21/10/2025
सुभचिन्तकहरूलाई दुःख लागेकोमा खेद छ !!!
एक दिनमा बन्ने र एक दिनमै बिग्रिने — के त्यो राजनीति हो ?
तर म दृढ छु — मैले नेपाली राजनीतिमा राखेका विचारहरू आज सत्य सावित भएका छन् ।
हाम्रो व्यवहार, शैली र आचरणले देशलाई नोक्सान नपारोस्, समाजमा विकृति नफैलियोस्।
विगतलाई अझ धेरै सुधार (reform) गर्नु छ — त्यसैले तर्कले तर्क ,विचारले विचार खोजिरहेको छ !
कुतर्क र कुविचारको बजार अझ केही क्षण चल्न सक्दछ,
विगत समाप्त भएको छ;
वर्तमानबाट नयाँ सुरुवात गरौं ।
ब्यक्तिगत स्वार्थलाई सुन्यमा राखौं ,
मुलुकको माटो समाएर प्रण गरौं —
भविष्यको उज्यालो झिल्को निभ्न दिनु हुँदैन।
जय नेपाल !!!