10/06/2026
एस.ई.ई. २०८२ मा उत्कृष्ट उपलब्धिसहित शतप्रतिशत नतिजा हासिल गर्दै नेसनल प्याब्सन भक्तपुर अन्तर्गत १००% नतिजा ल्याउने एक मात्र विद्यालय बन्न सफल भएकोमा इडेन गार्डेन इङ्ग्लिस स्कुल गौरवान्वित भएको छ।
यस ऐतिहासिक सफलताको उच्च मूल्याङ्कन गर्दै नेसनल प्याब्सन भक्तपुरले विद्यालयलाई कदर पत्रसहित सम्मान गरेको छ। यो सम्मान सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको सामूहिक मेहनत, समर्पण र विश्वासको प्रतिफल हो।
‘सफलता संयोगले होइन, निरन्तर प्रयास, दृढ सङ्कल्प र अनुशासित अभ्यासले प्राप्त हुन्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै आएको इडेन गार्डेनले एस.ई.ई. सहभागिताको प्रारम्भिक वर्षदेखि नै शतप्रतिशत उत्कृष्ट नतिजाको परम्परा कायम राख्दै आएको छ। विशेषतः एस.ई.ई. २०८१ मा ४.०० जीपीएसहित शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले एस.ई.ई. २०८२ मा पनि शतप्रतिशत उत्कृष्ट नतिजा प्राप्त गरी आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः प्रमाणित गरेको छ।
यस उपलब्धिप्रति विद्यालय परिवार सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।
हामी उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै गुणस्तरीय शिक्षामार्फत सक्षम, जिम्मेवार र सफल नागरिक निर्माणमा सदैव प्रतिबद्ध रहनेछौं।