19/04/2014
अविरल बग्छ्यौ नदि रोकिएर त हेर
किनारमा छु म ठोकिएर त हेर
वाफै होला धेरै भए तरलता नै राम्रो
अंजुलीमा उघाउदा पोखिएर त हेर
मलाई त गडगडाहट नै मन पर्छ
शान्त किन हो झोकिएर त हेर
नशा मेरे बेग्लै तिमी तृप्त त्यसै
अमृत दिन्छु तिमी पनि पिएर त हेर
बोझ छ जीवनलाई एक्लै बोक्न खोज्यौ
अलिकति मलाई पनि दिएर त हेर........!!!