प्राकृतिक शौन्दर्यताले भरिपुर्ण थाहा नगर ,मकवानपुर नेपाल

  • Home
  • Nepal
  • Daman
  • प्राकृतिक शौन्दर्यताले भरिपुर्ण थाहा नगर ,मकवानपुर नेपाल

प्राकृतिक शौन्दर्यताले भरिपुर्ण थाहा नगर ,मकवानपुर नेपाल थाहा नगर लगायत अासपासका सुन्दर स्थान?

थाहा नगरकै आकर्षणको रुपमा रहेको कुन्छाल गाउँलाई केन्द्र बनाएर पदमार्गको नयाँ रुट तय भएको छ ।याे पदमार्ग पर्यटकहरुका लागि...
11/02/2024

थाहा नगरकै आकर्षणको रुपमा रहेको कुन्छाल गाउँलाई केन्द्र बनाएर पदमार्गको नयाँ रुट तय भएको छ ।
याे पदमार्ग पर्यटकहरुका लागि फरक अनुभूति बटुल्ने यात्रा बन्न सक्छ । ऐतिहासिक गाउँकाे अवलाेकन, धार्मिक सम्पदाकाे दर्शन, कृषक हरुसँगकाे सामिप्यता, पाैराणिक तथा मैलिक बस्तीको अवलाेकन, प्राचीन गाउँकाे भ्रमण तथा प्रकृतिलाई नजिकबाट आभाष गर्नकाे लागि याे पदमार्ग निकै उपयुक्त छ ।
एकपटक भ्रमण गर्ने हैन त?

05/02/2024

Effect of Global Warming, माघमै गुराँस: मकवानपुरको दामन क्षेत्रमा फुल्न थालेको लालीगुराँस । तापक्रम वृद्धिका कारण चैत–वैशाखमा फुल्ने गुराँस माघमै फुल्न थालेका छन् ।

Pic. Ganesh Bista

05/02/2024

मकवानपुर । मकवानपुरको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् । मकवानपुरको पहाडी क्षेत्रमा पर्ने पर्यटकीय नग.....

13/10/2023

BIZZ CHITRA PHOTOGRAPHY CONTEST (PUBLIC CHOICE AWARD)

Story: रैथाने सीप, बुढ्याैली जीवनको जीविकोपार्जनकाे श्राेत । आँगनको डिलमै दुईजना वृद्धवृद्धा बसिरहेको दृश्य । लाग्छ, कसैको बाटो हेर्दै पीडी कुरिरहेका छन् । तर त्यसो होइन, उनीहरु त आफ्नो सीपमा प्रस्तुत भैरहेका थिए । मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ इन्द्रायणी वस्ती (देउला गाउँ) का यि दम्पती निकै मिहिनत गर्छन् । पुरानो पेशा जोगाउन मात्र तल्लिन छैनन् उनीहरु कमाई पनि गरिरहेका छन् ।

Deadline for likes and comments: 19th Kartik, 2080.

Note* The Picture with the highest number of likes on Facebook will win The Public Choice Award.

27/07/2023

हार्दिक निमन्त्रणा ।
यही साउन १३ गते पालुङ - आग्रा पदयात्रामा सहभागी हुन चाहनुहुन्छ भने तपसिलकाे समय र स्थानमा उपस्थितकाे निम्ति अनुरोध गर्दछु ।
Palung To Aagra Hike || Palung || AagraNepal

10/07/2023

Beautiful Natural Destination near Kathmandu, पालुङ्ग - आग्रा पदमार्ग: मकवानपुर जिल्लाकाे थाहा नगरकाे पालुङ देखि आग्रा सम्मको ट्रेकिङ रुटमा पर्यटकहरुकाे उपस्थिती बढ्दै गहिररहेको छ । यस पदमार्गमा करिब १५ कि.मि. काे यात्राको बिचमा धार्मिक स्थलहरुकाे दर्शन, गाउँको आभाष, ऐतिहासिक सम्पदा, जैबिक बिबिधताकाे अवलोकन गर्न पाइन्छ । ❤️

Pic. Ganesh Bista

आग्राको उनिउँ चौर ! घुम्न जाने हैन त ?आग्रा! यस ठाउँको नाम लिने वित्तिकै मानिसहरु भारतको आग्रा सम्झन्छन् । तर नेपालकाे आ...
24/06/2023

आग्राको उनिउँ चौर ! घुम्न जाने हैन त ?

आग्रा! यस ठाउँको नाम लिने वित्तिकै मानिसहरु भारतको आग्रा सम्झन्छन् । तर नेपालकाे आग्रा मकवानपुरकै थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्छ । आग्राको ७ नम्बर वडामा पर्यटकलाई लोभ्याउने उनिउँ चौर छ । फुटबल मैदानभन्दा ठुलो चौरको बिचमा बसेर निलो आकाश र लुकामारी गर्दै गरेका बादलका फुर्काहरु हेर्दै आनन्द लिनुको मजा नै बेग्लै हुन्छ, उनिउँ चौरमा । टाढाबाट झट्ट हेर्दा हरियो तन्ना सुकाए झैं देखिने यो चौरमा पर्यटकहरु पुगेपछि निकै मोहित हुन्छन् ।

04/06/2023

Address

Daman
Daman

Telephone

+9779845679315

Website

Alerts

Be the first to know and let us send you an email when प्राकृतिक शौन्दर्यताले भरिपुर्ण थाहा नगर ,मकवानपुर नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share