visit Botekoshi Nepal

visit Botekoshi Nepal Good and high quality tourist service

हेर्ने कथा पेजमा छ : चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षा...
30/08/2024

हेर्ने कथा पेजमा छ : चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने ।

छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :

“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।

मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।

पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।

हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।

प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !

प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।

गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।

अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !

अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।

उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।

हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।

बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।

केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।

म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “

- छेतेन दोण्डुप

30/08/2024
दसैँका लागि सामग्री बोकेर खासातर्फ आएका चिनियाँ कन्टेनर न्यालम र खासाको बिचबाटोमा अड्किएका छन् । फलफूल र रेडिमेड सामान ब...
28/08/2024

दसैँका लागि सामग्री बोकेर खासातर्फ आएका चिनियाँ कन्टेनर न्यालम र खासाको बिचबाटोमा अड्किएका छन् । फलफूल र रेडिमेड सामान बोकेका कन्टेनर १४ दिनदेखि न्यालममा रोकिएका हुन् । मुसा, सिल्क, राखेमालगायत ट्रान्सपोर्ट कम्पनीेले ढुवानी गरेका १०३ गाडी चिनियाँ कन्टेनर सामान बिचबाटोमा अड्किएको तातोपानी भन्सारले जानकारी दिएको छ। करिब ८० कन्टेनर सामान सबै दसैँका रेडिमेड सामग्री हुन् ।

दसैँको मुखमा सामान अड्किएको सुनेका तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले आउँदो बिहीबार खासा र न्यालमको स्थलगत निरीक्षण गर्नेछन् ।

‘खासा पुनर्निर्माण र अन्य विविध कारणले कन्टेनर अड्किएको सुनेको छु,’ केसीले भने, ‘तथ्य केलाउन म आफैँ न्यालम जान्छु ।’ नेपाल र चीनको भन्सारबीच खासामा बैठक हुन लागेको पनि उनले जानकारी दिए । १४ दिनदेखि न्यालममा अड्किएका चिनियाँ फलफूल कुहिन लागेको छ। लगभग २३ गाडी स्याउ रहेका छन्। चिनियाँ एक कन्टेनरबराबर नेपाली तीन कन्टेनर हुन्छ। स्याउ बोकेका कतिपय टेलर लामोलामो भएकोले खासासम्म आउन सकेका छैनन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ्दोर्जे शेर्पाले खासा पुनर्निर्माणअन्तर्गत बिचभागमा सुरुङ निर्माण जारी रहेकाले टेलर रोकिएको बताए। १४ दिनदेखि न्यालममा रहेका गाडीले पार्किङ भाडा दैनिक एक हजार चिनियाँ युयान तिर्नुपर्छ । ‘चिनियाँ गाडी तातोपानी आउन जति ढिला भयो सामानको मूल्य त्यति नै बढी पर्न जान्छ। पार्किङ भाडा, खानाखाजा र ढिला हुँदा तिर्नुपर्ने बैंकको ब्याज सबै जोडिँदा नेपाली उपभोक्तालाई महँगो पर्न जान्छ,’ शेर्पाले भने । दसैँको समयमा धेरै सामान आउने र गाडी क्युमा बस्नु स्वाभाविक भएको मुसा ट्रान्सपोर्टका नेपाली पक्ष नमस्ते ट्रान्सपोर्टका प्रमुख लोप्साङ शेर्पाले बताए ।

यद्यपि, भूकम्पपछिको खासा पुनर्निर्माण मात्रैले कन्टेनर रोकिएका छैनन् । चिनियाँ भन्सारले सामान पठाउन ढिलाइ गरेकोले कन्टेनर बिचबाटोमा रोकिएका हुन् । त्यसैगरी, न्यालम र खासाको बिचमा सुरुङ निर्माण जारी रहेकोले कन्टेनर अड्किएका छन्। चिनियाँ सहरबाट आएका सामानको पल्टी गर्ने ठाउँको अभावले पनि यस्तो समस्या आएको बताइएको छ ।

अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने भएकाले अड्किएका कन्टेनर केही दिन खासा प्रवेश गर्न पाउनेछैनन् । तातोपानी भन्सारले चाँडो पहलकदमी नलिने हो भने दसैँका लागि व्यापारीले हालेको सामान समयमै राजधानी काठमाडौं नआउने अवस्था छ ।

श्रोता नयाँ पत्रिका।

भोटेकोशी ५ मार्मिङ।
27/08/2024

भोटेकोशी ५ मार्मिङ।

खासा बजार।
25/08/2024

खासा बजार।

23/08/2024

भोटेकोशी शान, पर्यटकिय प्रबर्द्धन।
Visit Botekoshi सबैजनालाई हार्दिक स्वगत गर्द छु 🙏।

२०७२ सालको भुकम्प भन्दा आगाडि को तातोपानी भन्सार यार्ड ।
23/08/2024

२०७२ सालको भुकम्प भन्दा आगाडि को तातोपानी भन्सार यार्ड ।

Botekoshi heli Resort  sindupalchok
22/08/2024

Botekoshi heli Resort sindupalchok

Address

Kathmandu Baudha
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when visit Botekoshi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category