर्ट ब्रॉड (कप्तान), रवि बोपारा, टिम ब्रेसनन, जोस बटलर, जाडे डर्नबाक, अलेक्स हेल्स, क्रिस जोर्डन, माइकल लंब, मोइन अली, इयोन मोर्गन, स्टीफन पैरी, जो रूट, बेन स्टोक्स, जेम्स ट्रेडवेल, ल्यूक राइट।

हङकङ:- जेमी एटकिन्सन (कप्तान), एजाज खान, मार्क चैपमैन, एहसान नवाज, हसीब अमजद, बाबर हयात, इरफान अहमद, राय लैमसम, मुनीर दार, नदीम अहमद, नजीब अमर, निजाकत खान, किचिंत शाह, तनवीर अफजल, वकास बरकत।

नेपाल:- पारस खड़का (कप्तान), प्रदीप एरी, पृथु बसकोटा, बिनोद भंडारी, नरेश बुधायर, शक्ति गौचन, सोमपाल कामी, अविनाश कर्ण, सुभाष खाकुरेल, ज्ञानेंद्र मल्ला, जितेंद्र मुखिया, सागर पुन, बसंत रेगमी, शरद वेसावकर, राहुल विश्वकर्मा।

नेरदल्याण्ड - पीटर बोरेन (कप्तान), वेस्ले बारेसी, लोगन वान बीक, मुदस्सर बुखारी, बेन कूपर, टिम ग्रुजटर्स, टिम वान डर गुगटेन, टाम हेगलमैन, विवियन किंगमा, अहसान मलिक, स्टीफन मीबुर्ग, माइकल रिप्पन, पीटर सीलार, माइकल स्वार्ट, एरिक स्वार्जन्सकी।

न्युजील्याण्ड :- ब्रैंडन मैकुलम (कप्तान), कोरी एंडरसन, ट्रेंट बोल्ट, एंटन डेवसिच, मार्टिन गुप्टिल, रोनी हीरा, मिशेल मैकलेनगन, नाथन मैकुलम, काइल मिल्स, कोलिन मुनरो, जेम्स नीशाम, ल्यूक रोंची, टिम साउथी, रोस टेलर, केन विलियमसन।

पाकिस्तान:- मोहम्मद हफीज (कप्तान), अहमद शहजाद, बिलावल भट्टी, जुनैद खान, कामरान अकमल, सईद अजमल, शाहिद अफरीदी, शरजील खान, शोएब मलिक, शोएब मकसूद, सोहेल तनवीर, मोहम्मद ताल्हा, उमर अकमल, उमर गुल, जुल्फिकार बाबर।

दक्षिण अफ्रीका:- फाफ डु प्लेसिस (कप्तान), क्विंटन डि काक, एबी डिविलियर्स, फरहान बेहारडीन, हाशिम अमला, जे पी डुमिनी, बेरॉन हैंड्रिक्स, इमरान ताहिर, डेविड मिलर, एल्बी मोर्कल, मोर्ने मोर्कल, वायने पर्नेल, एरोन फैंगिसो, डेल स्टेन, लोनवाबो सोतसोबे।

संयुक्त अरब ईमीरात:- खुर्रम खान (कप्तान), अहमद रजा, अमजद अली, अमजद जावेद, असुदुल्लाह शरीफ, फैजान आसिफ, कामरान शहजाद, मंजुला गुरूगे, मोआज काजी, रोहन मुस्तफा, स्वप्निल पाटिल, रोहित सिंह, शाहदीप सिल्वा, शैमान अनवर, विक्रांत शेट्टी।

वेस्टइंडीज:- डेरेन सैमी (कप्तान), सैमुअल बद्री, ड्वेन ब्रावो, जानसन चार्ल्स, शेल्डन कोटरेल, आंद्रे फ्लैचर, क्रिस गेल, सुनील नारायण, दिनेश रामदीन, रवि रामपाल, आंद्रे रसेल, मलरेन सैमुअल्स, क्रिशमार सांतोकी, लेंडल सिमन्स, ड्वेन स्मिथ।

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Sushant Mobile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category