
15/07/2024
#सन्दर्भ_श्रावण_१_२०८१
#काठ्माण्डौमहानगरपालिका
काठमाण्डौं महानगरपालिकाको सूचनाको विषयमा
संयुक्त प्रेस विज्ञप्ती ।
३१ असार २०८१ साेमबार
काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टर साउन १ गतेदेखि हटाइने भन्दै काठमाण्डौं महानगरपालिकाले असार २७ गतेको गोरखापत्र दैनिकमा समाचार सम्प्रेषण र चोकहरुमा माइकिङ्ग गरिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ ।
महानगरले कार्यदल गठन गरेर टिकट काउन्टरको मापदण्ड तयार गरिसकेकोछ र कार्यदलको सदस्यका रुपमा हामी तीनवटै ट्रेड युनियनहरुको महत्वपूर्ण योगदान रहेकोछ । हामी चाहान्छौं लामो मेहनत गरेर तयार पारिएको त्यो मापदण्डलाई व्यवहारिक परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्दछ । र इमान्दार कार्यान्वयनमा हाम्रो प्रतिवद्धतापनि छ ।
टिकट काउन्टर कोठाको आकारमा मात्रै किनारा लाग्न बाँकी मापदण्डलाई बैठक मार्फत टुङ्गो लगाएर कार्यान्वयनमा जानुपर्नेमा सरोकारवालासंग समन्वयननै नगरी अकस्मात, एकांकी र हचुवाका भरमा टिकट काउन्टर हटाइने मिडियाबाजी र माइकिङ्ग गरिनुले यातायात मजदुर, स्वरोजगार, व्यवसायी र आम सर्वसाधारण सबैलाई आतङ्कित बनाएकोछ । महानगरको यस कार्यको भत्सर्ना गर्दछौँ ।
निरङ्कुश शैली र शक्तिको प्रयोग गरेर ठिक लगाउँछु भन्ने महानगरको दम्भले सडकमा द्धन्द्ध निम्त्याउने निश्चित छ । तसर्थ साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै तत्काल कार्यदलको बैठक मार्फत समस्याको हल खोज्न महानगरलाई अपिल गर्दछौँ ।
यदी हाम्रो आग्रहलाई वेवास्ता गर्दै जवरजस्ती गर्न खोजिए सडकमा आन्दोलन हुनेछ र त्यो आन्दोलन तीनवटै ट्रेड युनियनहरुको अगुवाईमा हुने जानकारी गराउँदछौँ । संवाद र संयमताले समस्याहरुको समाधान गर्छ, दम्भ र उदण्डताले हानि गर्छ । हामी समस्या समाधानको पक्षमाछौँ, हानिको पक्षमा होइन ।