(EN-SCI-TECH)

(EN-SCI-TECH) Weekend hours also apply on public holidays and all school holiday weekdays. EnScitech is closed on all nepali goverment holidays.

13/04/2026
25/03/2026

मानिसको दिमागमा कम्प्युटर चिप राख्न अनुमति दिने विश्वमै पहिलो राष्ट्र बन्यो चीन।

काठमाडौँ — चीनले ‘इन्भेसिभ’ ब्रेन–कम्प्युटर इन्टरफेस (BCI) प्रविधिलाई व्यावसायिक रूपमा प्रयोग गर्न अनुमति दिँदै यस्तो स्वीकृति दिने विश्वकै पहिलो देश बनेको छ। चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (NMPA) ले पक्षाघात भएका बिरामीहरूको उपचारका लागि ‘न्युराकल मेडिकल टेक्नोलोजी’ले विकास गरेको ‘नियो’ उपकरण प्रयोग गर्न अनुमति दिएको हो।

यो सिक्का आकारको चिप मस्तिष्कभित्र प्रत्यारोपण गरिन्छ र यसले दिमागका विद्युतीय संकेत पढेर कम्प्युटर वा रोबोटिक उपकरण चलाउन मद्दत गर्छ। परीक्षणका क्रममा बिरामीहरूले आफ्नै सोचको भरमा वस्तु समात्ने र चलाउने क्षमता पुनः प्राप्त गरेको देखिएको छ।

एआईको सहयोगले ती संकेतहरू तत्काल विश्लेषण गर्न सकिने भएकाले बीसीआई प्रविधि अब व्यावसायिक प्रयोगतर्फ अघि बढेको छ। यस क्षेत्रमा अमेरिका, जर्मनी, अस्ट्रेलिया लगायत देशहरूसँग प्रतिस्पर्धा भइरहँदा चीनले आफूलाई अग्रस्थानमा राख्ने रणनीति अघि सारेको छ।

#चीन #ब्रेनचिप #प्रविधि #स्वास्थ्यप्रविधि #न्युरोटेक #रोबोटिक्स #सुचनाएक्सप्रेस

08/03/2026
27/02/2026

रोमानियाको स्कारिसोरा गुफा भित्र रहेको हजारौँ वर्ष पुरानो भूमिगत हिमनदीबाट वैज्ञानिकहरूले एन्टिबायोटिक प्रतिरोधी प्राचीन ब्याक्टेरिया फेला पारेका छन्। अनुसन्धानका क्रममा १३ हजार वर्ष पुरानो हिमनदीभित्र रहेको करिब ५ हजार वर्ष पुरानो बरफको नमुना उत्खनन गरी परीक्षण गरिएको थियो।

उक्त बरफबाट ‘साइक्रोब्याक्टर क्ऋ६५ब्.३’ नामक ब्याक्टेरिया पहिचान गरिएको हो। प्रयोगशालामा पगालेर गरिएको परीक्षणमा यसले हाल प्रयोगमा रहेका १० प्रकारका आधुनिक एन्टिबायोटिकलाई समेत निष्प्रभावी बनाउने क्षमता देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन्।यो अध्ययन रोमानियन एकेडेमी अन्तर्गतको इन्स्टिच्युट अफ बायोलोजीले गरेको हो। अनुसन्धान प्रतिवेदन वैज्ञानिक जर्नल Frontiers in Microbiology मा प्रकाशित भएको छ।

वरिष्ठ वैज्ञानिक क्रिस्टिना पुर्कारियाका अनुसार, यो ब्याक्टेरिया चिसो वातावरणमा मात्र बाँच्न सक्छ र मानव शरीरको तापक्रममा टिक्न नसक्ने भएकाले मानिसलाई तत्काल संक्रमणको जोखिम छैन। तर यसले क्षयरोग तथा मूत्रमार्ग संक्रमण (यूटीआई) को उपचारमा प्रयोग हुने औषधिसमेत असरहीन बनाउन सक्ने देखिएको छ।अनुसन्धानकर्ताहरूले २५ मिटर गहिरो बरफको सिलिन्डर खनेर नमुना संकलन गरेका थिए। आनुवंशिक विश्लेषणमा ११ वटा यस्ता जीन फेला परेका छन्, जसले अन्य हानिकारक ब्याक्टेरिया, भाइरस र फङ्गसविरुद्ध काम गर्न सक्ने संकेत दिएका छन्।

विश्व स्वास्थ्य संगठन का अनुसार विश्वभर हरेक वर्ष करिब ५० लाख मानिसको मृत्यु एन्टिबायोटिक प्रतिरोधसँग जोडिएको छ। यस्तो अवस्थामा प्राचीन सूक्ष्मजीवहरूको अध्ययनले भविष्यमा नयाँ र प्रभावकारी औषधि विकासको सम्भावना देखाएको वैज्ञानिकहरूको विश्वास छ। साथै, जलवायु परिवर्तनका कारण पग्लिँदै गएका हिमनदीबाट यस्ता सुसुप्त सूक्ष्मजीव बाहिर निस्कन सक्ने जोखिमप्रति पनि अनुसन्धानले ध्यानाकर्षण गराएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when (EN-SCI-TECH) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share