Super Karnali Transport Pvt. Ltd. Tikapur

Super Karnali Transport Pvt. Ltd. Tikapur सुपर कर्णालि यातायात प्रा•लि टिकापुर ले टिकापुर

28/11/2022
28/11/2022

प्रेस विज्ञप्ति: म आभारी छु !

एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।

‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिन! यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।

धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ। अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म “कर्म गर फलको ‘भर’ नपर” भन्ने मान्यता राख्दछु। कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु। तसर्थ, म ‍जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।

म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु। राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ। म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं एक का मतदाताका लागि मैले केही गर्न सकेको छैन।

मेरो पृष्ठभूमि पत्रकारिता ‍र परोपकारसँग जोडिएको छ। मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन। तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ।

मेरै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट शुरू गरिएको थियो र विश्वभरीका नेपाली-नेपाली मिलेर त्यसले आज सयौँ परोपकारी काम गरिसकेको छ। त्यसैगरि ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र (वडा नं १०, ११, २९ र ३१) भित्र धेरै राम्रा कामहरू गर्न सक्नेछ भन्नेमा म विश्वस्त छु। विश्वका विभिन्न मुलुकमा बस्नुहुने काठमाडौँ क्षेत्र नं १ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ। सो कोषलाई कसरी ‍औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु।

निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।

रवीन्द्र मिश्र
मिति: ०६ मंसिर २०७९

28/11/2022

राप्रपाको प्रत्यक्ष चुनावमा सहभागी भएर नेतृत्व गर्दै ३० वर्ष देखि जरा गाडेर बसेका धर्म नमान्ने दल र दलका नेता हराउन सक्नु भएकोमा हार्दिक बधाई एवं एकमात्र स्वदेशी दल राप्रपाको भविष्य सार्थक बनाउने अभिभारा मनन गर्ने कामना सहित सफल कार्यकालको लागि नेताज्यूहरुमा संगतमय शुभकामना।जयसंगत
#धर्मसापेक्षराष्ट्रकोलागिमिलेरधार्मिकशक्तिकेन्द्रनिर्माणगरौं
#समन्वयकारीसंस्कारसहितकोसमाजकोलागिसंगतसंस्कृति
#धर्मराजनीतिकोलागिनेपालसनातनधर्मसंस्कृतिसंगठन
#सनातनजीवनशैलीकोलागिसनातनबस्तिनिर्माणगरौं
#धर्मराजनीतिमार्फतराष्ट्रधर्मकोपालनागरौं
#हाम्रोसंस्कृतिसाझासंस्कृतिसंगतसंस्कृति
#सनातनतान्त्रिकसंगतवादीसंगतसंस्कृति
#अबकोनेपालऋणमुक्तनेपालहुनुपर्छ
#राष्ट्रकोलागिराप्रपाराजेन्द्रलिङ्गदेन
#नेपालसनातनधर्मसंस्कृतिसंगठन
#विश्वॐकारएकतामहाभियान
#विश्वकासनातनहिन्दुएकहौं
#विश्वकानेपालीएकहौं
#गर्वलेभन्छुमनेपालीहुँ
#स्वधर्मकोपालनागरौं
#संगतसंस्कृतिकोसोच
#हाम्रोसंगतकोजयहोस्
#जयसंगत

20/10/2022

म मान्छे हुँ, गल्ती गरूँला
तर बेइमानी गर्दिन
यो देशलाई घात हुने काम गर्दिन!

हाम्रो चुनावी अभियानमा साथ दिन हाम्रो सचिवालय 9851021289 वा 9803492262 मा सौरेन्द्र शाहलाई सम्पर्क गर्नुहोला। काठमाडौं क्षेत्र नम्बर एकका वडाहरू: १०, ११, २९, ३१.

17/09/2022

रविन्द्र मिश्र लिखित पुस्तक 'विचार भन्दा माथि देश' को नेपाल प्रज्ञा प्रतिष्ठान, डबलीमा विमोचन हुँदै छ। विमोचन कार्यक्रममा यहाँहरु सबैलाई स्वागत छ।
कार्यक्रम दिउँसो २:३० बजे शुरु हुनेछ।
मिति :असोज ३, २०७९ सोमबार


Rabindra Mishra

31/12/2021

Address

Tikapur Kailali
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Super Karnali Transport Pvt. Ltd. Tikapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category