ANTARAL

ANTARAL Media , Event Management , Production , Publications, Music & Sports

21/06/2026

विश्व संगीत दिवशको सवैलाई शुभकामना !

यहाँहरु सवैलाई सहभागिताकोलागि हार्दिक अनुरोध गर्दछौं।टिकट सिमित छ।  सम्पर्क - ९८५१३५१९७१
30/12/2025

यहाँहरु सवैलाई सहभागिताकोलागि हार्दिक अनुरोध गर्दछौं।
टिकट सिमित छ। सम्पर्क - ९८५१३५१९७१

धेरै धन्यवाद दैनिक नेपालगन्ज ।
30/12/2025

धेरै धन्यवाद दैनिक नेपालगन्ज ।

अन्तरालमा बीपीका  पार्श्व संगीतमा कविता नेपालगन्जमा पार्श्वसंगीत सहित कविता प्रस्तुति  हुने भएको छ। कवि बीपी अस्तुका एक ...
29/12/2025

अन्तरालमा बीपीका पार्श्व संगीतमा कविता
नेपालगन्जमा पार्श्वसंगीत सहित कविता प्रस्तुति हुने भएको छ। कवि बीपी अस्तुका एक दर्जनबढी कविताहरू प्रस्तुत गरिने उक्त कार्यक्रम पुस १९ गते शनिबार अन्तरालले आयोजना गर्दैछ ।
प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो।
कवि अस्तु साहित्य र पत्रकारिताका सशक्त कलम चलाउँछन् । `मैले कविता लेख्न सिकेको शहरमै पहिलोपटक एकल कविता प्रस्तुति हुन लागेकोमा म उत्साहित छुँ,' कवि बीपीले भने, 'सँगीतको पार्श्वले कविता श्रवणलाई थप प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ।'
संगीतमा गायक महेन्द्र सेडाई सहितका संगीतकर्मीहरुले साथ दिनेछन्। हाल कार्यक्रमका लागि रिहर्शल भईरहेको छ।

अन्तराल शृङ्खला अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भईरहेको आयोजकले जनाएको छ। `कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरुले मन पराउने हाम्रो विश्वास छ,' अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, 'अन्तरालको यो मंचमा आगामी महिनाहरुमा कला, साहित्य, गीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ। ´
कार्यक्रम निर्धारित समयमा सुरु हुने र दर्शकहरु पलेंटीमा बस्ने प्रवन्ध मिलाईएको आयोजकले जनाएको छ। कार्यक्रम अघिको आधा घण्टा भलाकुशारी र जलपानका लागि छुट्याईएको छ। कार्यक्रम शुरु हुनु १० मिनेट अघि हलको ढोका खुल्ने र एक घण्टा कविता प्रस्तुतिको कार्यक्रम रहनेछ ।
पाँच सय रुपैयाँको टिकट सुरुमा बुकिङ गर्नेहरूलाई ५० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ । टिकट अन्तरालको कार्यालय र विभिन्न क्याफेहरुमा उपलब्ध छ।
टिकटकालागि सम्पर्क - ९८५१३५१९७१

आज अन्तरालको स्थापना दिवश। ईभेन्ट म्यानेजमेन्ट , डकुमेन्ट्री निर्माण , पुस्तक प्रकाशनसँगै कला, संस्कृति  , साहित्य, गीतस...
24/12/2025

आज अन्तरालको स्थापना दिवश।
ईभेन्ट म्यानेजमेन्ट , डकुमेन्ट्री निर्माण , पुस्तक प्रकाशनसँगै
कला, संस्कृति , साहित्य, गीतसंगीत , फोटोग्राफी , खेलकुद र पर्यावरणको क्षेत्रमा हामी निरन्तर क्रियाशील छौं।
यहाँहरुको साथ, समर्थन र माया निरन्तर पाईरहने विश्वास छ।
आजको दिनमा हामी सवै सहकर्मीहरुलाई सम्झिरहेको छौं।
सम्पूर्ण शुभेच्छुकहरुलाई धेरै धन्यवाद !
सवै क्षेत्रसँग निरन्तर सहकार्य गर्दै हामी अझ दृढताकासाथ अघि बढ्ने प्रण गर्दछौं।

Address

Nepalgunj/17; Bulbuliya ;
Nepalgunj

Alerts

Be the first to know and let us send you an email when ANTARAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ANTARAL:

Shortcuts

Share