Visit in Bajhang

Visit in Bajhang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Visit in Bajhang, Travel Company, Bajhang.

बझाङ जिल्ला बाट उत्पति भएका थरहरु आफ्नो कुलपुजा गर्नु भन्दा अगाडि आफ्नो थाक्थलोमा आएर अध्यन गरौ एकपटक भ्रमण गरौ ।       ...
30/10/2025

बझाङ जिल्ला बाट उत्पति भएका थरहरु आफ्नो कुलपुजा गर्नु भन्दा अगाडि आफ्नो थाक्थलोमा आएर अध्यन गरौ एकपटक भ्रमण गरौ । बझाङका पुरातात्विक–ऐतिहासिक महत्वका गाउँबस्तीहरु

(बझाङको ऐतिहासिकताका लागी सबले सेयर गरौँ ।)
वर्तमान बझाङ जिल्ला नेपाल एकीकरणअघि छुट्टै राज्य थियो । विसं १८४७ मा बझाङ नेपालमा समाहित भएको थियो । ऐतिहासिकतातिर फर्कंदा यहाँ प्राचीनकालदेखि नै मानव बसोवास रहेको पाइन्छ । स्कन्द पुराणको मानसखण्डमा बझाङका विभिन्न धार्मिकस्थल र नदीनालाहरूको वर्णन छ । पूर्णप्रकाश नेपाल यात्रीले ‘सेती अञ्चल दिग्दर्शन’मा उल्लेख गरेअनुसार बझाङमा हुण र शकहरूपछि खसहरू प्रवेश गरेका थिए । खसहरूले पहिलो शताब्दीतिरै बझाङमा पहिलो राज्य ‘खस राज्य’ स्थापना गरेका थिए । साथसाथै खसहरूले मष्ट स्थापना गरेका थिए (यात्री, २०३५ः १९१) । यही कारण बझाङलाई मष्टा संस्कृतिको उद्गमका रूपमा पनि लिइन्छ । यात्रीले बझाङमा श्रीपाली बस्नेतहरूको राज्य रहेको कुरा पनि उल्लेख गरेका छन् । तर, बस्न्यातहरूको वंशावलीमा यो प्रसङ्ग समेटिएको देखिन्न ।

खस साम्राज्यको पतनअघि बझाङ लामो समय सिंजापति खस चल्ल–मल्ल राजाहरूको शासनव्यवस्था मातहत रह्यो । तत्कालीन बझाङ डुगरा अडैथर्पु (पूर्वोत्तर बझाङ), जुजी थर्पु (मध्य–पश्चिमत्तोर बझाङ) र गडी थर्पु (दक्षिण–पूर्वी बझाङ) क्षेत्र सिंजापतिका सामन्त शासक क्षेत्रका रूपमा रहेको थियो । सिंजा खस साम्राज्यको पतनपछि वर्तमान मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा बाइसे राज्यहरू अस्तित्वमा आए । खस साम्राज्यको पतनपछि र बाइसे राज्यहरू देखा पर्नुअघि बझाङमा स–साना बाह्रकोटे राजाहरू थिए । त्यतिबेलाको बझाङ १२ कोटका नामले पनि चिनिन्थ्यो । बझाङी राजा रामजङ्गबहादुर सिंहद्वारा लिखित ‘बज्राङ राज्यको परिचय’ नामक पुस्तकअनुसार बझाङ राज्य स्थापना अघि यहाँ ससाना १२ राजाका कोट थिए । बझाङी राजाका पुर्खाले ती १२ कोटलाई जितेर बझाङ राज्य खडा गरेका थिए । त्यसैकारण बझाङी राजालाई ‘बरकोटे राजा’ पनि भनिन्थ्यो । बझाङवासीलाई डडेल्धुराबासीले ‘बरकोटे’ तथा डडेलधुरावासीलाई बझाङवासीले ‘डोट्याल’ भन्ने चलन २०४६ सालसम्म पनि रहेको सम्झना पङ्क्तिकारसँग ताजै छ । खैर, इतिहासकार राजाराम सुवेदीका अनुसार भने बझाङ राज्यको स्थापना मलय वम्मका जेठा छोरा शक्ति सिंहले विसं १५०३ मा गरेका थिए । त्यसअघि बझाङ सुरुमा सिंजा, त्यसपछि कहिले जुम्ला र कहिले डोटीको करद राज्यका रूपमा रहेको थियो । इतिहासकार सूर्यमणि अधिकारीले कल्याण सिंहलाई स्वतन्त्र बझाङका प्रथम राजा मानेका छन् । जसको शासनकाल विसं १७४४ देखि १७८६ सम्म रहेको थियो ।

तत्कालीन बझाङको भूभाग उत्तरमा ताक्लाकोट, दक्षिण र पश्चिम डोटी, पूर्वमा जुम्ला (पछि बाजुरा–अछाम–दर्ना)सम्म फैलिएको थियो । सेती नदीको सुन्दर उपत्यका र भोटसँगको व्यापारका कारण बझाङ राज्यको आफ्नै सामरिक महìव थियो । सेती नदी किनाराका थुप्रै उर्वर उपत्यकाका कारण बझाङमा आवादी र जनघनत्व पनि धेरै थियो । बझाङ राज्य स्थापना भएपछि र बझाङ सिंजा र डोटी अधिनस्थ रहँदा यहाँ थुप्रै जातिको बसोवास रहेको थियो । यस भूक्षेत्रलाई थुप्रै जातिले आफ्नो वासस्थान बनाएका थिए । समयक्रमसँगै केही जातिहरू यहाँबाट बसाइँ सरेर अन्यत्र गएका थिए । बझाङमा त्यस्ता गाउँहरू छन्, जुन गाउँहरू कैयौँ जातिका थातथलोका रूपमा रहेका छन् । तर, सोधखोज र अध्ययन अनुसन्धान नहुँदा पुरातात्विक–ऐतिहासिक महत्वका यी गाउँबस्ती अहिले पनि इतिहासको गर्तमा छन् । प्रस्तुत लेखमा हालसम्म पनि ओझेलमै रहेका बझाङका केही त्यस्ता गाउँबस्तीहरूको इतिहास उत्खननको प्रयास गरिएको छ, जुन गाउँहरू केही जातिहरूको थातथलोको रूपमा रहेका छन् ।

रेग्मीहरूको रेगम
बझाङको सेती नदी किनारामा रहेको सुन्दर फाँटको नाम हो रेगम । हाल थलारा गाउँपालिकामा अवस्थित रेगम उत्तर र पश्चिममा सेतीनदी र पूर्वमा रेग्मीगाड (रेग्मीखोला) ले घेरिएको छ । रेग्म ज्यूला यतिबेला भने सेती नदीको कटानका कारण निक्कै साँघुरिएको छ । दुर्लभ उपत्यका रेगमलाई स्थानीयवासी भने रेग्म ज्यूला भन्छन् । बझाङमा धान फल्ने ठूलो फाँटलाई ज्यूला या सेरा भन्ने चलन छ । दक्षिण दिशाबाट बगेर उत्तर दिशामा रहेको सेती नदीमा मिसिन जाँदा रेग्मी गाडले रेगम ज्यूलालाई सिञ्चित गरेको छ । समुद्री सतहबाट ८५० मिटर उचाइमा अवस्थित रेग्म ज्यूला पारि सेती र कालङ्गा नदीको बीचमा देउरा रहेको छ । देउरा सेती–कालङ्गाको दोभान पनि हो । यहीँबाट सेती नदी बैतडी र डोटीमा प्रवेश गर्छ । थलारा राज्य स्थापनाअघि डोटीमा र पछि थलारामा रहेको रेगम ज्यूला २०१९ सालमा बझाङमा मिलाइएको थियो ।

समशीतोष्ण हावापानी र उर्वर फाँट भएका कारण रेगम र आसपासका क्षेत्रमा परापूर्वकालदेखि विभिन्न जातिहरूको बसोवास रहेको पाइन्छ । रेग्मीगाडको सिरानदेखि तल रेगम ज्यूलातिर अगाडि बढ्दा असाइज, कफलकाँडा, बेततोला, दङ्गाजी, बस्ती, पोखरा, चुथी, बान्नेगडा, ढाँडेगढा, बास्कोटा, भनाडा, लउडा, बगाडा, मोतीपुर, पीपलकोट, चौवाडी, मोराइललगायत गाउँबस्तीहरू छन् । यी गाउँबस्तीमा दाहाल, भट्ट, निरौला, खड्का, कुँवर, खाती क्षेत्री, जोशी, ओली, कोइराला, बानियाँ, थापा, लुहार, खादु, सार्की, दमाईलगायत जातिहरूको बसोवास छ । रेगम ज्यूला नजिकैको क्षेत्रमा पीपलकोट, मोतीपुरमा श्रीकोट र बेततोला नजिक रानीखेतमा रानीकोट रहेका छन् । बगाडाका स्थानीय तथा पूर्व सभासद शङ्करबहादुर खड्काका अनुसार रानीकोटमा पहिला रानाहरूको कोट रहेको र कोट दरबारबाट रानीले पानी खाने र नुहाउने कुवासम्म पुग्न कडा चट्टान भित्रै बनाइएको सुरुङ अहिले पनि भग्नावशेषका रूपमा देख्न सकिन्छ । कतिपयले उक्त कोटलाई बझाङी राजाहरूका पूर्वज रानाहरूले निर्माण गरेको विश्वास गर्छन् । तर, सो क्षेत्र विगतमा डोटी राज्यअन्तर्गत रहेको र पछि थलारा राज्यमा समाहित भएको देखिन्छ । डोटी राजा रिपु मल्ल द्वितीयले शाके संवत १२०१ मा धर्मराज जोशीलाई कुश विर्ताका रूपमा रेगम ज्यूलो दान गरेका थिए । कुश विर्ताबाट धर्मराज जोशी र उनका सन्तानहरूले कुशे औँशीका दिन डोटेली राजाको दरबारमा सात भारी कुश पठाउने गर्थे । रेगम थलारा राज्यमा समाहित भएपछि शाके संवत १५८३ मा थलारी राजा जितारी सिंहले ताम्रपत्र जारी गरी डोटेली राजालाई कुश पठाउने प्रचलन रोकेका थिए । धर्मराज जोशीले डोटी राजाबाट रेगम कुश विर्ता पाएपछि उनका सन्तानहरूले रेग्मी लेख्न सुरु गरेका थिए । तिनै धर्मराज जोशीका दरसन्तान बसाइँ सर्दै देशका विभिन्न भागमा पुगेपछि आफूलाई कौशिक गोत्रीय ब्राह्मण रेग्मी थरबाट चिनाउने गरेका छन् । यही कारण देशैभर रहेका रेग्मीहरूले रेगमलाई आफ्नो थातथलो मान्दै आएका छन् । रेगम नजिकका गाउँहरू र त्यहाँ बस्ने अन्य जातिलाई हेर्दा सोही क्षेत्रबाट कोइराला, ओलीजस्ता जातिहरू पनि पूर्वतिर सरेका हुन् कि भन्न सकिन्छ । मोतिपुर नजिकैको बास्कोटा भन्ने ठाउँबाट बास्कोटा, बान्नेगडाबाट बानियाँहरू पूर्वतिर सरेका हुन् कि भन्ने आधार प्रबल देखिन्छ । यस क्षेत्रका निरौलाहरू भने डोटीको निरौलीबाट बसाइँ सरेर आएका हुन् । बझाङ र बझाङदेखि पूर्वका जिल्लामा कोइराला, रेग्मी, ओली, बानियाँजस्ता जातिहरू हुनु तर बझाङ पश्चिमका जिल्लामा नहुनुले ती जाति रेगम क्षेत्रबाटै पूर्वतिर सरेका हुन कि भन्ने कुरामा थप बल पुगेको देखिन्छ ।

पौडीका पौड्याल
बझाङको केदारस्युँ गाउँपालिकामा पर्ने सेती नदी किनारासँगै रहेको ठूलो फाँटलाई पौडी भनिन्छ । स्थानीयवासी पौडीलाई पौडीको ज्यूलो भन्छन् । पौडीको पूर्वमा जुइलीगाड (खोला) बग्छ । दक्षिणमा सेती नदी र उत्तरमा सेगु भन्ने गाउँ छ । पश्चिममा बगाल नामको अर्को ठूलो ज्यूलो छ । उत्तरमा सेग भन्ने बोहराहरूको ठूलो गाउँ छ । हाल पौडी स्थानीय बोहराहरूको स्वामित्वमा छ । पौडीको पूर्वतिर ऐतिहासिक पौडीकोट छ । प्राचीन पीपलको रूखका साथै पुराना दरबारका भग्नावशेष पौडीकोटको गर्भमै छन् । पौडीकोटको पूर्व, दक्षिण र पश्चिममा भीर छ भने उत्तरतिरबाट मात्रै कोटमा पुग्ने बाटो छ । कोट जाने पूर्वतिर पनि खौलो काटिएको छ । हाल पौडीकोटमा केही दलित परिवार बस्दै आएका छन् । नेपालमा रहेका पौडेल ब्राह्मणहरूले कसैले आफ्ना पुर्खा भारतको उत्तराञ्चलको पौडीबाट त कसैले बझाङको पौडीबाट पूर्वी नेपालमा बसाइँ सरेका हुन् भनेर लेख्ने गरेका छन् । डा. मुक्तिप्रसाद पौडेलद्वारा लिखित ‘पौडेल वंशावली’ मा पौडी र नजिकैको झोतामा पौडेलहरूको राज्य र बसाइँ रहेको र त्यहीँबाट पौडेलहरू पूर्वतिर बसाइँ सरेको उल्लेख छ (पौडेल, २०७५) ।

आत्रेय गोत्री भट्टहरूको वंशावलीमा श्रीदेव भट्टको जन्म विसं १२१५ मा श्रीवत्सराज भट्टकी कान्छी महारानी कान्तिमतीको गर्भबाट बझाङ पौडीको झोता दरबारमा भएको कुरा उल्लेख छ । श्रीवत्सराजकी गङ्गादेवी, नीलाम्बरा र सुदक्षिणा नामका तीन पत्नीमध्ये नीलाम्बरातर्फका जेठा छोरा गुणदेव भट्ट पौडीबाट दैलेखको सातलामा आएर बसेका थिए । उनले दैलेखमा साततले घर निर्माण गरी बसेकोले सो क्षेत्रको नाम ‘सातला’ रहेको थियो । तिनैका सन्तान दुल्लुमा सरेका र दुल्लुपछि पूर्वतिर सर्दा उनीहरू ‘दुलाल’ भएका थिए भनिन्छ । गङ्गादेवीका तर्फबाट श्रीदेवका माहिला छोरा श्रीनन्द बझाङको पौडीबाट कालिकोटको चिलखाए बसाइ सरेका थिए । चिलखाए सरेपछि सबैले ‘पौडीवाला’ भन्ने गरेबाट श्रीनन्दका छोरा श्रीरामले पौडेल लेख्न सुरु गरेका थिए । बझाङको पौडीबाटै बसाइँ सरेका नीलाम्बरातर्फका श्रीदेवका साहिँला छोरा श्रीनाथ दैलेखको दुवाडामा बसेपछि दुवाडी अर्थात् दवाडी भएका थिए । सुदक्षिणाकै कान्छा छोरा कृष्णदत्त बाबुआमासँगै पौडीमै बसेका थिए । कालिकोट चिलखाए बसाइँ सरेका श्रीनन्दका छोराहरू श्रीराम र श्रीहरिमध्ये श्रीहरि कालीकोटको दाहा गाउँमा बसेपछि उनका सन्तान दाहाल कहलिन गएका थिए ।

पूर्वसचिव विष्णुप्रसाद खत्रीले समेत ‘बझाङ संक्षेप’ नामक पुस्तकमा बझाङको पौडीलाई नै पौडेलहरूको थातथलो भनेर लेखेका छन् (खत्री, २०७४ः २०–६३) । खत्रीका अनुसार बझाङमा चारथरिका ब्राह्मण सम्बन्धमा प्रचलित उक्ति यस प्रकार छः

पूर्वका जुवाडी पश्चिमका सुवेदी
बाह्रडाँडा रेग्मी काला पौडेल
यी चार थरीका सहायक रताला
बेताला, तम्ताला र अधुकाला ।

खत्रीका अनुसार पौडीमाथि रहेको कनाडा गाउँका भट्टहरूलाई पौडेलका पुर्खाहरूका अवशेष मानेका छन् । त्यसैगरी डा. मुक्तिनारायण पौडेलले पौडीसँगै जोडिएको सेगु गाउँलाई सिग्देलहरूको पुख्र्यौली थलो भनेका छन् । तर, यस विषयमा थप खोज हुन सकेको छैन । सेगुको सन्दर्भमा प्राचीन ताम्रपत्रहरूमा सेगुको नाम उल्लेख छ । बझाङ भातेखोला गाउँका मदनराज जोशीको घरमा रहेको खस सम्राट अभय मल्लको शाके संवत् १२९९ फागुनको वदि ११ को ताम्रपत्रमा श्वेत सरिता (सेती नदी) किनारा नजिकको सेगु गाउँलाई ‘गलितदुकूल शंकाविमोद्वहन्त्या श्वेतसरिता समलंकृत परिसर प्रदेशा श्री सेगुड’ भनेर उल्लेख गरिएको छ । ॐ स्वस्ति । सम्पूर्ण पृथ्वीको भारहरण गर्न सक्ने धैर्यवान्, कीर्तिवान्, हिमाली हाँसझै सेतो मोहडा भएका, सेती नदीको किनारामा पर्ने सेगु प्रदेशमा विराजमान हुने, अतुल शक्तिशाली, पृथ्वीको भार बोक्न सक्ने, कृष्णजीजस्तै गोवद्र्धन पर्वत धारण गर्नसक्ने, विभिन्न सामन्तका मण्डलले केन्द्रित गरिएका कमल केसरजस्ता अभय मल्लका सम्पूर्ण परिवारको चिरायू होस् इत्यादि भनिएको छ । पूर्णप्रकाश नेपाल यात्रीले ‘सेतीका तारा’ नामक पुस्तकमा उतार गरेको अभय मल्लको ताम्रपत्रमा सेगुलाई ‘सेगुपुरी’ भनेर लेखेका छन् (यात्री, २०३४ः २४६) । इतिहासकार राजाराम सुवेदीले भने ‘बझाङका बाह्र अभिलेख’ शीर्षकको लेखमा अभय मल्लको शाके संवत १२९९ को ताम्रपत्रबारे उल्लेख गरे पनि ‘सेगु’ कहाँ पर्छ भन्ने कुनै सूत्रबाट पनि थाहा हुन नसकेको बताएका छन् । (सुवेदी, १९७९ः ७६) । ऐतिहासिक महìव बोकेको पौडीकोट र सँगै जोडिएका सेगु र बगाललगायतको ठाउँहरूको थप सोधखोज गर्ने हो भने थुप्रै तथ्य अगाडि आउने प्रबल सम्भावना देखिन्छ ।

बगाले थापाको बगाल
बझाङको केदारस्युँ गाउँ पालिकामा पर्ने बगाल पौडीज्यूलासँगै जोडिएको अर्को सुन्दर फाँट हो । स्थानीयहरू यसलाई बगालको ज्यूलो भन्छन् । बगाल पौडीभन्दा थोरै माथि उचाइमा पश्चिम दिशामा अवस्थित छ । बगालको दक्षिणमा सेती नदी, पश्चिममा झल्लाको अर्को फाँट छ । उत्तरमा सेगु, सिम, डुडिल र कनाडा गाउँहरू छन् । सिम, डुडिल र सेगुमा बोहराहरूको बसोबास छ भने कनाडामा भट्ट ब्राह्मणहरू बस्छन् । ऐतिहासिक पौडीकोट र पौडीज्यूलासँगै जोडिएको बगालको आफ्नै छुट्टै पहिचान छ । पौडीबाट पौडेल, सेगुबाट सिग्देलहरू पूर्वतिर बसाइँ सरेसँगै बगालबाट बगाले थापाहरू पनि पूर्वतिर बसाइँ सरेका हुन कि भन्ने अनुमान गर्न सकिन्छ । तर यस विषयमा थप प्रमाण भने फेला पर्न सकेको छैन ।

आत्रेयी गोत्री बगाले थापाहरूले पौडेल, कालिकोटे खड्का, पानी पोखरेल र अर्याललाई आफ्ना वान्धव मान्ने गरेका छन् । यस हिसाबले पौडीमा बसोवास रहेका पौडेलसँग बगालबाट बगाले थापाहरू पनि सँगै बसाइँ सरेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, बगाले थापाहरूको वंशावलीमा भने शाके संवत् ११११ मा डोटीको काँडामालिकामा आत्रेय गोत्री कालु थापाले राज्यारोहण गरेको र पछि उनै कालु थापाका सन्तानहरू वर्तमानको आत्रेयगोत्री बगाले थापा रहेको कुरा उल्लेख छ ।

बखेतीको बखेत

बझाङको केदार–स्यू गाउँपालिकामा पर्ने बखेत कालङ्गा नदी माथिको सानो सुन्दर फाँट हो । बखेतमा हाल तिवारी, भट्ट, थापाहरूको बसोवास छ । कुनै कालखण्डमा बखेतमा राजाको कोट थियो । कोट निर्माणका लागि डाँडामाथि फैलिएको बखेत फाँटलाई बीचमै काटेर छुटाइएको छ ।

यसरी काटिएको भागलाई स्थानीय भाषामा खौलो भन्ने गरिन्छ । काटिएको खौलाको चौडाइ ३० फिट र गहिराइ १५ फिटभन्दा बढी छ । छुट्याइएको पूर्वी भागमा दरबारको भग्नावशेष छ । योगी नरहरिनाथले आफ्नो पुस्तक ‘हाम्रो देश–दर्शन’ मा बखेतीहरूका पुर्खा बझाङको यही बखेतबाट पूर्वतिर सरेको कुरा उल्लेख गरेका छन् (योगी, २०३२ ः ७०) । तर, बखेतकोटको सम्बन्धमा हालसम्म कहीँ कतैबाट थप सोधखोज भएको पाइँदैन ।

कोइरालाकोट

बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा कोइरालाहरू लमजुङबाट सिन्धुलीको दुम्जामा बसाइँ सरेको भनेर लेखेका छन् । तर, नेपालभित्र र बाहिर रहेका कोइरालाहरूको थातथलो पनि बझाङ रहेको देखिन आउँछ । बझाङमा कोइराला ब्राह्मणहरूको बसोवास रेगम, बुङ्गल र चैनपुर क्षेत्रमा छ । अझ बुङ्गलमा कोइराला गाउँ नै छ । तर, बझाङ पश्चिमका जिल्लामा कोइरालाको बस्ती छैन । बझाङको थलारा गाउँपालिका अन्तर्गतको कोइरालाकोटबाट कोइरालाहरू पूर्वतिर बसाइँ सरेका हुन् भन्ने गरिन्छ । कोइरालाकोटमा कोइरालाहरूको दरबार थियो भन्ने स्थानीय किंवदन्ती पनि छ । तर कोइरालाकोटमा कोइरालाहरू भने छैनन् । बझाङका अरू गाउँमा कोइरालाहरू छन् ।

सुवेदीहरूको सुवेडा
बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने सुवेडा सेती नदीको किनारामा अवस्थित उर्वर फाँटको नाम हो । सुवेदी ब्राह्मणहरूका पुर्खाले सुवेडा स्थानीय राजाबाट विर्ताका रूपमा पाएका थिए । पछि सुवेदीका सन्तान दरसन्तान यहीँबाट मुलुकका अन्य भागमा बसाइँ सरेका थिए । सुवेदीहरूले आफ्नो थातथलो सुवेडाबाट आफ्नो थर कायम गराएका हुन् ।

सोतगाउँका सोती
बझाङको दुर्गा–थली गाउँपालिकामा पर्ने जुजीगाउँमा सोतीहरूको बस्ती छ । सोतीहरूको बसोवास रहेको ठाउँलाई सोतगाउँ भनिन्छ । नेपालभित्र बाहिर रहेका सोती ब्राह्मणहरू यही सोतगाउँबाट पूर्वतिर बसाइँ सरेको देखिन्छ । बझाङदेखि पश्चिमका जिल्लामा भने सोतीहरूको बसोवास छैन ।
लुयटाका लुइँटेल
बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने गोलाइ क्षेत्रलाई लुयटा भनिन्छ । नगरपालिका हुनुअघि लुयटा गाउँ विकास समिति थियो । यही लुयटामा विर्ता पाएका ब्राह्मणहरूले आफ्नो थर लुइँटेल राखेका हुन् भनेर लेखक श्याम खड्काले आफ्नो पुस्तक ‘बझाङ किंवदन्ती र इतिहास’मा उल्लेख गरेका छन् (खड्का, २०६७: १५९) ।
बास्तोलीका बास्तोला
बझाङको भातेखोला क्षेत्रमा बास्तोली गाउँ छ । बास्तोली गाउँमा यतिबेला आफूलाई गर्ग गोत्रीय ब्राह्मण सन्तान बताउने थापाहरूको बसोबास छ । थापाहरू आफूहरूलाई बास्तोला ब्राह्मणका सन्तानका रूपमा चिनाउने गर्छन् ।

यस्तै पिठातोलाका पिठातोली, रिठामेलाका रिठामेली, दौलाका दौल्याल, लोकण्डका लोकण्डी धेरै सोधखोज गर्नुपर्ने रहेका छन् ।

अन्तमा

बझाङमा उल्लिखित जातिहरूका अतिरिक्त थुप्रै कोट, मठमन्दिर, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका थुप्रै स्थान छन् । तर, सोधखोज र अध्ययन अनुसन्धान हुन नसक्दा ती स्थानहरूको इतिहास अहिले पनि इतिहासकै गर्भमा लुप्त छ । तसर्थ उल्लिखित स्थानहरूका साथै अन्य पुरातात्त्विक एवं ऐतिहासिक क्षेत्रको सोधखोजका लागि सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।
Sources : Ratan Bhandari

23/10/2025
सेवा सुचारु हुने सूचना
05/10/2025

सेवा सुचारु हुने सूचना

03/10/2025

# khaptad national park . One most tourism destination. .

24/09/2025

Best tourism destination Bajhang Nepal .

Saipal is a mountain in the Himalayas of north-west Bajhang district in Nepal. Api, Nampa and Saipal are a trio of high ...
23/09/2025

Saipal is a mountain in the Himalayas of north-west Bajhang district in Nepal. Api, Nampa and Saipal are a trio of high mountains located in northwestern Nepal. Together they form a small range of sharp, icy peaks, rising from a long, steep, snowy crest.
Tourism destination # saipal mountain

Your heaven ,tourism destination surma sarowar, Bajhang 😍👌source : Himalaya Bhatt pheruwa.
25/11/2024

Your heaven ,tourism destination surma sarowar, Bajhang 😍👌source : Himalaya Bhatt pheruwa.

Address

Bajhang

Telephone

+9779867367399

Website

Alerts

Be the first to know and let us send you an email when Visit in Bajhang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category