
22/08/2024
"कालेबुङ मेनलाइन ट्याक्सी ड्राइभर्स वेलफेर एसोसिएसन" को वार्षिक आमसभा नोभेल्टी स्थित वर्सिप भवनमा सम्पन्न भयो, जसमा पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिएको छ। नयाँ कमिटीका अध्यक्ष बिनोद मोक्तान, महासचिव पाल्देन शेर्पा, उपाध्यक्ष कुमार लेप्चा, सहसचिव जीतेन सुब्बा, कोषाध्यक्ष विवेक प्रधान, समाजिक सचिव ज्योति थापा, छोगेल लामा, र सह कोषाध्यक्ष किशोर प्रसाद चयन गरिएको छ।
"कालेबुङ मेनलाइन ट्याक्सी ड्राइभर्स वेलफेर एसोसिएसन" २१ अगस्त १९९७ मा स्थापना भएको हो र आजको दिनसम्म चालकहरूको हक र अधिकारका लागि समर्पित प्रयास गर्दै आइरहेको छ। विशेष रूपमा, यो संगठन कालेबुङदेखि सिलिगुडी चल्ने गाडीका चालक र यात्रुको सुरक्षा र सुरक्षीत यात्राको सुनिश्चिततामा समर्पित छ।