31/08/2026
Buddha Academy -BABS
हाम्रो विद्यालय अन्तर्गत होस्टेलमा बसी अध्यन गरिरहेका बालबालिकाहरुको "Learn & Earn" कार्यक्रम अन्तर्गत हाम्रा साना भाइबहिनीहरूले Gardening, सरसफाइ, आफूले जानेका सीप अरूलाई सिकाउने तथा विभिन्न साना–साना जिम्मेवारीहरू पूरा गर्दै सिक्दै, कमाउँदै र आत्मनिर्भर बन्ने अभ्यास गर्दै आएका छन्।
आज उनीहरूले आफ्नो त्यही मेहनत र सिकाइबाट जम्मा गरेको रकम मध्ये केही हिस्सा भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा आफ्नो तर्फबाट सानो सहयोग गरेका छन्।
रकम ठुलो नहोला तर, त्यस संग जोडिएको उनिहरुको भावना अत्यन्त ठूलो छ,
किनकि सहयोग गर्ने यी साना हातहरूले पनि जीवनको कुनै मोडमा पीडा, अभाव र बाध्यताको अनुभव गरेका छन्। उनीहरूलाई थाहा छ कि, अभाव र असहाय हुनुको महसुस कस्तो हुन्छ र कसैको एउटा सानो सहयोगले कति ठूलो आशा दिन सक्छ भनेर।
आज उनीहरू सुरक्षित छन्, विद्यालयमा छन्, शिक्षा पाइरहेका छन् र आफ्नो भविष्य निर्माण गर्ने अवसर पाइरहेका छन्। त्यसैले सायद उनीहरूको मनले भनिरहेको छ कि - “हामीले भोगेको दुःख अरू कुनै बालबालिकाले भोग्न नपरोस्।” यही भावना नै हाम्रो "Learn & Earn" कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि हो। किनकि हाम्रा बालबालिकाले आज किताबका पानाबाट मात्र होइन, जीवनबाट एउटा अमूल्य पाठ पनि सिकेका छन् साथै मानवता, करुणा, जिम्मेवारी र अरूको दुःख मा साथ दिने संस्कार पनि ।
विपद्को यस कठिन घडीमा आफूले सकेको सहयोग गरौँ।
पीडित परिवारको साथ बनौँ। बालबालिकाको भविष्य जोगाऔँ।
सम्पूर्ण देशवासीमा हार्दिक अनुरोध, सहयोग सानो वा ठूलो हुँदैन तर, भावना ठूलो हुन्छ।
Buddha Academy Boarding School Family.