बैतडी-Baitadi

बैतडी-Baitadi Baitadi district, historical name 'bairath', a part of Sudurpaschim Province, is a one of the 77 districts of the Nepal. It is very beautiful.
(1)

The district consists of ten municipalities.

बैतडी,  सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट भारतबाट भन्सार छली गरी ल्याइएका रु २१ लाख आठ हजार ८१० बरा...
12/04/2026

बैतडी, सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट भारतबाट भन्सार छली गरी ल्याइएका रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको छ।

सोही क्रममा बोलेरो पिकअप र ट्याक्टर नियन्त्रणमा लिइएको छ। बरामद वस्तुमा २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किराना सामान पर्दछन्।

गोप्य सूचनामा खटिएको मोबाइल टोलीले कार्यवाही गर्दा सामान फेला परेको र सामान भित्र्याउने केही व्यक्तिहरू प्रहरी देखेर भागेको जनाइएको छ।

बरामद सामान र सवारी साधन Mahakali भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ।

सरकारले कार्यालयहरूमा फाइल अनावश्यक रूपमा थन्किनु र काम ढिला हुनुको समस्या अन्त्य गर्न पर्सि चैत ३० देखि वैशाख ७ सम्म “श...
11/04/2026

सरकारले कार्यालयहरूमा फाइल अनावश्यक रूपमा थन्किनु र काम ढिला हुनुको समस्या अन्त्य गर्न पर्सि चैत ३० देखि वैशाख ७ सम्म “शून्य बाँकी फाइल अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयका लागि ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरी अभियानको ढाँचा र कार्यविधि सार्वजनिक गरेको छ। मार्गदर्शनअनुसार दर्ता भएका र सुरु भएका टिप्पणीसमेतका फाइलहरू विभिन्न तहमा अनावश्यक रूपमा थन्किन नपाउने व्यवस्था गरिनेछ र निर्णयमा हुने ढिलाइ रोक्न ठोस कदम चालिनेछ।

अभियानको मुख्य लक्ष्य चालु अवस्थामा रहेका फाइलहरू अनिश्चित समयसम्म अड्किन नदिनु, जिम्मेवारी स्पष्ट पार्नु र काम हुने वा नहुने विषयमा समयमै टुङ्गो लगाउनु हो।

यसका लागि हरेक कार्यालयले दैनिक रूपमा फाइलको जिम्मेवारी, कुन फाइल कस्को नजिक छ र कति दिनदेखि रोकिएको छ भन्ने विवरण राख्नेछ। ३ दिन, ७ दिन र १५ दिनभन्दा बढी रोकिएका फाइलहरूलाई अनिवार्य रूपमा उच्चस्तरीय समीक्षा गरिनेछ।

साथै, सानो तहबाटै निर्णय गर्न मिल्ने फाइलहरू माथिल्लो तहमा नपठाई तत्कालै टुङ्गो लगाउने व्यवस्था गरिनेछ ताकि अनावश्यक रिफर र ढिलाइ घटोस्।

अभियानले सार्वजनिक सेवा छिटो, पारदर्शी र जवाफदेही बनाउन मद्दत गर्ने आशा गरिएको छ। प्रत्येक कार्यालयले अभियान अवधिमा दैनिक प्रगति रिपोर्ट तयार पार्नेछन् र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कार दिएर प्रेरित गरिनेछ; जानाजान ढिलाइ गर्ने कर्मचारीविरुद्ध कारबाहीको व्यवस्था समेत गरिनेछ।

यसरी फाइल व्यवस्थापन सुधारिएमा सेवाग्राहीलाई छिटो सेवा पुग्ने, निर्णय प्रक्रियामा पारदर्शिता र सरकारी कामकाजमा उत्तरदायित्व बढ्ने अपेक्षा गरिएको छ।

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भ...
10/04/2026

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो ।

साथै, यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।

विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो ।गत २५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल (मन्त्रीस्तर) को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।

सम्पूर्ण भाडादर को सूची हेर्न comment चेक गर्नुहोस..

सडक विभाग, बैतडीको सडक डिभिजनले सम्झौता अनुसार काम नगरेको तथा निर्माणमा चरम ढिलाइ र न्यून भौतिक प्रगतिका कारण २५ निर्माण...
10/04/2026

सडक विभाग, बैतडीको सडक डिभिजनले सम्झौता अनुसार काम नगरेको तथा निर्माणमा चरम ढिलाइ र न्यून भौतिक प्रगतिका कारण २५ निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन तयारी गरेको छ।

कार्यालयले ती ठेकेदारहरूलाई किन ठेक्का रद्द नगर्ने भन्ने विषयमा १५ दिनभित्र चित्तबुझ्दो र विश्वसनीय स्पष्टीकरण पेश गर्न र अविलम्ब काम सम्पन्न गर्ने विस्तृत कार्ययोजना बुझाउन निर्देशन दिएको छ।

सूचनामा उल्लेख छ कि तोकिएको समयभित्र आवश्यक स्पष्टीकरण र कार्ययोजना नआएमा यो अन्तिम ताकेताको रूपमा लिइ ठेक्का सम्झौता रद्द गरिनेछ। त्यसैगरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र नियमावली, २०६४ को नियम १२८ तथा सम्झौताको सर्तअनुसार कालोसूचीमा राख्ने र अन्य कानुनी कारबाहीसमेत गरिने भएकोले ठेकेदारहरूलाई अन्तिम चेतावनी दिइएको छ।

कार्यालयले पटक–पटक लिखित र मौखिक रूपमा सचेत गराउँदा पनि काममा सुधार नआएपछि यो कदम चालिएको हो।

07/03/2026

मत परिणाम अपडेट 📊

हरि मोहन भण्डारी 🔔 – १३,२६९ मत
दामोदर भण्डारी ☀️ – ११,७२३ मत
चतुर बहादुर चन्द 🌳 – १०,६०४ मत
प्रमानन्द भट्ट ⭐ – ५,४७८ मत
भुपेन बहादुर चन्द – १,५९५ मत

📌 पछिल्लो मतगणना परिणाम अनुसार ।

बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि मोहन भण्डारी ५,७७७ मतसहित अग्रस्थानमा रहेका छन्। बिहान ८:३० बजेसम...
07/03/2026

बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि मोहन भण्डारी ५,७७७ मतसहित अग्रस्थानमा रहेका छन्। बिहान ८:३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार, नेकपा (एमाले)का दामोदर भण्डारीले ५,०९६ र नेपाली काँग्रेसका चतुर बहादुर चन्दले ४,४४९ मत प्राप्त गरेका छन्।

साथै अन्य उम्मेदवारहरूको मतपरिणाम यस प्रकार छ:

प्रमानन्द भट्ट (नेपाल कम्युनिष्ट पार्टी - एकीकृत मार्क्सवादी लेनिनवादी): २,४२२
भुपेन बाहादुर चन्द (राष्ट्रिय प्रजातन्त्र पार्टी): ४२७
राम बहादुर कुँवर (नेपाल कम्युनिस्ट पार्टी – माओवादी): १०९
नवराज कोइराला (नेपाल मजदुर किसान पार्टी): ३०
आन सिंह भण्डारी (जनता समाजवादी पार्टी, नेपाल): २६
विसन सिंह वोहरा (आम जनता पार्टी): १४
गजेन्द्र राज पाण्डेय (श्रम संस्कृति पार्टी): १२
जय प्रकाश पन्त (स्वतन्त्र): ४

07/03/2026

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि मोहन भण्डारीले नेकपा एमालेका दामोदर भण्डारीमाथि ७०१ मतको अग्रता बनाएका छन्। बिहान ७:१५ बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार, दामोदर भण्डारीले ४७०२ मत प्राप्त गरेका छन् भने हरिमोहन भण्डारीले ५४०१ मतसहित अग्रस्थानमा छन्।

अन्य उम्मेदवारहरूको मतपरिणाम यस प्रकार छ:

चतुरबहादुर चन्द (नेपाली काँग्रेस): ४३१६
परमान्नद भट्ट (नेपाली कम्युनिस्ट पार्टी): २२९५
भुपेन्द्र बहादुर चन्द (राष्ट्रिय प्रजातन्त्र पार्टी): ४१५
राम ब. कुवर (नेकपा माओवादी): १०७
नवराज कोइराला (नेपाल मजदुर किसान पार्टी): २८
बदर मत संख्या: ८०७

बैतडीमा मतगणना प्रक्रिया सुरु भएको छ। सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणनाको काम अघि बढाइएको मुख्य निर्वाचन अधिकृत तीर्थरा...
06/03/2026

बैतडीमा मतगणना प्रक्रिया सुरु भएको छ। सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणनाको काम अघि बढाइएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो।

जिल्लामा ७३ हजारभन्दा बढी मत खसेका छन्। बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानमा निर्धारित समयभित्र ७३ हजार १४८ मत खसेको हो।

जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका थिए। तीमध्ये ४६ दशमलव ७८ प्रतिशतले मात्रै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

Source: Radio 7 Star

Patan Baitadi ❤️
25/10/2025

Patan Baitadi ❤️

Udaydeb Mandir Patan Baitadi Mela 2082
19/10/2025

Udaydeb Mandir Patan Baitadi Mela 2082

Address

Gothalapani
Baitadi
10200

Alerts

Be the first to know and let us send you an email when बैतडी-Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बैतडी-Baitadi:

Shortcuts

Share