Destiny Himalaya Holidays Pvt. Ltd.

Destiny Himalaya Holidays Pvt. Ltd. Divine Holidays Inn. travel & Tours is all about organizing individuals, group for seminars, conventions, workshops.

We are also into air ticketing, Tourist visa and Visiting Visa processing, Travel insurance and tours packages.

25/11/2019
21/11/2019

भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो देश हो। यसको सीमा दक्षिण, पूर्व र पश्चिमतर्फ भारत र उत्तरतर्फ गणतन्त्र ची.....

16/11/2019
14/09/2019

पाटा नेपाल च्याप्टरले नेपाल–इण्डिया, चाइना एक्सपो आयोजना गर्दै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म नेपाल इण्डिया चाइना एक्सपो (नाईस) आयोजना गर्न लागेको छ ।

पाटाका अध्यक्ष शुनिल शाक्यले प्रेस बिज्ञप्ती जारी गर्दै विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने नाईस पहिलो पर्यटन मेला हुने बताउँदै नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्वपूर्ण निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास लिएका छन् ।

विज्ञप्तिमा भनिएको छः दक्षिण एशिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवम् बृहत पर्यटन स्रोतबजारहरुको बिचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत हुन ।

चीन र भारत विश्वकै दुई ठूला बृहत पर्यटन स्रोतबजार हुनुका साथै नेपालका निम्ति पनि प्रमुख पर्यटक आगमन हुने र प्रचुर सम्भावना भएका पर्यटकीय स्रोत बजार पनि हुन् । सन् २०१८ को तथ्याङ्क अनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ०.१ % प्रतिशतले र २५.८५ मिलियन भारतीय आउटबाउण्ड पर्यटकहरु मध्ये ०.७५% प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् ।

यस्तै अगाडी भनिएको छः दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावना अनुरुप अपेक्षित लाभ लिन नसकेको प्रष्ट देखिन्छ । लामो समय देखि नै छिमेकी राष्ट्रहरु नेपाल भारत र चीनबीच दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहदैँ आएको छ ।

तर, त्रिदेशीय पर्यटन पर्वद्धनका निम्ति यथोचित पहल नभएको सन्दर्भमा नाइस कार्यक्रमले तीनवटै मुलुकबीच विद्यमान एकीकृत पर्यटकीय सम्भावना र ब्यापारीक अवसरहरु उत्थान एवम सहजीकरण गर्दै तीन देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास लिएका छौँ । नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशीला तयार पार्ने अपेक्षा गरेका छौं ।

उनले ऐतिहासिक एक्स्पोमा २०० भन्दा बढि क्रेताहरु, १०० बिक्रेताहरु, चीन र भारतका ५० भन्दा बढि सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढि सहभागिहरु तथा अतिथिहरुको सहभागि हुने अपेक्षा गरेका छन् ।

कार्यक्रमको सफल आयोजनका लागि नेपाल, भारत तथा चीन तिनवटै मुलुकका पर्यटन सम्बद्ध व्यवसायी तथा सरोकारवालाहरु लगायत हामीलाई निरन्तर रुपमा सहयोग पुर्याउने संघसंस्थाहरु, प्रायोजक, एयरलाईन्स, होटल, मिडिया साथीहरु एवम् सम्पूर्ण नेपाली पर्यटनक्षेत्रमा आबद्ध व्यवसायी साथीहरुलाई “नाईस” कार्यक्रम लाई भब्यरुपमा सफल पार्न आवस्यक सहकार्य, समन्वय र सहयोगका लागि पनि अनुरोध गरेका छन् ।

09/09/2019
12/07/2019

Global Citizen Summit (GCS) 2019 jointly organized by International Youth Society and O-YES Foundation on the 19th – 21st of August 2019 in Bangkok, Thailand

https://nepaldailypost.com/ndp/49168
12/07/2019

https://nepaldailypost.com/ndp/49168

एजेन्सी, काठमाडौं। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घ....

12/07/2019

नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सन् २०१८ मा २५ प्रतिशतले वृद्धि भएको छ । संस्कृति, पर्यटन तथा नागरक उडड्यन मन्....

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:30
Sunday 09:00 - 17:00

Telephone

+9779808166757

Alerts

Be the first to know and let us send you an email when Destiny Himalaya Holidays Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category