10/09/2025
अहिले नेपालमा के हुदैछ,
नेपालमा कसैले सेना पठाएर जित्न खोजेको छैन, हाम्रो बालबालिका देखाएर कसैले सुटुक्कै देश धरापमा पार्न खोजेको छ,
देशको चिनारी मेटाउन सबै कुरा जलाइएको छ, युवाले मार्छन भनेर नेतालाइ तह लाएको छन, यो सबै बर्गको नेताले देखि नसक्नु गरेको भ्रस्ताचारले हो l यो गलत भइराखेको छ, तर त्यो भन्दा गलत हाम्रो कलिला भाइबहिनीहरुलाइ प्रयोग गरेर भइराखेको अपरिपक्को परिबर्तनले गृह युद्धको खतरा भएको छ र राम्रो नेता भएपनि डर धाक देखाएर सबल नेत्रित्वो आउन नपाउन भन्ने हिसाबले खेल खेलिदैछ l
केहो त जेन जी
डिजिटल नाटिव्स → इन्टरनेट, मोबाइल, सोशल मिडिया जन्मदेखि देखेर हुर्किएका पहिलो पुस्ता।
शिक्षा र जानकारी → अनलाइन स्रोत, YouTube, Google, ChatGPT, TikTok जस्ता प्लेटफर्मबाट धेरै सिक्छन्।
सामाजिक सोच → लैङ्गिक समानता, वातावरणीय संरक्षण, सामाजिक न्याय, मानसिक स्वास्थ्य जस्ता मुद्दामा सचेत।
काम गर्ने शैली → रिमोट वर्क, गिग इकोनोमी, स्टार्टअपमा रुचि।
संचार शैली → छोटकरी (texting slang, meme culture), इमोजी, reels/video content बढी प्रयोग।
न्य पुस्ताहरूसँग तुलना
Baby Boomers (1946–1964): परम्परागत, स्थिर काम रोज्ने।
Gen X (1965–1980): “लाचर” बीचको पुस्ता, टेक्नोलोजी अपनाउने।
Millennials (Gen Y) (1981–1996): इन्टरनेट/मोबाइलसँग हुर्किएका, तर Gen Z जत्तिकै डिजिटलमा डुबेका होइनन्।
Gen Z (1997–2012): जन्मदेखि डिजिटल, “स्मार्टफोन पुस्ता”।
Gen Alpha (2013 पछि): अहिले साना बच्चा, भविष्यमा अझै AI/VR/ARमा हुर्किने।
अनि अहिले हाम्रो देश देश धेरै मासुम अवस्थामा छ l
एसियन देशमा घुस बिना रहित देश कोहि नि छैन चिनमा नि छ,
नेपालमा घुसको कारणले आन्दोलन भएको भए देशलाइ दुर्घटनामा पुर्याउने दुर्गा किन अगाडी छ l
करोड कमाउने कर तिर्नेको घर किन जलिरहेको छ,
यसले सुसासन ल्याउछ्त,
अहिले नेता भएर अगाडी लडेकोहरु किन मौन छन, कहा छन् कस्ले देशमा चलखेल गर्दैछन,
अहिले सबै भ्रममा परिरहेको छन, यो देश मा घर घर सम्बाद हुन नसकोस र घर घरमा झगडा फैलाउनको लागि हो
अब १-२ दीनमा सबैको मानसिकतामा चोट पुग्छ, सबै तैले तैले गर्दा होस् भनेर हानथाप हुन सक्छ,
युवा जोसमा कता कताको नबुजी नराम्रो काम गर्न सक्छन,
पहिलेको पार्टीहरु फस्त्रेसन निकाल्दा गाउँ गाउँ आगो लाग्न सक्छ
१-२ महिना पछि तलब न आउन पनि सक्छ, नेपाल चरम आर्थिक तथा मानबिय संकट बात गुज्रिन सक्छ l
सबैले मानसिक तनाब हुन् सक्छ सान्त्वना भन्दा झैँ झगडा हुने हुन् सक्छ किनकी सबैको शान्त मन छैन,
येस्तोमा हतेमतो गर्नुपर्छ, गाउँ गाउँ मिलेर केहि संरचनात्म काम गर्ने पुञ्ज पाठ गर्ने झगडा हुने कुरा नगर्ने,
धेरै सोसल मिडिया नहेर्ने, योग ध्यान गर्नुपर्छ, यो कसैले प्रयोग गरिसकेको कुरा हो मानिसलाई र देशलाई कसरि बर्बाद गर्ने भनेर हामीले बुझ्नुपर्छ,
प्रिय डाक्टर/ नर्सहरु,
र गाउँपालिकाबासि, तपाई हरुले चलाएको घर दैलो चलाई राख्नु होला
बुद्धि जिबी वर्ग हरु शान्त रहेछ आफ्ना छोरा छोरीहरुलाई सम्झौनुहोला
हामीले स्थानीय तहमा जान सरकार भएको देखाउनु छ,
जो आए पनि एक्लै शासन गर्ने हैन, कसैको उक्साहटमा नलाग्नुहोला,'
सोच विचार पुर्याएर काम गर्नुहोला
बिदेशमा रहेको सबै आफ्नो घरमा सम्पर्क तथा मानसिक राम्रो सुझाउ सल्लाह दिनुहोला धेरै राजनीतिक मेन्टल डिस्टर्ब हुनेकुरा नगर्नुहोला
येही चाहनुहुन्छ भने मेरो Whatsapp मा जोदिनुहोला,
अरुकुरा जे होला होला म भने म मेरो अपिहिमाल जोगाउछु,
हाम्रो सस्कार संस्कृति जोगाउन मनबता जोगाउन प्रयास गर्छु
सायद देशमा भोकमरी हुन् सक्छ, गृह युद्ध हुन् सक्छ तर हामी एकता भयो भने हामीलाई केहि पनि गर्न सक्दैन,
हामीले गरेको कुरा सबै बच्यो भने शान्त तरिकाले नि गर्न सकिन्छ
हाम्रो बाजेले दिनुभएको अर्ति तातो तातो खाऊ जलि मरौ नगर्नुहोला
हामीलाइ एक्लो महसुस हुनसक्छ यसको लागि Group बनाएर आफ्नो मन हलुका गर्न सक्छौ