BBC tour agency

BBC tour agency BBC tour agency is tour service which provide you to tour india and nepal most tourist point like darjeeling,sikkim,kanyam,taplejung,pokhara

01/05/2018

आज मे १ अन्तरराष्ट्रिय मजदुर दिवस। हरेक क्षेत्रका मानिस गास,बास र कपास को लागि कुनै न कुनै क्षेत्रमा केही न केही काम गरी रहेका हुन्छन । चाहे त्यो कुनै कम्पनी मा काम गर्ने होस् वा खेतमा काम गर्ने किसान। आफ्नै खेत मा धान रोपी फलाउने किसान पनि एक मजदुर हो किनकी उस्को कडा मेह्नत र पसिना को फल अन्य ब्याक्ती लाई मिलिरहेको हुन्छ। जुनै सँघ संघठन मा रहे पनि मजदुर सबै एकै हुन्छन। त्यसैले अन्तरास्ट्रिय मजदुर संघ को नारा छ् विश्वको मजदुर एक हौ। अहिले मजदुर हरु पनि पार्टी गत रुप मा छरिएर फलानो पार्टी र ढिस्कनो पार्टी भनी हिंड्ने गर्दछन जुन मजदुर हरुको हित मा कही न कही लाभदायी हुँदैन। त्यसैले विश्वभरी छरिएर रहेका हामी सबै मज्दुर एक हौ र एक हुनु पर्छ भन्ने नारा लाई सार्थक बनाउन हामी सबैको दायित्व हो । अन्तरराष्ट्रिय श्रमिक दिवस को सबै लाई शुभकामना

23/03/2018

यस् बिबिसी टुर एजेन्सी ले पूर्व घोषणा गरेको पथिभरा टुर एस एल सि तथा बिभिन्न बिद्यालयमा परिक्षा का कारण हाम्रा अगाडि बुकिङ गरेका यात्रािहरु को अनुरोधमा परिक्षा नस्किन्जेल स्थगित गरिएको जानकारी गराउदछौ।अभिभावकको नै अनुरोध रहेका करण हामीले हाम्रो पूर्व घोसित यात्रा स्थगित गरेका छौ।

20/03/2018

this coming chait 10/11/12 we have religious tour to 3 pathibhara charali jhapa ilam kuti dada and taplejung only on 7000 npr 3 days and 2 nights include all lodging and food charges if you are interest to go the temple of pathibhara please contact us in our office or our advertise vechile for more details mukesh 9817039454 dhiraj 9824931101 and tulasi 9813076077

बिबिसी टुर एजेन्सी ले मेची नगर १३ स्तिथ दुर्गा पन्चायन मन्दिर लाई सौजन्री गरेको बोर्ड हस्तान्तरण कार्यक्रम मा मन्दिर ब्य...
15/03/2018

बिबिसी टुर एजेन्सी ले मेची नगर १३ स्तिथ दुर्गा पन्चायन मन्दिर लाई सौजन्री गरेको बोर्ड हस्तान्तरण कार्यक्रम मा मन्दिर ब्य्वास्थापन समिती का अध्यक्ष श्री प्रलहाद सिग्देल लाई हस्तान्तरण गर्दै यस बिबिसी टुर एजेन्सी का डेपुटी एम डि मुकेश शर्मा

kantipur onlineसमाचारराष्ट्रपतिमा विद्या भण्डारी निर्वाचितफाल्गुन २९, २०७४कान्तिपुर संवाददाताकाठमाडौँ — राष्ट्रपतिमा विद...
14/03/2018

kantipur online
समाचार
राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित
फाल्गुन २९, २०७४कान्तिपुर संवाददाता
काठमाडौँ — राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छिन् । उनी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी हुन् । मं‌गलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा मंगलबार भएको निर्वाचनमा ८६२ जनाले मत खसालेका थिए।
आयोगका प्रवक्ता ढकालका अनुसार संघीय संसद् ३२६ र प्रदेशसभाका ५३६ जनाले मतदान गरे। मतदानको समय बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको थियो।

कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए।

भण्डारी सत्तारूढ वाम गठबन्धनको समर्थनमा राष्ट्रपति बनेकी हुन्। राई विपक्षी नेपाली कांग्रेसको समर्थनबाट राष्ट्रपतिको उम्मेदवारी बनेकी थिइन्।

कस्तो छ भण्डारीको विगत?
दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीको नाममा नेपालको पहिलो महिला राष्ट्रपतिको इतिहास लेखिएको छ।

२०७२ कात्तिक ११ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भण्डारी त्यसअघि एमालेको दुई कार्यकाल उपाध्यक्ष, सांसद र मन्त्री भइसकेकी व्यक्ति हुन्।

दासढुंगामा मारिएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी भण्डारी पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिइन्। तर, उनको राजनीतिक सक्रियता भने श्रीमान्‌को निधनपछि अझै बढ्यो। श्रीमान्‌को निधनपछि २०५० सालमा काठमाडौं–१ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएपछि उनी एमाले राजनीतिको फ्रन्टलाइनमा आइन्।

महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै उनले एमाले भातृ संगठन अनेम संघको अध्यक्षको भूमिका समेत निर्वाह गरिन्। एमालेको आन्तरिक समिकरणभित्र सधैं भण्डारी केपी ओलीको समूहमा संलग्न रहिन्। त्यसैले ओली एमालेको नेतृत्वमा आएपछि भण्डारीका लागि राजनीतिक वातावरण अनुकूल भयो। त्यसैले नयाँ संविधान जारी भएपछिको संक्रमणकालीन अवस्थाको राष्ट्रपतिका लागि ओलीले नै पार्टीमा भण्डारीको नाम अघि सारे।

राष्ट्रपति भएपछि भण्डारीको प्रत्यक्ष दलीय आवद्धता त समाप्त भयो, तर शितल निवास र ओली निवासको दूरी भने घटेन। भण्डारीका काममा ओलीले समर्थन गरिरहे र कतिपय काममा ओलीको मनस्थितिअनुसार भण्डारीले आफ्ना गतिविधि गरिन्। त्यही सम्बन्धको सुमधुरतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भण्डारीले विश्वासमा लिन सफल भइन्। जसको परिणाम उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी छन्।

प्रकाशित : फाल्गुन २९, २०७४ १७:२३

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छिन् । उनी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी हुन् । मं‌.....

13/03/2018

news taken from annapurna post online
काठमाडौँः त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार यात्रुको सूची सार्वजनिक भएको छ । कम्तिमा ३६ जनाले ज्यान गुमाएको यो दुर्घटनामा २५ जना भन्दा धेरै घाइतेका छन् ।

विमानमा यात्रारत ३३ जना नेपालीमध्ये १३ जना नेपालीको ज्यान गएको छ । त्रिभुवन विमानस्थल प्रशासनका अनुसार ३३ नेपाली, ३२ बंगालादेशी, १ चिनियाँ र २ माल्दिभ्सका नागरिक पनि विमानस्थलमा सवार थिए ।

नेपाल:

शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगलादेश:

फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चीन:

झ्याङ मिङ

माल्दिभ्स:

रिजाना अब्दुल्ला

चालक दल:

पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन

12/03/2018

काठमाडौँ — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे।
प्रत्यक्षदर्शी चावहिल मैजुबहाल बस्ने मोहनबिक्रम लामाका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो। जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै गरी आयो। ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा धुवा आयो।
from ekantipur online

08/03/2018

समाचार

राष्ट्रपतिमा भण्डारी दोहोरिँदै

कांग्रेसबाट राईको उम्मेदवारी
फाल्गुन २४, २०७४दुर्गा खनाल

काठमाडौँ — राष्ट्रपतिमा विद्यादेवी भण्डारी नै दोहोरिने भएकी छन् । संघीय संसद् र प्रदेशसभामा झन्डै दुई तिहाइ सांसद रहेका दल एमाले र माओवादी केन्द्रको प्रस्ताव र समर्थनमा भण्डारीेले बुधबार उम्मेदवारी दर्ता गरेसँगै उनी पुन: राष्ट्रपति बन्ने पक्का भएको हो । राष्ट्रपतिका लागि २९ गते निर्वाचन हुँदैछ ।

संवैधानिक व्यवस्थाअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिएपछि पाँचवर्षे कार्यकालका लागि नयाँ राष्ट्रपति चयन हुन लागेको हो । संविधान जारी भएपछि संक्रमणकालीन व्यवस्थाअनुसार २०७२ कात्तिक ११ गते भण्डारी तत्कालीन व्यवस्थापिका संसद्बाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन् । नयाँ चुनाव भएपछि संघीय संसद् र प्रदेशसभाका सांसदको निर्वाचक मण्डलले राष्ट्रपति चुन्नुपर्ने व्यवस्था संविधानमा छ । त्यसैले केन्द्र र प्रदेशका संसदीय चुनाव सकेर निर्वाचन आयोगले राष्ट्रपतिको चुनाव गर्न लागेको हो ।

बहालवाला राष्ट्रपतिकै हैसियतमा भण्डारी बुधबार बिहान करिब साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन कार्यालय पुगेकी थिइन् । प्रधानमन्त्री केपी ओलीसँगैको दायाँ कुर्सीमा बसेर उनले निर्वाचन कार्यालयका कर्मचारीसमक्ष आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, पूर्वसभामुखहरू सुवास नेम्बाङ र ओनसरी घर्ती उनको उम्मेदवारीको प्रस्तावक छन् भने माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा, एमाले उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल र केन्द्रीय सदस्य रवीन्द्र अधिकारी समर्थक ।

उम्मेदवारी दर्तापछि राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाअनुसार आफूले काम गरेको बताइन् । ‘निर्वाचन सम्पन्न भएपछि पहिलो पटक राष्ट्रपतिको उम्मेदवारी दिएको छु । देशको हितलाई सर्वोपरी राखेर संविधानको भावना र मर्मअनुसार राम्रो काम गरेको छु भन्ने मेरो विश्वास छ,’ उनले सञ्चारकर्मीसँग भनिन्, ‘तपाईंहरूले मूल्यांकन गर्नुभएकै छ । मलाई समर्थन गर्ने राजनीतिक दल र निर्वाचक मण्डललाई आभार व्यक्त गर्छु ।’

राष्ट्रपतिका रूपमा अभिभावकीय भूमिका खेल्न सक्नु भएन भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा भण्डारीले आफ्नो कार्यकाल खुला किताबजस्तो रहेको बताइन् । ‘मैले के गरें भन्ने खुला किताबजस्तै छर्लंग छ, कसले के भन्यो भन्दा पनि यथार्थ कुरा बाहिरी आँखाले मात्रै होइन, भित्री आँखाले पनि मूल्यांकन गर्नुहोस्,’ उनले भनिन् ।

किन दोहोर्‍याइयो ?

साढे दुईवर्षे कार्यकालमा भण्डारीले ‘राम्रो काम गरेको’ दाबी गर्दै वाम गठबन्धनका दुई दलले उनलाई अघि सार्ने निर्णय गरेको हो । ‘पहिलो महिला राष्ट्रपतिका रूपमा उहाँले गरेको कामकारबाही राम्रो रहेकाले पार्टीले पुन: उहाँलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो,’ भण्डारीका प्रस्तावकसमेत रहेका एमाले नेता नेम्बाङले भने ।

राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा सन्तुलित भूमिका खेलेको एमालेको मूल्यांकन छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई बाध्य पार्ने एउटा मुख्य कडीका रूपमा राष्ट्रपतिले भित्रबाट भूमिका खेलेको उनको विश्लेषण छ ।

संक्रमणकालीन व्यवस्थाअन्तर्गत छोटो कार्यकाल मात्र बिताउन पाएको भन्दै भण्डारी स्वंयले यसअघि आफूलाई जिताउने दल एमाले र माओवादीका नेताहरूसमक्ष दोहोरिने इच्छा व्यक्त गरेकी थिइन् । उनले एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग पटक–पटक अनौपचारिक छलफल गरी दोहोर्‍याउन माग गर्दै आएकी थिइन् । भण्डारीको आग्रहसँगै दुई दलका नेताहरूले संवैधानिक पदहरूमा छोटो कार्यकालमै व्यक्ति फेर्नु उपयुक्त नहुने निष्कर्ष निकालेका थिए । पूर्वपदाधिकारीहरूका लागि राज्यले व्यहोर्नुपर्ने सेवा सुविधाले राज्यकोषमा भार पनि थपिने विश्लेषणसहित गठबन्धनकारी दलले संक्रमणकालीन व्यवस्थापनमा बनेका राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई दोहोर्‍याउने भद्रसमझदारी गरेका थिए ।

त्यही समझदारी कार्यान्वयनका क्रममा बुधबार भण्डारीलाई एमाले र माओवादीले उम्मेदवारका रूपमा अघि सारेका हुन् । दुवै दलले सर्वसम्मत रूपमा भण्डारीको नाम अघि सारे पनि निर्णय गर्नुअघि भने एमालेमा उनको नाम सहज रूपमा टुंगोमा पुगेको होइन । राष्ट्रपतिको उम्मेदवार चयन गर्न मंगलबार राति प्रधानमन्त्री निवासमा चलेको स्थायी समितिको बैठकमा नेताहरू विभाजित भएका थिए ।

पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्षसमेत भइसकेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिका लागि आकांक्षा राखेका थिए । अध्यक्ष ओली र राष्ट्रपति भण्डारीको कार्यशैली मन नपराउने माधव नेपाल समूहका नेताहरूले पनि नयाँ व्यक्तिलाई पठाउनुपर्ने अडान राखेका थिए । खनालले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । उनको दाबेदारीलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाललगायतले समर्थन गरेका थिए । अध्यक्षले गम्भीर विषयमा छलफल नै नगर्ने र हूलमूलमा निर्णय गराउने परिपाटी विकास गरेको भन्दै बैठकमा प्रधानमन्त्री ओलीको आलोचना भएको थियो ।

भण्डारी राष्ट्रपति भएपछि पनि पार्टीभित्र गुट सञ्चालन गरिरहेको र समानान्तर सत्ताको अभ्यास गरेको आरोपसमेत असन्तुष्ट नेताले लगाएका थिए । तर खनालको दाबेदारी र भण्डारीको कार्यशैली दुवै विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपाल र अर्का प्रभावशाली उपाध्यक्ष वामदेव गौतमले बैठकमा खासै धारणा राखेनन् । त्यसैले खनालको दाबेदारी कमजोर भयो । मध्यरातसम्म गरमागरम बहस चले पनि अन्त्यमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस पटक भण्डारीलाई नै दोहोर्‍याऔं भन्दै प्रस्ताव गरे । झन्डै ५ घण्टादेखिको छलफललाई निष्कर्षमा पुर्‍याउने गरी भण्डारीको नाम ओलीले नै अघि सारेपछि अतिरिक्त निर्णय हुने अवस्था रहेन । भण्डारीको नाममा सर्वसम्मति निर्णय भयो । यद्यपि उपमहासचिव भुसालले भण्डारीको नाममा नभई अध्यक्ष ओलीको कार्यशैलीप्रति असहमति जनाएर ‘नोट अफ डिसेन्ट’ लेख्ने बताउँदै बालुवाटारबाट बाहिरिए । बालुवाटार बैठकमा राष्ट्रपतिको आकांक्षा व्यक्त गरेका पूर्वप्रधानमन्त्री खनाल बुधबार भण्डारीको उम्मेदवारी दर्तामा उपस्थित भएनन् । अन्य वरिष्ठ नेताहरू भने समर्थन जनाउन नयाँ बानेश्वर पुगेका थिए ।

भण्डारीको विगत

दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी भण्डारीको नाम नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा इतिहासमा लेखिएको छ । २०७२ कात्तिक ११ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित उनी त्यसअघि एमालेमा दुई कार्यकाल उपाध्यक्ष, सांसद र मन्त्री भइसकेकी व्यक्ति हुन् ।

दासढुंगामा मारिएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी उनी पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । तर उनको सक्रियता श्रीमानको निधनपछि बढी देखियो । श्रीमानको निधनपछि २०५० सालमा काठमाडौं–१ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएपछि उनी एमाले राजनीतिको फ्रन्टलाइनमा आइन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै उनले एमाले भ्रातृ संगठन अनेमसंघको अध्यक्षको भूमिकासमेत निर्वाह गरिन् । एमालेको आन्तरिक समीकरणभित्र सधैं उनी केपी ओलीको समूहमा संलग्न रहिन् । त्यसैले ओली एमालेको नेतृत्वमा आएपछि भण्डारीका लागि राजनीतिक वातावरण अनुकूल भयो । त्यसैले नयाँ संविधान जारी भएपछिको संक्रमणकालीन अवस्थाको राष्ट्रपतिका लागि ओलीले नै पार्टीमा भण्डारीको नाम अघि सारे । राष्ट्रपति भएपछि भण्डारीको प्रत्यक्ष दलीय आबद्धता त समाप्त भयो, तर शीतल निवास र ओली निवासको दूरी घटेन । भण्डारीका काममा ओलीले समर्थन गरिरहे र कतिपय काममा ओलीको मनस्थितिअनुसार भण्डारीले गतिविधि अघि बढाइन् । त्यही सम्बन्धको सुमधुरतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भण्डारीले विश्वासमा लिन सफल भइन्, जसको परिणाम उनी दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।

कांग्रेसले उठायो राईलाई

काठमाडौं (कास)– राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको कांग्रेसले उनीविरुद्ध कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।

चुनावी समीकरणमा जित्ने सम्भावना नभए पनि भण्डारीको सांकेतिक विरोध जनाउन कांग्रेसले उम्मेदवारी दिएको हो । वाम गठबन्धनबाट भण्डारीलाई दोहोर्‍याउने निर्णय लिएसँगै कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बिहान बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भण्डारीको सट्टा अन्यले उम्मेदवारी दिए कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवारी नदिने सोच बनाएको थियो । ‘वर्तमान राष्ट्रपति भण्डारी तटस्थ भूमिकामा बसेजस्तो लागेन । अन्तिममा आएर उहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुभएन । राष्ट्रिय सभामा सरकारले गरेको तीन जनाको सिफारिस फर्काउनुभयो । लत्याउनुभयो । त्यसमा हाम्रो आपत्ति छ,’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने, ‘अरू कोही उम्मेदवार भएको अवस्थामा उम्मेदवारी नदिने निर्णय गरेका थियौं । उहाँ नै उम्मेदवार भएर आएपछि कांग्रेसले राईलाई अघि सारेको हो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राष्ट्रिय सभाका तीन सदस्य नियुक्तिको सिफारिसलाई स्वीकार नगरी राष्ट्रपतिले संविधानको उल्लंघन गरेका कारण उनका विरुद्ध कांग्रेसले उम्मेदवारी दिएको बताए । राष्ट्रपतिमा उम्मेदवारी दिएकी राईले देशको समृद्धि, सुशासन, विकास र उन्नति होस् भनेर आफू उम्मेदवार भएको बताइन् । भोजपुरकी उनी सहिद देवानसिंह राईकी छोरी हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्यसमेत रहेकी राई २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसदसमेत भएकी थिइन् ।

यस्तो छ मत

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का ३ सय ३१ र प्रदेश संसद्का ५ सय ४९ मतदाता छन् । तर मतदाताको मतभार फरकफरक हुन्छ । संघीय संसद्का एक सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ निर्धारण गरिएको छ । यसअनुसार संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ३ सय ५२ हुन्छ । त्यसमध्ये जित्नका लागि कुल मत ५२ हजार ५ सय १ को बहुमत अर्थात् २६ हजार २ सय ५१ मत ल्याउनुपर्छ ।

संघीय संसद्मा एमाले र माओवादी केन्द्रका २ सय १३ र प्रदेशसभामा ३ सय ५१ जना सांसद छन् । एमाले र माओवादीका कुल सांसदको मतभार ३३ हजार ६ सय ७५ हुन्छ । जुन राष्ट्रपति निर्वाचित हुनका लागि बहुमतभन्दा पनि निकै बढी हो । भण्डारीको पक्षमा संघीय समाजवादी फोरमले समेत समर्थन गर्ने तयारी छ । राजपालगायत अन्य स्वतन्त्र दलका सांसदले समेत समर्थन गरे भण्डारीको पक्षमा दुई तिहाइ मत पुग्नेछ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०६:५६ kantipur online news

08/03/2018

now get popular news from Nepal most popular news paper article through out our page

Address

Charali
57200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9817039454

Alerts

Be the first to know and let us send you an email when BBC tour agency posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BBC tour agency:

Share

Category