21/09/2026
हरिशंकर जात्राको शुभकामना ।
ब्रह्मवैवर्त पुराणमा श्रीकृष्णका नाति अनिरुद्रले वाणासुरकी छोरी उषालाई हरण गरेकोले वाणासुर र श्रीकृष्णको युद्ध भएको, वाणासुरलाई युद्धमा शिवजीले - सहयोग गरेको, कृष्णले सुदर्शन चक्र भेदन गर्दा वाणासुरको मृत्यु हुने भएकोले शिवजीले वाणासुरलाई श्री कृष्णको शरण पठाएको र त्यसपछि श्रीकृष्ण एवं शिव एकापसमा लीन भएको उल्लेख परेको छ । हिमवत सण्ड पुराण, नेपाल महात्म्यमा चाहिँ कृष्णका छोरा प्रधुम्नले बाणासुर की छोरी प्रभावतीलाई विवाह गरेको उल्लेख छ ।
फपिङ्गमा गोरखनाथको गुफा देखि उत्तर पश्चिममा प्राचीन खण्डहर भएको एउटा ठाउँ छ, जसलाई फपिङ्गका निवासीहरू वाणासुरको दरवारको अवशेष मान्दछन्। फपिङ्गका बुडापाकाहरुमा हरिशङ्कर यात्राको शुरुआत वाणासुरका पालादेखि भएको विश्वास पाइन्छ । पहिले पहिले हरिशङ्कर यात्रामा गोरखनाथको गुफामा गएर ३६० पटक भांडी (एक प्रकारको बाजा) बजाए पछि ९०० जना राक्षस (असुर) हरु आएर खट बोकी दिन्थे भन्ने अनुश्रुति छ । फपिङ्गको हरिशङ्कर यात्रा उत्पत्तिसम्बधी नेपालमा आर्य र अनार्य धर्म एवं संस्कृतिको समन्वयलाई इङ्गित गरेको देखिन्छ ।
बाणासुर एवं राक्षसहरु अधिदेखि नै यहाँ बसोबास गरियाएका अनार्यहरू देखिन्छन् । शिव वैदिक देवता नभई अवैदिक अनार्य देवता हुन्, जसलाई यहाँका बाणासुर आदि राक्षसहरूले आफ्ना इष्ट देवताको रूपमा पुग्दथे । कालान्तरमा यहां आर्यहरूको पनि आगमन भएकोले आर्य र अनार्यहरूका बीचमा संघर्ष भएको र अन्त्यमा आर्य र अनार्य यी दुवै पक्षले वैवाहिक सम्बन्ध द्वारा संझौता गरेको बुझिन्छ । आर्य र अनार्यका बीच समन्वय भएपछि त्यसको प्रतीकस्वरूप आर्यहरूको आराध्यदेव हरि अथवा विष्णु र अनार्यहरूको आराध्य देव शङ्कर अथवा रुद्रलाई एकाकारमा मिलाएर हरिहर को रूपमा पूजा गरी यसको उपलक्ष्यमा हरिशङ्करको यात्रा उत्सव मनाएको बुझिन्छ । यसरी फर्पिङ्गको हरिशङ्कर यात्रा नेपालको सर्वप्राचीन यात्रा हो यो
अभिलेखीय प्रमाणबाट पनि फर्पिङ्गको हरि शंकर यात्रा नेपालको जात्रा यात्रामा सबैभन्दा जेठो देखिन्छ, किनभने वि. सं. १२९७ (ने. सं. ३६०) मा फरिङ्ग टिपिटोलका दगी भारोले कनकेश्वरको खटका ढोकाहरू फेरेर मुकुट चढाएको कुरा कनकेश्वरको मुकुट मा अद्धित अभिलेखबाट स्पष्ट हुन्छ ।
जयस्थिति मल्लको पालामा मा हरिशङ्कर यात्राको उपलक्ष्यमा फपिङ्गमा नचाएको रामायण नाटकबाट उक्त यात्रा ठूलो उत्सवका साथ मनाइन्थ्यो र यात्रा हेर्न ठाउँ ठाउँबाट सभासद्हरू उपस्थित हुन्थे भन्ने थाहा पाइन्छ जसबाट हरिशङ्कर यात्राको प्रसिद्धि स्पष्टि हुन्छ ।
फर्पिङ्गको हरिशंकर जात्रा मृत्यु पश्चात पनि यमराजले यो जात्रा हेरेको छ वा छैन भनेर सोध्ने गरिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
Legends of Pharping Harishankar Jatra
According to the Brahmavaivarta Purana, when Lord Krishna’s grandson Aniruddha abducted Banasura’s daughter Usha, a war broke out between Banasura and Krishna. Lord Shiva aided Banasura in the battle. However, when Krishna unleashed his Sudarshana Chakra, which would have killed Banasura, Shiva advised the demon king to take refuge under Krishna. Following this, Krishna and Shiva merged into one another. In contrast, the Himavat Khanda Purana and the Nepal Mahatmya record that Krishna’s son Pradyumna married Banasura’s daughter Prabhavati.
Northwest of the Gorakhnath Cave in Pharping lies an ancient ruin that local residents believe to be the remains of Banasura’s palace. The elders of Pharping share the belief that the Harishankar Jatra began during Banasura’s reign. An oral legend recounts that in ancient times, devotees would visit the Gorakhnath Cave and play the bhandi (a traditional musical instrument) 360 times, after which 900 rakshasas (asuras) would arrive to carry the divine palanquin (khat). The origin of Pharping’s Harishankar Jatra points to the synthesis of A***n and non-A***n religions and cultures in Nepal.
Banasura and his followers appear to represent the indigenous non-A***n inhabitants who resided here before the arrival of the A***ns. Rather than being a strictly Vedic deity, Shiva was originally a non-Vedic, non-A***n divinity revered by Banasura and other indigenous communities as their patron deity. Over time, as A***ns migrated to the region, conflicts erupted between A***n and non-A***n groups. This conflict ultimately concluded with a compromise sealed through marital alliances. As a symbol of this harmony, the A***n deity Hari (Vishnu) and the non-A***n deity Shankar (Rudra) were fused together and worshipped as Harihara. The Harishankar Jatra was established to celebrate this union, making Pharping’s Harishankar Jatra arguably the oldest festival procession in Nepal.
Epigraphic evidence also indicates that the Harishankar Jatra of Pharping is the most ancient among Nepal’s recorded jatras. An inscription on the crown of Kanakeshwar verifies that in 1240 CE (Nepal Samvat 360), Dagi Bharo of Tipitol, Pharping, replaced the doors of Kanakeshwar’s palanquin and offered the crown.
Furthermore, historical accounts note that during the reign of King Jayasthiti Malla, a Ramayana dance-drama was staged in Pharping to commemorate the Harishankar Jatra. Courtiers and dignitaries gathered from far and wide to observe the festivities, highlighting the grand scale and fame of the festival. Local religious lore also holds that in the afterlife, Lord Yama (the god of death) specifically asks the departed soul whether they ever had the privilege of witnessing the Pharping Harishankar Jatra