03/09/2021
सु•न•पा• बडा न 01 कुन्छा लेखपानि मा बिगत १ बर्ष बाट बारम्बार गइरहेकाे पहिराे पु:न यहि असारमा गइ बिभिन्न ठाउँबाट कुन्छा-जिता चल्ने यात्रुबाहक बसहरु पुर्णरुपमा ठप्प हुदा कुन्छा बासिहरुकाे समस्याप्रति सु न पा माैन बसिरहेकाे छ । हिजाे बाट अस्थायि रुपमा यस रुटमा चल्ने बसका चालक, सह चालक र उक्त क्षेत्र का बासिन्दाहरुकाे पहलमा बस सन्चालन मा आएपनि जाेखिम न्युनिकरण हुन नसक्नु , बैकल्पिक मार्ग दिन नसक्नु र भाेलि कुनैपनि बेला हुन सक्ने दुर्घटनाले यस बडाका अधक्ष ,जनप्रतिनिधि र यसै क्षेत्रका बासिन्दा मेयर, उपमेयरकाे कार्य असक्षमता प्रष्ट देखिने छ र पहिराे पन्छाउने कार्य ढिलाइकाे कारण हुन सक्ने दुर्घटनाकाे नैतिक जिम्मेवारि स्वयम उहाहरुले लिनुपर्नेछ। त्यसैले उक्त क्षेत्रकाे समस्या समाधानकाे निम्ति सराेकारवालाकाे बेलैमा ध्यान जाओस ।