10/07/2025
्दर्भ : जो जससंग सम्बन्धित छ।
(जानकारीका लागि मात्र ! )
भिसा आवेदन फारम DS-160 मा आवेदकहरूले विगत पाँच वर्षभित्र प्रयोग गरेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरू तथा ती सबैका प्रयोगकर्तानाम वा ह्यान्डलहरू उल्लेख गर्नु अनिवार्य छ। आवेदन फारम हस्ताक्षर गरी पेश गर्नु अघि आवेदकहरूले आफूले दिएको सम्पूर्ण जानकारी सही र सत्य भएको प्रमाणित गर्नुपर्छ। सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुन सक्छ र भविष्यमा पनि अमेरिकाको भिसाका लागि तपाईं अयोग्य ठहरिन सक्नुहुनेछ।