28/01/2015
सर ! चिन्नु भो । । ? ? । म
तपाईंको विद्यार्थी शेरे बोल्दै छु
''अरे ! शेरे तलाई कस्तो छ ? आज
यती वर्ष
पछी मेरो याद कसरी आयो ?
अनि मेरो नम्बर
कसरी पाइस ?
"सर ! फोन नम्बर थाहा पाउन के
गाह्रो छ र ?
तिर्खा लागेमा पानी जसरि पनि खोजिन्छ
नि ।
खास कुरा के हो भने सर, मैले
एउटा नया काम सुरु
गरेको छु ।अनी तपाईंले
सानोमा मलाई भन्नु
भाथ्यो कि जे काम पनि सुरु गर्नु छ
म बाट
उदघाटन गराउन नभुल्नु?
त्यसैले मेरो कामको उदघाटन
तपाईंबाट गराउन
चाहन्छु ।
''अतिसुन्दर ! ल भन कहाँ आउने
हो उदघाटन
गर्न ? ''
"सर ! तपाईं
दक्षिणअकाली जंगलमा आउनुस्, ५
लाख लिएर आउन नभुल्नु होला ।
तपाईंको छोरो मेरो कब्जामा छ।
आजबाट नै मैले
'अपरहण' को काम सुरु गरेको छु ।
सोचेँ कि तपाईंको हातबाट 'उदघाटन'
गरे शुभ
हुन्छ।"