ANTARAL

ANTARAL Media , Event Management , Production , Publications, Music & Sports

16/06/2025
11/01/2025

राष्ट्रिय एकता दिवश तथा पृथ्वी जयन्तीको सवैलाई शुभकामना !

नेपालगन्ज फोटो फेस्टिवलको निर्णायक समितिले पूर्णता पाएसँगै राष्ट्रिय फोटो प्रतिस्पर्धाको फोटो छनौट शुरु भएको छ।  बरिष्ष्...
07/01/2025

नेपालगन्ज फोटो फेस्टिवलको निर्णायक समितिले पूर्णता पाएसँगै राष्ट्रिय फोटो प्रतिस्पर्धाको फोटो छनौट शुरु भएको छ।
बरिष्ष्ठ फोटो पत्रकार श्री विकास कार्कीको नेतृत्वमा रहेको निर्णायक समितिमा फेस्टिवल आयोजक अन्तरालले आज फोटो पत्रकार श्री केशव राज थोकरलाई मनोनयन गरेसँगै यो समितिले पूर्णता पाएको हो। कार्की फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष हुन् ।
यसैगरी विगत १५ वर्ष भन्दा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय थोकर फोटो पत्रकार क्लवको पूर्व उपाध्यक्ष हुन्।
यसअघि नै वरिष्ठ फोटोग्राफर श्री रमेश मल्ललाई सदस्यको जिम्मेवारी प्रदान गरिसकिएको छ। भिडियोग्राफी र एडिटिङ्गमा पश्चिम नेपालमै अग्रणी मल्ल नेपाली खेलाडीको जीवनीमा वनेको पहिलो डकुमेन्ट्री `हरिबहादुर ´ का निर्माता मध्ये एक हुन्।
निर्णायक समितिले पूर्णता पाएसँगै आजैदेखि फोटो छनौंट प्रक्रिया शुरु भएको संयोजक विकास कार्कीले जानकारी दिए। ` शुरुमा हामी देशैभर वाट आएको फोटो मध्ये १ सय ११ फोटो छनौट गर्छौं। अनि शीर्ष २५, विधागत उत्कृष्ट र वर्षफोटो छनोट हुनेछ ´ कार्कीले भने।
छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ भने नेपालगन्ज अनि राजधानी काठमाण्डौं र सवै प्रदेशमा हुने फोटो प्रदर्शनीमा राखिनेछन्। यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेटिनेछन् ।


निर्णायकहरुको छनौटमा शीर्ष २५ फोटोहरु अनलाइन भोटिङकालागि राखिनेछ। भोटिङमा सर्वाधिक भोट पाउने फोटोलाई Peoples Choice Award प्रदान गरिनेछ। यसको पुरस्कार राशी ५० हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र रहेको छ।

#विधागतउत्कृष्टपुरस्कार
हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कार सहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ। ९ विधा रहेका छन् - दैनिक जीवन (Daily Life ), समाचार (News ) , पर्यटन (Tourism ) , कृषि ( Agriculture ) , संस्कृति (Culture ) , वन्यजन्तु (Wildlife ) , प्रकृति र संरक्षण (Nature & Conservation ) खेलकुद (Sports ) , नेपाल इस्माइल ( Nepal Smile ) रहेका छन्। हरेक विधाको उत्कृष्टलाई रु ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ।


१ सय ११ फोटोमध्ये वाट निर्णायकहरुले सर्वोत्कृष्ट फोटो छनौट गर्नेछन्। यस फोटोलाई वर्षफोटो -२०८१
Photo of the Year 2081
अवार्ड प्रदान गरिनेछ।
नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको यो सवैभन्दा ठूलो र मुख्य पुरस्कार हो। यसको पुरस्कार राशी ५१ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र रहेको छ।
राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशैभरवाट उत्साहजनक रुपमा सहभागिता जनाउने सवैलाई धन्यवाद दिंदै आयोजक अन्तरालले फेस्टिवल अन्तर्गतको फोटो प्रदर्शनीको तयारी शुरु गरेको छ।

लुम्बिनी कप महिला फुटवल सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतमनेपालगन्ज,आगामी फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना ह...
26/12/2024

लुम्बिनी कप महिला फुटवल
सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम
नेपालगन्ज,
आगामी फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने लुम्बिनी कप महिला फुटवलको तयारी तीव्र पारिएको छ।
प्रतियोगितालाई व्यवस्थित ढंगले आयोजना गर्न सचिवालय प्रमुखको जिम्मेवारी नेपाल राष्ट्र बैंकवाट सेवा निवृत रमेश मल्ललाई प्रदान गरिएको छ।
सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्ल बरिस्ठ फोटोग्राफर समेत हुन्। भिडियोग्राफी र एडिटिङमा यस क्षेत्रकै अग्रणी मल्ल सूचना प्रविधिमा राम्रो दख्खल राख्छन्। रमेश मल्ल नेपाली खेलाडीको जीवनीमा वनेको पहिलो डकुमेन्ट्री हरिबहादुरका निर्माता मध्ये एक हुन्।
यसैगरी लुम्बिनी कपका सूचना र समाचारलाई व्यापकता दिन तथा संचारकर्मीहरसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरज कुमार गौतमलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
गौतम नेपाल पत्रकार महासंघ बाँकेको पूर्व अध्यक्ष हुन्।
राष्ट्रिय समाचार समितिको क्षेत्रीय कार्यालय प्रमुखवाट सेवानिवृत गौतमसँग कम्तीमा ३५ वर्ष पत्रकारिताको अनुभव छ। खेलकुदमा विशेष अभिची राख्ने पत्रकार निरज गौतम हाल गोरेटो न्युज डटकमको सम्पादक छन्।

लुम्बिनी कप फागुन १९ गते देखि नेपालगन्ज,लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको...
24/12/2024

लुम्बिनी कप फागुन १९ गते देखि
नेपालगन्ज,
लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्।
अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटवल संचालनकोलागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।
यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटवल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए।
यस अघि गत मंसिर १६ गते नेपाली महिला फुटवल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुव्वाले संयुक्त रुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए। लोगोमा शान्तिका अग्रदुत भगवान गौतमवुद्ध र महिला फुटवल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ।
सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटवलको विकासकालागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटवल संघ र अन्तरालको संयुक्त प्रयासवाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताए।
` लुम्बिनी कप महिला फुटवल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट वन्ने निश्चित छ´ - शाहले भने - ` फुटवल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्नेछ। ´
प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सवैलाई हार्दिक अपिल गर्दछौं - अन्तरालका शाहले भनेका छन्।

लुम्बिनी कप ! शान्तिका अग्रदुत भगवान गौतमवुद्दको जन्मथलो लुम्बिनी प्रदेश , माता बागेश्वरीको पवित्र भूमि  नेपालगन्जवाट वि...
03/12/2024

लुम्बिनी कप !
शान्तिका अग्रदुत भगवान गौतमवुद्दको जन्मथलो लुम्बिनी प्रदेश ,
माता बागेश्वरीको पवित्र भूमि नेपालगन्जवाट विश्व शान्तिको सन्देश ।
बाँके जिल्ला फुटवल संघ र अन्तरालको सहकार्य।
नेपाल र छिमेकी मित्र राष्ट्र भारतका टिमहरुको सहभागीता रहने लुम्बिनी कप नेपालगन्ज र बाँके मात्रै होइन , पश्चिम नेपालको गौरवको रुपमा हामीले लिएका छौं।
देशको एक प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भइरहँदा लुम्बिनी कपले नेपाली फुटवलको विकासमा त टेवा पूर्याउनेनै छ, पश्चिम नेपालको पर्यटन र श्रवाङ्गिण विकासमा समेत टेवा पूर्याउनेछ।
आगामी फागुनको अन्तिम साता नेपालगन्जमा रंगशालामा ।
सवैलाई सहकार्य र सहभागीकालागि हार्दिक अपिल गर्दछौं।

फोटो पठाउने समय थप। यही कात्तिक १९ गते सम्म। नेपालगन्ज फोटो फेस्टिवलको राष्ट्रिय फोटो प्रतिस्पर्धाकालागि फोटो पठाउने समय...
21/10/2024

फोटो पठाउने समय थप। यही कात्तिक १९ गते सम्म।

नेपालगन्ज फोटो फेस्टिवलको राष्ट्रिय फोटो प्रतिस्पर्धाकालागि फोटो पठाउने समय एक पटक थप गरिएको छ।
देशका विभिन्न ठाउँवाट फोटोग्राफरहरु र फोटोग्राफीमा रुचि राख्ने सर्वसाधारणहरुको आग्रहलाई सम्बोधन गर्दै यो समय थप गरिएको हो।
प्रतियोगितामा सहभागी मध्ये निर्णायकहरुले १ सय ११ फोटो छनौट गर्नेछन्। ती फोटोहरु नेपालगन्ज अनि राजधानी काठमाण्डौं र सवै प्रदेशमा हुने फोटो प्रदर्शनीमा राखिनेछन् र अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेटिनेछन्।
#शीष२५ !!
१ सय ११ फोटोवाट निर्णायकहरुले शीर्ष २५ फोटो छनौट गर्नेछन्। यी फोटोहरलाई राखेर अनलाइन भोटिङ खुला गरिनेछ।


अनलाइन भोटिङमा सर्वाधिक भोट पाउने फोटोलाई Peoples Choice Award प्रदान गरिनेछ। यसको पुरस्कार राशी ५० हजार १ सय ११ रुपैयाँ रहेको छ।

#विधागतउत्कृष्टपुरस्कार
हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कार सहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ। ९ विधा रहेका छन् - दैनिक जीवन (Daily Life ), समाचार (News ) , पर्यटन (Tourism ) , कृषि ( Agriculture ) , संस्कृति (Culture ) , वन्यजन्तु (Wildlife ) , प्रकृति र संरक्षण (Nature & Conservation ) खेलकुद (Sports ) , नेपाल इस्माइल ( Nepal Smile ) रहेका छन्।


१ सय ११ फोटोमध्ये वाट निर्णायकहरुले सर्वोत्कृष्ट फोटो छनौट गर्नेछन्। यस फोटोलाई वर्षफोटो -२०८१
Photo of the Year 2081
अवार्ड प्रदान गरिनेछ।
नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको यो सवैभन्दा ठूलो र मुख्य पुरस्कार हो। यसको पुरस्कार राशी ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ।
ढिलो नगरौं !
देशै भरवाट फोटो पठाउँ !!
फोटो पठाउन antaral.com.np लगइन गरौं।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यो फेस्टिवल आगामी मंसिरको दोस्रो साता नेपालगन्जमा हुनेछ।

20/09/2024

धन्यवाद असल शासन मिडिया !

चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान # पुरस्कार राशी दोब्बर  #  सदभावना दुतमा चुङ्वाकै निरन्तरताचौथो नेपालगञ्ज...
19/09/2024

चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान
# पुरस्कार राशी दोब्बर
# सदभावना दुतमा चुङ्वाकै निरन्तरता
चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।
९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।
वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लव (PJ Club) का पूर्व अध्यक्ष विकास काकीर्को नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् ।
फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन (Tourism), वन्यजन्तु (Wild Life), खेलकुद (Sports), संस्कृति (Culture), प्रकृति र संरक्षण (Nature & Conservation), कृषी (Agriculture), खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल (Nepal Smile) रहेका छन् । हरेक बिधामा १ जना ब्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेवसाइट antaral.com.np लगइन गरेर फोटो पठाउन सकिनेछ ।
‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई सञ्चालन गरिने छ’ — अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’
फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।
साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणकालागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ ।
यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु राजधानी काठमाण्डौं र मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।

पुरस्कार राशी दोब्बर
बर्ष फोटो (Photo of the Year)
फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशी यस बर्ष देखि दोब्बर बढी वृद्घि गरी ५१ हजार १ सय ११ रुपैयाँ पुर्याइने भएको छ ।
दोस्रो संस्करण सम्म लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करण देखि देशव्यापी बनाइएको थियो ।
राष्ट्रिय स्तरको प्रतिस्पर्धा भएकोले यस वर्ष देखि पुरस्कार राशी वृद्घि गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन् ।
यसैगरी हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु ५ हजार सहित प्रमाणपत्र दिने गरिएकोमा यस वर्ष वृद्घि गरिने भएको छ ।
पिपुल्स च्वाइस फोटो अवार्ड
(People's choice Photo Award)
यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटो मध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ । यस अवार्ड विजेताले रु. ५० हजार १ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ ।
टप २५ वटा फोटोहरु मध्ये अनलाईन भोटिङ्गका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् ।
फोटो छनौट पछि १५ दिनको समय दिएर अनलाइन भोटिङ्ग खुल्ला गरिने आयोजक अन्तरालले जनाएको छ ।

सद्भावना दुतमा चुङ्वाकै निरन्तरता
चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर
(सद्भावना दूत) मा यस बर्ष पनि निरन्तरता दिइएको छ ।
गत बर्ष फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहवीच राजधानी काठमाण्डौंमा सो सहमति भएको थियो ।
शेर्पाले हुम्लाको लिमी भ्यालीमा खिचेको ‘वाईल्ड याक’ (जंगली याक) को फोटो निकै चर्चित बन्यो । यो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउँछन् ।
वाईल्ड याक बिश्वकै दुर्लभ वन्यजन्तु हो । जुन नेपालको हुम्ला क्षेत्र र तिव्वती पठारहरुमा भेटिएको छ । जंगली याकलाई कर्णाली प्रदेशको खुर्खेतमा यसै वर्ष आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको ‘मस्कट’ घोषणा गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय उनले खिचेको पाटेबाघका तस्वीर र भिडियो निकै चर्चित छन् ।
एअरलाईन्स र होटेल व्यवसायमा लामो समय काम गरेका चुङ्वा शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुन् । ५८ बर्षको उमेर पछि क्यामेरा लिएर आफ्नो शौख पुरा गर्न निस्केका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिचेका छन् । नेपालमा मात्र होईन तान्जानियको राष्ट्रिय निकुञ्जमा समेत करिव १ महिना वसेर फोटो खिचेको अनुभव उनीसँग छ । हाल शेर्पा काठमाण्डौमा बसोबास गर्छन् ।
वाईल्डलाईफ फोटोग्राफी गर्न व्यत्तिगत तवरमा धेरै खर्च गरेका चुङ्वा याकको फोटो खिच्न हेलिकोप्टरनै चाटर्ड गरेर लिमी भ्याली पुगेका थिए । प्रविधिमा निकै रुची राख्ने शेर्पाले विश्वकै सबैभन्दा नयाँ प्रविधिका क्यामेरा र लेन्स लगायत उपकरण चलाईरहेका छन् ।
शेर्पाको यो जाँगर र सक्रियताको सम्मानमा उनको सवारी साधनलाई नेपालको सबै राष्ट्रिय निकुञ्ज प्रवेशको अनुमति दिइएको छ ।
हरेक फोटोसँगै भिडियो पनि खिच्ने शेर्पा सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् भने टिकटकमा उनले खिचेको फोटो र भिडियो ‘भाइरल’ छन् ।
‘यो उमेरमा पनि चुङ्वा शेर्पाको उत्साह, हिम्मत र सक्रियता र योगदानलाई सम्मान गर्न हामीले सद्भावना दुतमा निरन्तरता गरेका हौं’ अन्तरालका प्रमुख कार्यकरी जयनारायण शाहले भने ‘उहाँको सहभागिताले नेपालगञ्ज फोटो फेस्टिवलले पनि थप उचाई लिनेछ ।’

Address

Nepalgunj

Alerts

Be the first to know and let us send you an email when ANTARAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ANTARAL:

Share