Kailali Chamber of Commerce & Industry,Dhangadhi

Kailali Chamber of Commerce & Industry,Dhangadhi The KCCI is an umbrella organization of the private sector in Kailali. It was established in 2027 B.S. It was established in 1970 (2027 B.

with the aim of promoting business and industry.
कैलाली उद्योग वाणिज्य संघ, धनगढी-१ कैलाली Kailali Chamber of Commerce and Industry (KCCI) is located in Kailali District, which is the gate way to eight other district of Farwest Region of Nepal . S.), basically to preserve the rights and interest of business community of the district. Over the years, KCCI has become a dynamic and result-oriented fo

rum for the socio-economic development in the region by supporting to the tourism, agriculture, trade industry and as well as extending helping hands in the sectors of infrastructure development in the region. Though KCCI is a non government and non profitable business membership organization, it has made an outstanding contribution to explore and introduce the potentialities and possibilities of farwest to the nation and outside the nation by intervening different activities. The notable task which has been performed by the Chamber to promote agriculture ,tourism, business and industry or socio-economic development of Kailali and of Farwest Region it has become one of the most influential and respected CCI in the country. Kailali Chamber of Commerce is a "A" class Chamber in Nepal. It has given facility of Library , Rising Income of small & medium farmers Project (RISMPF) , One Stop Shop for community . World Vision Project ,Yuwa Sorojgar district office also in KCCI Bhawan.

29/05/2026
व्यवसायीहरूसँग आम अन्तरक्रिया कार्यक्रम सम्बन्धी सूचनानिजी क्षेत्रको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार, व्यवसायीहरू...
26/05/2026

व्यवसायीहरूसँग आम अन्तरक्रिया कार्यक्रम सम्बन्धी सूचना
निजी क्षेत्रको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार, व्यवसायीहरूका समस्या समाधान तथा सरकार र निजी क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको कैलाली उद्योग वाणिज्य संघ ले व्यवसायी महानुभावहरूसँग प्रत्यक्ष संवाद तथा सुझाव संकलन गर्ने उद्देश्यले आम अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा व्यवसायी ज्युहरूका समस्या, गुनासा, सुझाव, संघको भूमिका तथा आगामी कार्ययोजनाका विषयमा खुला छलफल गरिने भएकाले सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवाला महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं।
कार्यक्रम :
मिति : २०८३/०२/१४ गते, बिहिबार
समय : बिहान ठिक ८ः०० बजे देखि
स्थान : कैलाली उद्योग वाणिज्य संघको सभा हल
कार्यक्रमका मुख्य विषयहरू :
व्यवसायीहरूका समस्या तथा गुनासाहरू र आगामी योजना तथा कार्यक्रमहरू सम्बन्धमा सुझाव ।
निजी क्षेत्रको वर्तमान अवस्था संघको भूमिका तथा प्रभावकारिता ।
थप जानकारीका लागी : ०९१—५२१२३७, ९८५८४२०५३७

12/05/2026

कैलाली उद्योग वाणिज्य संघको सम्पूर्ण उद्योगी व्यवसायी ज्यूहरूका लागि अत्यन्त जरुरी सूचना।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी सूचना अनुसार मिति २०८३ वैशाख २८ गते देखि जेठ ३ गतेसम्म “मूल्य पारदर्शिता सप्ताह” मनाउने निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइन्छ l उक्त अवधिमा सबै उद्योगी व्यवसायीहरूले आफूले उपलब्ध गराउने वस्तु तथा सेवाको मूल्यसूची सबैले देख्ने गरी आफ्नाे व्यवसाय स्थलमा अनिवार्य रूपमा राखी पारदर्शी व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ।
यसै सन्दर्भमा कैलाली उद्योग वाणिज्य संघ सम्पूर्ण उद्योगी व्यवसायी ज्यूहरूलाई मूल्यसूची स्पष्ट रूपमा देखिने गरि राखि उपभोक्ता अधिकार संरक्षण र पारदर्शी व्यवसायिक वातावरण निर्माणमा सहयोग पुर्‍याउन हार्दिक अनुरोध गर्दछ।

व्यवसाय स्थलमा अनिवार्य रूपमा हुनुपर्ने अवस्था तथा आवश्यक कागजातहरू निम्न अनुसार रहेका छन ः
१. सबैले देख्ने गरी मूल्य सूची राख्ने।
२. नियमित रूपमा प्रयोग हुने बिल/विजक अनिवार्य प्रयोग गर्ने।
३. व्यवसाय दर्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर (PAN) कारोवार स्थलमा राख्ने।
४. उत्पादन मिति, उपभोग मिति तथा उपभोक्ता मूल्य उल्लेख नभएका सामान बिक्री नगर्ने।
५. सडेगलेका तथा म्याद गुज्रिएका सामान कारोवार स्थलमा नराख्ने।
६. सही तौल भएका तथा इजाजतप्राप्त ढक, तराजु वा इलेक्ट्रोनिक तराजु मात्र प्रयोग गर्ने।
७. प्रतिबन्धित सामानको कारोबार नगर्ने।
८. अन्तःशुल्क दर्ता बिना सूर्तिजन्य पदार्थको कारोबार नगर्ने।
९. करपाटी राख्ने।
१०. कृत्रिम अभाव सिर्जना नगर्ने।
११. कालाबजारी नगर्ने।
होटल व्यवसायहरूका लागि विशेष अनुरोध
१. माथिका सबै नियमहरू अनिवार्य पालना गर्ने।
२. होटल तथा रेष्टुरेन्ट सफा र स्वच्छ राख्ने।
३. बासी तथा गुणस्तरहीन खानेकुरा प्रयोग नगर्ने।
४. खानेकुराहरू सुरक्षित रूपमा राख्ने।
५. रङको अनावश्यक प्रयोग नगर्ने।
६. अखाद्य वस्तुको प्रयोग नगर्ने।
७. कर्मचारीहरूले सफा पोशाक प्रयोग गर्ने।
८. कामदारहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने तथा नङ र कपाल सफा राख्ने ।

कैलाली उद्योग वाणिज्य संघ
धनगढी,कैलाली Kailali Chamber of Commerce & Industry,Dhangadhi ।

व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०-२०८५ कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम( तस्बिरहर...
30/04/2026

व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०-२०८५ कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम( तस्बिरहरू) ,कार्यक्रम कैलाली उद्योग वाणिज्य संघ र अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक ) को सहकार्यमा आयोजना भएको हो ।

28/04/2026

कैलाली उद्योग वाणिज्य संघ ,व्यवासाय प्रवर्द्धन तथा उद्धमशिलता मार्फत नवप्रवर्तनलाई प्रवर्द्धन गर्न अग्रसर छ । यो यात्रामा हौसला थपिदिनुभएकोमा माननिय डा.आनन्द चन्द ज्यु प्रती हार्दिक आभार ।।

24/04/2026

Address

Dhangadhi-1, Kailali
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Kailali Chamber of Commerce & Industry,Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share