10/03/2026
नेपाल एरलाइन्सको सुचना !
आदरणीय यात्रु महानुभावहरू,
मध्यपूर्व क्षेत्रमा जारी परिस्थितिका कारण हवाई मार्ग (Airspace) बन्द भएकोले नेपाल वायुसेवा निगमका निम्न उडानहरू रद्द गरिएको जानकारी गराइन्छः
काठमाडौं – दोहा (RA 239) — ११ मार्च २०२६
काठमाडौं – दमाम (RA 241) — ११ मार्च २०२६
दोहा – काठमाडौं (RA 240) — १२ मार्च २०२६
दमाम – काठमाडौं (RA 242) — १२ मार्च २०२६
यस परिस्थितिका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति निगम हार्दिक क्षमाप्रार्थी छ।
मध्यपूर्वका दुबई, दोहा र दमामबाट/तर्फ नेपाल वायुसेवा निगमका आगामी उडान सम्बन्धी जानकारीका लागि निगमले जारी गर्ने सूचना वा तोकिएका फोन नम्बरहरूमा सम्पर्क गरी मात्र विमानस्थल आउन अनुरोध गरिन्छ।
थप जानकारीका लागि नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरू नियमित रूपमा हेर्नुहुन अनुरोध छ।
जरुरी जानकारीका लागि सम्पर्क:
+977 9851273459 / 9851422156