Ghumphir Nepal

Ghumphir Nepal Tourism News Site and Promoting Nepal's Tourism

27/03/2026

नयाँ सरकारले ५० लाख पर्यटक भित्र्याउने ‘टार्गेट’ लिनुपर्छ : अध्यक्ष शाह

बर्दिया राष्ट्रिय निकुञ्ज खासगरी बाघ हेर्ने गन्तव्यका रूपमा प्रख्यात छ । हात्ती सफारी गर्दै वन्यजन्तु र चराचुरुंगी अवलोक...
21/02/2026

बर्दिया राष्ट्रिय निकुञ्ज खासगरी बाघ हेर्ने गन्तव्यका रूपमा प्रख्यात छ । हात्ती सफारी गर्दै वन्यजन्तु र चराचुरुंगी अवलोकन गर्न आन्तरिकसँगै विदेशी पर्यटक निकुञ्जमा आउँछन् । निकुञ्जसँगै जोडिएर बग्ने कर्णाली नदीमा कैलालीको चिसापानीदेखि टीकापुरसम्म र्‍याफ्टिङको मज्जा लिन सकिन्छ ।

९६८ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जको ७० प्रतिशत भूभाग जंगलले ढाकिएको छ भने ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी जनावर, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने जन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।

निकुञ्जभित्रको कर्णाली भँगालोमा हात्तीलाई नुहाइदिंदै माहुते ।
कर्णाली नदीमा डल्फिनको लोभलाग्दो दृश्य निकुञ्जको अर्को आकर्षण हो, जहाँ माछा मार्न सौखिन पर्यटक समेत आउँछन् । निकुञ्ज व्यवस्थापनसँग अनुमति लिएर निकुञ्ज क्षेत्रमा क्याम्पिङ गर्न पनि पाइन्छ ।

पश्चिम नेपालकै प्रमुख धार्मिक स्थलहरूमा पर्ने ठाकुरद्वारा मन्दिर निकुञ्ज नजिकै छ । लिच्छविकालीन मूर्तिहरू रहेको यो मन्दिरमा माघेसंक्रान्तिमा मेला लाग्छ । बर्दिया जिल्लाकै गौरव थारु संस्कृति निकुञ्ज यात्रामा जाँदा छुटाउने कुरै भएन । निकुञ्जबाट ५/६ किलोमिटरको दूरीमा रहेको डल्लागाउँको थारु होमस्टेले थारु परिकार र परम्परागत नाचगान सहित पाहुनाको स्वागत गर्छ ।

कसरी पुग्ने ?
हवाईजहाजमा जाने हो भने काठमाडौंबाट ५५ मिनेटको यात्रापछि नेपालगञ्ज र त्यसको दुई घण्टामा बर्दियाको ठाकुरद्वारा पुगिन्छ । बसमा जाँदा काठमाडौंबाट १२ घण्टामा पुग्न सकिन्छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको आम्बासाबाट १३ किलोमिटर टाढा छ, ठाकुरद्वारा । यहाँ बास बस्न सुविधायुक्त होटल र रिसोर्टहरू छन् ।

भक्तपुर नगर र न्यातापेाल मन्दिरभक्तपुर नेपालको काठमाडौ उपत्यकाको पुरानो र सांस्कृतिक रूपमा समृद्ध शहर हो। यो शहर मध्यकाल...
02/02/2026

भक्तपुर नगर र न्यातापेाल मन्दिर

भक्तपुर नेपालको काठमाडौ उपत्यकाको पुरानो र सांस्कृतिक रूपमा समृद्ध शहर हो। यो शहर मध्यकालीन मल्ल वंशका राजा–रानीहरूको शासनकालमा वास्तुकला, कला र सांस्कृतिक विकासको केन्द्र भएको थियो। भक्तपुर “भक्तपुर दरबार स्क्वायर” को लागि विश्वभर प्रसिद्ध छ, जुन युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ। यस क्षेत्रभित्र प्राचीन दरबारहरू, पवित्र मन्दिरहरू, आकर्षक भित्ते कला, अत्यन्तै सुन्दर झ्याल–ढोकाहरू र ऐतिहासिक भव्य संरचनाहरू पाइन्छन्। धेरै पर्यटकहरू यहाँको परम्परागत संस्कृति, शिल्पकला, तथा स्थानीय Newari जीवनशैली हेर्न आउने गर्छन्।

भक्तपुरलाई प्रायः “जीतिएको संग्रहालय (Living Museum)” पनि भनिन्छ, किनभने यहाँको पुरानो शहर संरचना, साँस्कृतिक गतिविधिहरू र परम्परागत व्यावहारिक जीवन शैली आज पनि जगेडा–स्तरमा चलेको छ।

न्यातापोल मन्दिर (Nyatapola Temple)

न्यातापोला मन्दिर भक्तपुर, नेपालमा अवस्थित एक अत्यन्तै ऐतिहासिक र प्रसिद्ध पाँच तले पागोडा शैलीको मन्दिर हो। यो मन्दिर नेपालकै सबैभन्दा अग्लो मन्दिर (लगभग 33 m) हो र भक्तपुरको तामादी स्क्वायरमा स्थित छ।

🔹 निर्माण: राजा भूपतिन्द्र मल्ल ले यसलाई 1702 ईसवीमा बनाएका थिए।
🔹: यसलाई देवी सिद्धि लक्ष्मी (एक शक्तिशाली तान्त्रिक देवी) का लागि समर्पित गरिएको छ।
🔹 वास्तुकला: पाँच तल्ला छाना (roof) भएका कारण यसको नाम “Nyatapola” (नेवारी भाषामा पाँच तला) राखिएको हो।
🔹 पाइलासम्म पुग्ने स्केलामा पाँच स्तरका संरक्षक मूर्तिहरू (जिम्मेवार हात्ती, सिंह, ग्रीफिन आदि) राखिएका छन् जसलाई क्रमश: तलको पातसम्म १० गुणा शक्तिशाली मानिन्छ।
🔹 यसको संरचना अत्यन्त बलियो भएकाले यसले 1934 र 2015 का ठूला भूकम्पहरूमा केवल सीमित क्षति भोग्यो।

कुम्भकर्ण र कञ्चनजङ्घा हिमाल कञ्चनजङ्घा हिमश्रृङ्खलाका दुई अनुपम रत्न हुन,कञ्चनजङ्घा र कुम्भकर्ण (जनु)।८,५८६ मिटर उचाइको...
01/02/2026

कुम्भकर्ण र कञ्चनजङ्घा हिमाल

कञ्चनजङ्घा हिमश्रृङ्खलाका दुई अनुपम रत्न हुन,कञ्चनजङ्घा र कुम्भकर्ण (जनु)।
८,५८६ मिटर उचाइको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल मात्र होइन, प्रकृति, आस्था र गौरवको प्रतीक पनि हो। यसैको काखमा उभिएको ७,७१० मिटर अग्लो कुम्भकर्ण हिमाल जगतमा विशिष्ट स्थान राख्छ।
ताप्लेजुङ क्षेत्रका यी हिमालहरू प्राकृतिक विविधता, सांस्कृतिक विश्वास र हिमाली जीवनशैलीका मौन साक्षी हुन्।

तेङ्बोचे गुम्बा (Tengboche Monastery)सोलुखुम्बु जिल्लाको तेङ्बोचेमा अवस्थित तेङ्बोचे गुम्बा खुम्बु क्षेत्रकै सबैभन्दा प्...
01/02/2026

तेङ्बोचे गुम्बा (Tengboche Monastery)

सोलुखुम्बु जिल्लाको तेङ्बोचेमा अवस्थित तेङ्बोचे गुम्बा खुम्बु क्षेत्रकै सबैभन्दा प्रसिद्ध बौद्ध गुम्बा हो। सन् १९१६ मा स्थापना भएको यस गुम्बाबाट सगरमाथा, आमादब्लम र नुप्त्से हिमालको अद्भुत दृश्य देखिन्छ। शेर्पा समुदायको धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा चिनिने यो गुम्बा मणि रिम्दु पर्वका लागि विशेष प्रसिद्ध छ। सगरमाथा आधाररशिविर जाने पदमार्गमा पर्दछ ।
..

Tengboche Monastery

Tengboche Monastery, located in the Khumbu region of Solukhumbu, Nepal, is one of the most important Buddhist monasteries in the Everest area. Established in 1916, it sits at an altitude of about 3,867 meters and offers stunning views of Mount Everest, Ama Dablam, Lhotse, and Nuptse.

नेपाललाई देखाउने,नेपाललाई चिनाउने” ゚

ठुलो भेरी नदी र सानो भेरी नदीको संगम स्थल रीन्मा,जाजरकोटको सुन्दर दृश्य । तस्बिर : विशाल सुनार
31/01/2026

ठुलो भेरी नदी र सानो भेरी नदीको संगम स्थल रीन्मा,जाजरकोटको सुन्दर दृश्य । तस्बिर : विशाल सुनार

पत्ताले बाट देखिएकेा विश्वकेा सर्वेाच्च शिखर सगरमाथा, पत्ताले सेालुखुम्बु र अेाखलढुगाकेा सिमाना पर्दछ ।पतालेबाट सगरमाथा ...
31/01/2026

पत्ताले बाट देखिएकेा विश्वकेा सर्वेाच्च शिखर सगरमाथा, पत्ताले सेालुखुम्बु र अेाखलढुगाकेा सिमाना पर्दछ ।पतालेबाट सगरमाथा (Mount Everest) — 8,848 मिटर, Lhotse — 8,516 मिटर, Makalu — 8,463 मिटर, Kanchenjunga — 8,586 मिटर लगायत धेरै हिमशिखरहरू देखिन्छन् । लगभग 3,000 मिटर (डाडो / भ्यू–प्वाइन्ट) उचाईमा रहेकेा छ ।

परमपरागत थारू नाच नाच्दै दाङका स्थानियहरू
31/01/2026

परमपरागत थारू नाच नाच्दै दाङका स्थानियहरू

माधवनारायण मेला — भक्तपुर, नेपालमाधवनारायण मेला (Madhav Narayan Mela) भक्तपुर, especially हनुमानघाटस्थित त्रिवेणीधाम (Ha...
31/01/2026

माधवनारायण मेला — भक्तपुर, नेपाल

माधवनारायण मेला (Madhav Narayan Mela) भक्तपुर, especially हनुमानघाटस्थित त्रिवेणीधाम (Hanumanghat Triveni Dham) मा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (नेपाली पात्रोअनुसार लगभग जनवरी/फेब्रुअरीको बीचमा) एक महिनासम्म मनाइन्छ । यो हिन्दु दलिल अनुसार एक धार्मिक व्रत तथा मेला/उत्सव हो, जसमा ठूलो भक्तजनको भीड जुट्छ ।

Good  Morning Bhaktapur
31/01/2026

Good Morning Bhaktapur

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ghumphir Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghumphir Nepal:

Share