27/08/2025
म कसरी बताऊँ
भीड प्रलोभित झुण्डहरुको जमात हो
यहाँ पूर्ति बेचेर आवश्यकताहरु प्रकट गर्न सकिन्छ।
म कसरी बताऊँ
मन चिरस्थायी दस्तावेज होइन
मनलाई पुनर्निर्माण र संसोधन गर्न सकिन्छ।
म कसरी बताऊँ
न शान्ति छ न अशान्ति
यहाँ केवल अस्तित्वको निर्विकारता छ।
म कसरी बताऊँ
सदा रहँदैनौं हामी!