Baitadi patan

Baitadi patan Baitadi district (बैतडी), historical name “Bairath” (बैराथ), a part of Mahakali zone, In Nepal

विरोधका बीच २३ संस्थालाई सम्बन्धन, मन्त्रीको बचाउमा सीटीईभीटी आश्विन २३, २०७४-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिष...
09/10/2017

विरोधका बीच २३ संस्थालाई सम्बन्धन, मन्त्रीको बचाउमा सीटीईभीटी

आश्विन २३, २०७४-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले घुमाउरो ढंगले २३ संस्थालाई विभिन्न कार्यक्रमको सम्बन्धन दिएको छ । आइतबार बसेको परिषद् बैठकले अर्को वर्षदेखि लागू हुने गरी सम्बन्धनको निर्णय गरेको हो । चर्को विरोधका कारण परिषद्ले अर्को वर्षदेखि मात्र लागू हुने गरी सम्बन्धन दिने निर्णय गरेको हो । यसले सम्बन्धनको विरोध कम हुने परिषदका पदाधिकारीको बुझाइ छ । निर्वाचन आयोगको सहमतिमा निर्णय गर्नुपर्नेमा परिषद्ले सम्बन्धनको निर्णय गरेर ‘आयोगको सहमति लिने’ विवादास्पद निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ, ‘स्वीकृतिको प्रक्रियामा रहेका संस्थाहरूलाई यो शैक्षिक सत्रका लागि सम्बन्धन नदिने र आगामी शैक्षिक सत्र २०७५/७६ को सम्बन्धन दिने सम्बन्धमा निर्वाचन आयोगमा सहमतिका लागि लेखी पठाउने ।’ परिषद्ले आफ्नो निर्णयको बचाउका लागि हाल स्वीकृति पाएका संस्थाहरूले सम्बन्धनका लागि लामो समय गुजार्नुपरेको उल्लेख गरेको छ । परिषदको दाबीअनुसार अहिले स्वीकृति पाएका २३ संस्थाले सम्बन्धनका लागि २०६८ सालभन्दा अघि आवेदन दिएका हुन् ।

मन्त्रीको बचाउमा सीटीईभीटी

यसैबीच शिक्षामन्त्री गोपालमान श्रेष्ठको चलखेल र दबाबमा सम्बन्धन दिन लागेको समाचार प्रकाशित भएपछि सीटीईभीटीले मन्त्रीको बचाउ गरेको छ । सीटीईभीटीले विज्ञप्ति जारी गरी एक दशकदेखि सम्बन्धनको निवेदन दिएका संस्थाहरूको हकमा मात्रै निर्णय गरिएको भनी ‘झूटो’ तथ्यांक पेस गरेको छ ।

जबकि २०६८ सालअघिका कतिपय संस्थाहरूले निवेदन दिएको भर्खर ६ वर्ष भएको छ । २०६९ सालपछि आवेदन दिएका संस्थालाई पनि सम्बन्धन दिने तयारी भएकोमा समाचार प्रकाशित भएपछि मन्त्रीको प्रयास असफल भएको थियो । साथै सीटीईभीटीले सम्बन्धनका क्रममा कुनै प्रक्रिया नमिचिएको र दबाब/प्रभाव पनि नरहेको दाबी गरेको छ ।

आश्विन २१, २०७४-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने प...
08/10/2017

आश्विन २१, २०७४-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । उनले भने, 'वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छौं । सिंहदरबारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताए । अध्यक्ष प्रचण्डले भने, 'हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।' संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए । उनले भने, 'एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुंगोमा पुग्छौँ । अहिले हाम्रा आआफ्नै वैचारिक मान्यता कायम छन् ।' बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे अध्यक्ष दाहालसँग प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न आग्रह गरे ।

https://patankhabardotcom.wordpress.com/2017/10/08/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%9b%e0%a5%8b/

आश्विन २१, २०७४-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । उनले भने, ‘वाम गठबन्धन, पार्टी एकता फरक विषय …

आश्विन २०, २०७४-पहिलोपटक अष्ट्रेलियाको संसद भवनमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले बडादसैं मनाएका छन् । दक्षिण अष्ट...
08/10/2017

आश्विन २०, २०७४-पहिलोपटक अष्ट्रेलियाको संसद भवनमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले बडादसैं मनाएका छन् । दक्षिण अष्ट्रेलियाको संसद भवनमा दशैंको अन्तिम दिन पूर्णिमाको अवसरमा दक्षिण अष्ट्रेलियाका संवैधानिक समितिका अध्यक्ष रसल वाट्लीले बडादशैंको कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा नेपालीहरुले मात्र टिका लगाएनन् कि अष्ट्रेलियाली नेताहरुले समेत दसैंको टिका र जमरा लगाएका थिए । कार्यक्रममा स्थानीय टोरेन्स क्षेत्रकी सांसद डाना वाट्ली लगायतका अन्य अष्ट्रेलियाली नेताहरुले समेत उत्साहका साथ सहभागिता जनाएका थिए । सहभागी नेपालीहरुलाई अध्यक्ष वाट्ली लगायतका नेताहरुले टिकाजमरा लगाइदिएका थिए भने उनीहरुलाई नेपाली अभिभावक मञ्जु सिटौला र मुरारी खनालले टिका लगाइदिएका थिए । उनीहरुले उक्त अवसरमा बडादसैंको शुभकामना दिदै नेपाली समुदाय बढिरहेको सन्दर्भमा नेपालीहरुको ठूलो पर्व संसद भवनमा मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । नेपाल कला र संस्कृतीमा धनी भएको सुनाउँदै उनले यसले अष्ट्रेलियालाई बहुसांस्कृतिक देशको रुपमा रंग थप्ने काम गरेको बताए । सहभागी अष्ट्रेलियाली नेताहरुले नेपाली कलासंस्कृतीलाई सम्मान गर्न पाएकोमा आफुहरुलाई खुशी लागेको सुनाएका थिए । अष्ट्रेलियाका उच्च तहका नेताहरुले संसद भवनमा बडादशैंको आयोजना गरेर नेपाली कलासंस्कृतीलाई सम्मान गरेको सहभागी नेपालीहरुले बताए । ‘अष्ट्रेलियाको संसद भवनमा बडादसैंको टिकाजमरा लगाएर मनाउन पाउनु यहाँ रहेका सबै नेपालीहरुको लागि गर्वको बिषय हो,’ सहभागि एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले बताए । कार्यक्रममा सहभागी इनासका महासचिव मिलन दहालले अहिलेसम्म समग्र अष्ट्रेलियामा नेपाली कलासंस्कृतीलाई सम्मान र पहिचान दिइएकोमा आफूहरुलाई उत्साहित बनाएको सुनाए । कार्यक्रममा सेलरोटी लगायतका नेपाली परम्परागत खानाहरु सहभागीहरुलाई खुवाइएको थियो । कार्यक्रममा करिब १ सय नेपालीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा दक्षिण अष्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुका साथै एनआरएन, इनासलगायतका संस्थाका प्रमुखहरुको समेत सहभागिता थियो ।

https://patankhabardotcom.wordpress.com/2017/10/08/%e0%a4%85%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%ad%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be/

आश्विन २०, २०७४-पहिलोपटक अष्ट्रेलियाको संसद भवनमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले बडादसैं मनाएका छन् । दक्षिण अष्ट्रेलियाको संसद भवनमा दशैंको अन्तिम दिन पूर्णिमाको अवसरमा दक्षिण अष्ट्रेलियाका…

View of my village . Please share it !!!
11/07/2017

View of my village . Please share it !!!

baitadi Patan 15 02 2072

25/06/2017
बैतडीको पा.न.पा. १ सकारमा रहेको कालिका नि.मा.बि. का बिद्यार्थीलाई पठन पाठनको समयमा करिब २ घण्टा लामो बाटो बाट ठेक्का मा ...
21/06/2017

बैतडीको पा.न.पा. १ सकारमा रहेको कालिका नि.मा.बि. का बिद्यार्थीलाई पठन पाठनको समयमा करिब २ घण्टा लामो बाटो बाट ठेक्का मा भैरहेको काम को लाई काठ ढुवानी गराउदै बिद्यालय प्रशासन।।Prem Singh Bist

Kun thau hola utar dine lai gift 🎁 ko bebastha
13/02/2017

Kun thau hola utar dine lai gift 🎁 ko bebastha

Address

Baitadi
00977

Website

Alerts

Be the first to know and let us send you an email when Baitadi patan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baitadi patan:

Share

Category