13/11/2019
अहाँला डाडा शेल्पुमा जुन लाटपञ्चर सिन्कोना विभागले पैसा उठाउने कार्य १ अगस्तदेखि भएको थियो उक्त विवाद कार्यको निम्ति खर्साङ्ग खण्ड विकास अधिकारीले निरक्षण गरे बापत उक्त पैसा उठाउने कार्य १७ सटेम्बरदेखि बन्द भएको थियो।
अाज फेरि उक्त पैसा उठाउने कार्य लाटपञ्चर कुलैन बगानले १५ नवम्बरदेखि उठाउने भएको छ रे सुन्नामा अाएको छ र हामी शेल्पुवासी यश कार्यको घोर बिरोध गर्छै किनभने भ्यु पोइन्ट शेल्पु खासमहल र फरेस्टको जगामा अवस्थित छ र कुलैन बगान भन्ने अगवे बारी सकेको छ।
जुन पैसा उठाउने कार्य लाटपञ्चर सिन्कोना बगानले गर्ना गोइरहेको छ त्यसले सम्पुर्ण सिटोङ (।)(।।)(।।।) क्षेत्रलाई ने पर्यटन व्यवसायमा असर पर्न जान्छ् र जुन कार्य यहाँ हुँदै छ भोलि नाम्थिङ्ग,लेप्चा गुम्बा,पाँच पोखोरी,जोगी घाटमा होला त्यसतो कामले यहाँको पर्यटन फस्टाउँनु होइन विल्पत भएर जाने छ।यो लाटपञ्चर सिन्कोना बगानले भाड हालने काम हो,किनभने अाज यिनीहरु सँग होम स्टे बनाउने जगा जमिन नहुँदा यो कार्य अपनाको हो।
मंग्पु सिन्कोना बगानभित्रे पर्छ र त्यहाँ पनि रबिन्द्र भवान,कलैन कारखाना छ तर त्यहाँ बगानले पैसा उठाँदैन्, तर अाज अाहाँल डाडामा लाटपञ्चर सिन्कोना बगानको बगान बाहेक अरु के छ भ्यु पोइन्ट,होम स्टेहरु सबै खासमहलमा छ,त्यहाँ पैसा उठाएर चेकपोस्ट लगाएर त्यहाँको फस्टाउँदै गएको पर्यटनलाई बिल्लीबाठ पर्नु हो।यदी पैसाको लागि राल झारेको हो भन्ने लाटपञ्चर सिन्कोना बगानले पार्किङ्ग जगा बनाएर पैसा उठाँउनु सक्छ खालि पार्किङ्गको हामी यसमा बिरोध गर्दैने।
सन्नुमा अवदै छ सुन्दरीकरणको निम्ति पैसा उठाउँछ हरे त्यहाँ मुख्य पोइन्ट अथवा हेर्ने घुम्ने ठाउँ खासमहल र फरेस्टको छ।सिन्कोनाले सुन्दरीकरण चहे कहाँ गर्ने हौं।सुन्दरीकरण नै चाहन्छौ भने तीन पक्ष एक भए बापत मात्र उक्त कार्य सफल होला नत्र भन्ने विवाद चली नै रने छ जस्तो लाग्छ।
शेल्पुवासी सोचोनु पर्ने बिषय के हो भने सिन्कोना बगानले अाज बगानबाट बाटो लाँदा पैसा उठाँउछ भने हाम्रो जमीनबाट पनि त (२००३-०४) देखि बत्तीको पोलहरु लोगेको छ हामीले बिभागलाई भनेर हटाउँनु लगाउनु पर्छ,किनभने हाम्रो जमीनको रुख पातहरु बर्षानी काटने गर्छ।खेती गर्ने जमीनमा पोलहरु गाडेको छ लाटपञ्चर सिन्कोनावासी सोचोनु पर्ने हो।
लाटपञ्चर सिन्कोना बगानले मात्र मनमानी गर्ने काम गर्नु हुँदैन।त्यहाँ तीने पक्ष मिलयो भने मात्र राम्रो होला, नत्र भन्ने कुनै पनि समयमा समस्या खडा हुन सक्छ।बडदो टुरिजमलाई एक पक्षले मात्र भाड हाल्ने काम नगरी दिए राम्रो होला।
सही निरक्षण गरिदिया जहोस किनभने बिभागय तोरमा हामी अवागत गराइसकेको छौ।यसको निम्ति हामी पछि हटने वलामा छैनो कुनै पनि हालतमा,यो बिषयमा हामी झट्टे टुरिजम डिपार्टमेन्टलाई पनि लिखित अवागत गराउँछु।