27/07/2026
🚨 ब्रेकिङ: लोकतन्त्र आयो, तर कर्णालीका गाउँमा अझै स्ट्रेचरकै भरोसा! 😢
दैलेखको दुल्लु नगरपालिका–१३, चौड निवासी रेशमबहादुर शाही र प्रमिला शाहीको घरमा तेस्रो सन्तानका रूपमा छोराको जन्म भयो। परिवारमा खुसी छायो, । सडक नहुँदा नवजात शिशु र सुत्केरी आमालाई स्ट्रेचरमा बोकेर घर पुर्याउनुपर्ने बाध्यता फेरि दोहोरियो।
चिम्टाकुरा, रावलबाडा, चौर, जीवा, सिम्ली, दुल्म, खातिगौडा लगायतका बस्तीहरू आज पनि सडक, एम्बुलेन्स, भरपर्दो स्वास्थ्य सेवा र नियमित विद्युत्बाट वञ्चित छन्। बिरामी पर्दा स्ट्रेचर, गर्भवती हुँदा जोखिम, र आपत् पर्दा भगवान् भरोसा—यही कर्णालीका धेरै गाउँको यथार्थ बनेको छ।
देश विकासका भाषणले गुञ्जिरहेको छ, तर कर्णालीका नागरिक अझै जीवन र मृत्युको दोसाँधमा स्ट्रेचर बोकेर हिँड्न बाध्य छन्।
प्रश्न सरकारसँग छ—कर त सबैले तिर्छन्, तर आधारभूत अधिकार कर्णालीले कहिले पाउँछ? नवजात शिशुसमेत सडकको अभावमा जोखिम मोलेर घर पुग्नुपर्ने यो अवस्था कसको जिम्मेवारी हो? अब भाषण होइन, काम गरेर देखाउने समय आएको छ।
📰 Daily News Karnali | दैनिक खबर कर्णाली ✅
#कर्णाली #दैलेख िले ाम_चाहियो