01/08/2026
पाकिस्तान उड्नुअघि मन्त्रालयमै पुगेर निम्सदाइले मन्त्री सुनिल लम्साललाई यस्तो योजना प्रस्ताव गर्नुभएको रहेछ।
१. नेपालमा साहसिक खेलकुद तथा पर्वतीय पर्यटनको अपार सम्भावना रहेकाले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउन लगानीमैत्री नीति र अनुकूल वातावरण बनाउनुपर्ने आग्रह गर्नुभएको थियो।
२. अफ-सिजनमा सगरमाथा क्षेत्रमा हेलिकोप्टरबाट समेत पुग्न कठिन हुने अवस्था रहेकाले पर्यटकहरू वर्षभरि नै सुरक्षित रूपमा ओहोरदोहोर गर्न सक्ने भरपर्दो पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।
३. काठमाडौँलाई सिधै सगरमाथा क्षेत्रसँग जोड्ने एक सुरक्षित र गुणस्तरीय सडक निर्माण गरी पर्यटकीय पहुँचलाई सहज बनाउनुपर्ने स्पष्ट दृष्टिकोण राख्नुभएको थियो।
४. नेपालको पर्वतीय पर्यटनलाई विश्वबजारमा थप प्रवर्द्धन गर्दै देशलाई समृद्ध र अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने जोड दिनुभएको थियो।