झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम

  • Home
  • Nepal
  • Ilam
  • झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम

झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम Let's Promote Our Tourism Area Together. Loves Form Waggy____ 🤍

झ्याउ पोखरी !

ठेगाना ः जीतपुर वडा नं. २ र ४, इलाम

ब्ममचभकक स् व्ष्तउगच(द्द ७ द्ध, क्ष्बिm

स्वामित्व ः सार्वजनिक

इधलभचकजष्उ स् एगदष्अि ीबलम

उचाई ः १४१८ मीटर

ब्तिष्तगमभ स् ज्ञद्धज्ञड mभतभच mक

िअक्षांश ः २६ डि. ५३ मि. ०९ से. देखि २६ डि. ५३ मि. १३ से.(उत्तर)

ीबतष्तगमभ स् द्दटण् छघु ण्ढुु तय द्दटण् छघु ण्ढुु ९ल्यचतज०

देसान्तर ः ८७ डि.४९ मि. ३९ से.देखि ८७ डि. ४९ मि. ४६ से.(पुर्व)

ीयलनष्तगमभ स्

डठण् द्धढु घढुु तय डठण् द्धढु द्धटुु ९भ्बकत०

पोखरीको क्षेत्रफल ः १ हेक्टर (वीचको टापु सहित १.१५ हेक्टर)

ब्चभब स् ज्ञ।ण् जभअतबचभ ९ज्ञ।ज्ञछ जब ष्लअगिमष्लन क्ष्कबिलम०

संरक्षण संवेदनशील क्षेत्र ः २ हेक्टर

क्भलकष्तष्खभ ब्चभब स् द्द जभअतबचभक
.......................................................................................................

इलाम जिल्ला सदरमुकामबाट पश्चिममा रहेको जीतपुर गाविसको वडा नं. २ र ४ को वीचमा अवस्थित झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ ।

पहिले यस ठाउमा ठुलो पोखरी रहेको थियो । तर अहिले पोखरी सुकेको छ । वर्षातको समयमा मात्र पोखरीमा केहि पानी जम्ने गर्दछ । पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन, र चियावगान यस क्षेत्रलाई रमणीय बनाएकोछ । पोखरी कसरी उत्पति भएको हो, त्यसका बारेमा त कुनै ठोस प्रमाणहरु भेटिदैनन् तर पहिलेको ठुलो पोखरीमा फोहोरमैला हुदै गएपछि त्यहाँका देवता बाजाबजाउदै गएपछि पोखरी सुक्न थालेको स्थानीय बुढापाकाहरुको भनाई रहेकोछ । पोखरी विशाल रहेको बेला त्यहाँ बोका, कुखुरा भाकेर पुजाआजा गरिन्थ्यो । धुले पुजा भब्यरुपमा गरिन्थ्यो । पोखरीको नजीकै दत्तात्रय मन्दिर रहेकोछ । कतिपयले पोखरी ठुलो भएको बेला हाँसहरु प्रशस्तै हुन्थे र ती हाँस मारेपछि पोखरी सुक्दै गएको विश्वास गर्दछन् ।

पोखरीको पूर्वतर्फ वनजंगल र उत्तरपश्चिममा बाक्लो बस्ती र दक्षिणतर्फ सुन्दर चियाबारी रहेकोछ । पोखरीमा पहिले पहिले लामिछानेहरुले पुजाआजा गर्ने गर्दथे तर अहिले सामुहिक रुपमा हुने गर्दछ । झ्याउपोखरीको दर्शन गरेमा पुजाआजा गरेमा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । पोखरीको वीचमा रहेको थुम्कीमा एउटा कृष्ण मन्दिर निर्माणाधिन रहेकोछ । स्थानीयबासीका अनुसार त्यसपोखरीमा नाग देखापरेको थियो र नागको समेत पुजाआजा हुने गर्दछ । कृष्णअष्टमीका दिन यस स्थानमा विशेष पुजाआजा हुने गर्दछ ।

वि.स.२०५७÷०५८ सालमा झ्याउपोखरीको संरक्षण गर्नु पर्दछ भनेर संकल्प युवा समाज गठन भई क्रियाशिल रहदै आएकोछ । पोखरी र स्थानीय वातावरणलाई जोगाउन वृक्षारोपणको समेत थालनी भएकोछ । संस्थाकै पहलमा चरीचरन निषेध गरिएकोछ । तर संरक्षणका लागि गर्नु पर्ने धेरै कामहरु रहेकाछन् । पोखरीको पुनस्थापना गरी पानी सञ्चय गर्नु नै प्रमुख आवश्यकता रहेकोछ । तत्कालका लागि यस पोखरीको सरसफाई, घेराबारा गरी अन्यत्रबाट पानी ल्याई भर्नु, मन्दिरनिर्माण, वृक्षारोपण, धार्मिक तथा पर्यटकीय प्रचार प्रसार र प्रवर्धन गर्नु पर्ने हुन्छ । जसका लागि स्थानीय समुदाय, संघसंस्था, गाँउविकास समिति, जिल्ला विकास समिति लगायतका निकायहरुले विशेष पहल र अग्रसरता लिन जरुरी रहेकोछ ।झ्याउ पोखरीको इतिहास र महत्व ः

इलाम जिल्ला सदरमुकामबाट पश्चिममा रहेको जीतपुर गाविसको वडा नं. २ र ४ को वीचमा अवस्थित अक्षांश २६ डि. ५३ मि. ०९ से. देखि २६ डि. ५३ मि. १३ से.(उत्तर), देसान्तर ८७ डि.४९ मि. ३९ से.देखि ८७ डि. ४९ मि. ४६ से.(पुर्व), पोखरीको क्षेत्रफल १ हेक्टर (वीचको टापु सहित १.१५ हेक्टर) र उचाई १४१८ मीटर झ्याउपोखरी यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्व रहेको पोखरी हो । बेलुकी साझमा झ्याउकिरीको आवाजले पोखरी आसपासको क्षेत्र गुञ्जयमान हुने भएकोले यसको नाम पनि झ्याउपोखरी रहन गएको विश्वास स्थानीय समुदायको रहेकोछ । पहिले यस ठाउमा ठुलो पोखरी रहेको थियो । तर अहिले पोखरी सुकेको छ । वर्षातको समयमा मात्र पोखरीमा केहि पानी जम्ने गर्दछ । पाँचवटा कुनामा फैलिएको रमणीय पोखरीको वीचमा अग्लो थुम्की र वरिपरिको हरियाली वन, र चियावगान यस क्षेत्रलाई रमणीय बनाएकोछ । पोखरी कसरी उत्पति भएको हो, त्यसका बारेमा त कुनै ठोस प्रमाणहरु भेटिदैनन् तर पहिलेको ठुलो पोखरीमा फोहोरमैला हुदै गएपछि त्यहाँका देवता बाजाबजाउदै गएपछि पोखरी सुक्न थालेको स्थानीय बुढापाकाहरुको भनाई रहेकोछ । पोखरी विशाल रहेको बेला त्यहाँ बोका, कुखुरा भाकेर पुजाआजा गरिन्थ्यो । धुले पुजा भब्यरुपमा गरिन्थ्यो । पोखरीको नजीकै दत्तात्रय मन्दिर रहेकोछ । कतिपयले पोखरी ठुलो भएको बेला हाँसहरु प्रशस्तै हुन्थे र ती हाँस मारेपछि पोखरी सुक्दै गएको विश्वास गर्दछन् ।

इलाम जिल्ला निर्वाचन क्षेत्र न.ं २ को एक निर्वाचन क्षेत्र एक पोखरी तथा जिविस इलाका नं. १० को इलाका एक पोखरीका साथै एक गाविस एक पानी पोखरीको अवधारण अनुसार कार्यक्रम अगाडी बढाउन आवश्यक रहेकोले पोखरीको पूर्वतर्फ वनजंगल र उत्तरपश्चिममा बाक्लो बस्ती र दक्षिणतर्फ सुन्दर चियाबारी रहेकोछ । पोखरीमा पहिले पहिले लामिछानेहरुले पुजाआजा गर्ने गर्दथे तर अहिले सामुहिक रुपमा हुने गर्दछ । झ्याउपोखरीको दर्शन गरेमा पुजाआजा गरेमा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । पोखरीको वीचमा रहेको थुम्कीमा एउटा कृष्ण मन्दिर निर्माणाधिन रहेकोछ । स्थानीयबासीका अनुसार त्यसपोखरीमा नाग देखापरेको थियो र नागको समेत पुजाआजा हुने गर्दछ । कृष्णअष्टमीका दिन यस स्थानमा विशेष पुजाआजा हुने गर्दछ ।

सबैमा, 🙏
13/02/2026

सबैमा, 🙏

१४९' औँ लखन थापा मगर स्मृति दिवसको पावन अवसरमा हाम्रो बौद्ध विहारमा आयोजित सम्मान तथा अन्तर्क्रिया कार्यक्रम २०८२।
इतिहासको स्मरण, पहिचानको सम्मान
र एकताको सुन्दर सन्देश बोकेको यो अवसरमा
आफ्नो अमूल्य उपस्थिति जनाइदिनुहुन हार्दिक अनुरोध।

10/11/2025

झ्याँउपोखरी पोखरीको आसपासमा सुन्दर म्युजिक भिडियो निर्माण गरी पोखरीको शोभा बढाइदिनुहुने
हाम्रो गाउँका कलाकार दाइ, भाई र बैनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। 🙏💚

तपाईंहरूको मिहिनेत, सिर्जना र प्रस्तुति साँच्चै प्रशंसनीय छ।
पोखरीको सुन्दरतामा कला मिसिँदा त्यो अझै जीवन्त र अर्थपूर्ण बनेको छ।

हाम्रो गाउँ, हाम्रो संस्कृति र हाम्रो एकताको यो प्रतिबिम्ब —
झ्याँउपोखरीको गर्व बनेर सधैं रहोस्। 🌾💫

#झ्याँउपोखरी

Video: https://youtu.be/IrpR9qJ2I1M?si=_RQw_xEJIsvT32Z8

23/09/2025

गाउँको कामको जानकारी 🙏

यही असोज ११ गते, शनिबार!
समय: विहान १० बजे बाट l

हामी सबै गाउँबासी मिलेर काम गर्ने भएका छौं।

चौबन्दी चौक हुँदै झ्याँउपोखरी, लुङ्गेली चौक हुँदै भेजराज लिम्बु/आईतराज लिम्बुको घरपारी, र गुन्जमान लुङ्गेलीको घरपारी (देवी थान) देखि जितबहादुर परियारको घरछेउमा रहेको होम पाइप सम्मको बाटो क्लियर गर्ने, नाली सफा गर्ने, र बाटो छेउछाउको घाँस फडानी गर्ने योजना गरिएको छौ ।

त्यसैले सबै दाजुभाइ, दिदीबहिनी, शुभचिन्तकलाई
उपस्थित भई साथ दिन अनुरोध गर्दछौं।

तपाईहरूको सहयोगले मात्र हाम्रो गाउँ सफा र राम्रो देखिनेछ।

सबैमा अग्रिम धन्यवाद 🙏

CC: देउमाई नगरपालिका ८ र ९

Dhanyawaad shareko Lagi ⚘️🤍
26/07/2025

Dhanyawaad shareko Lagi ⚘️🤍

इलाम जिल्ला देउमाइ नगरपालिका वडा न.८ र ९ को सिमानामा रहेको पर्यटकीय स्थल। #झ्याउ_पोखरी

26/07/2025

📍झ्याँउपोखरी – देउमाई, जितपुर

आजको दिन झनै विशेष बन्यो।
करिब १२० वटा रातो माछाका भुरा पोखरीमा उपलव्ध गराइदिनुहुने हाम्रा अग्रज श्री गायत्री प्रसाद बराल र श्री धनशोर लिम्बुज्यूलाई
झ्याँउपोखरी परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। 🙏🐟

पोखरीको शान्त पानी अब झनै जीवन्त, रङ्गीन अनि आशालु बन्नेछ।
यो पोखरी अब केवल ऐना होइन, झ्याँउपोखरीको स्पन्दन र सपना बन्न थालेको छ।

यस्ता सहयोग र सद्भावले हाम्रो एकता, हाम्रो पहिचान झनै बलियो बनाउँदै लानेछ।
दुई महान व्यक्तित्वप्रति फेरि एकपटक हार्दिक आभार 💚

#झ्याँउपोखरी

हरियालीको गहनामा सजिएको शान्तिको ऐना – "झ्याँउपोखरी।" 🌿💧      fans Routine of Nepal banda, Ilam Green, Green City ilam, ...
02/07/2025

हरियालीको गहनामा सजिएको शान्तिको ऐना – "झ्याँउपोखरी।" 🌿💧



fans
Routine of Nepal banda, Ilam Green, Green City ilam, Panitar Tourism, Mission deumai

📍झ्याँउपोखरी – देउमाई, जितपुरशब्द भन्दा गहिरो छ यो दृश्य —पोखरीको पानी, चिसो हावा, अनि हरियालीको गहनाले सजिएको हाम्रो झ्...
02/07/2025

📍झ्याँउपोखरी – देउमाई, जितपुर

शब्द भन्दा गहिरो छ यो दृश्य —

पोखरीको पानी, चिसो हावा, अनि हरियालीको गहनाले सजिएको हाम्रो झ्याँउपोखरी। 🌿✨

रेलिङहरू जोडिँदै छन्, प्राइमरले चमक थपिँदैछ, अनि नानीहरूका हातले रोपिएका फूलहरूले देउमाई बोल्न थालेको छ।

यो पोखरी अब केवल ताल होइन —
यो हाम्रो थकाइ, हाम्रो माया, अनि हाम्रो इतिहास बन्ने बाटो हो।

आजको दिनले फेरि सम्झायो —
"जहाँ साँचो समर्पण हुन्छ, त्यहाँ सौन्दर्य आफै फुल्छ।"
हामी बनाइरहेका छौं भविष्य – ढुंगामाटो मात्र होइन, सपना मिसाएर।

🙏 साथ दिने सबै हातहरूलाई सलाम।
👉 आउनुहोस्, हेर्नुहोस्, गर्व गरौं — देउमाई फेरिंदैछ, हाम्रो हातले।

fans

#झ्याँउपोखरी

आज झनै रमाइलो भयो ! रेलिङहरू जोडिँदै, प्राइमर लगिँदै, अनि नानीहरूले फूल रोप्दै गर्दा पोखरी एकदमै जीवन्त लाग्यो 🌿🌸कसैले ग...
30/06/2025

आज झनै रमाइलो भयो !

रेलिङहरू जोडिँदै, प्राइमर लगिँदै, अनि नानीहरूले फूल रोप्दै गर्दा पोखरी एकदमै जीवन्त लाग्यो 🌿🌸

कसैले गफ गर्दै काम गर्‍यो, कसैले चुपचाप पसिना बगायो – तर एउटै भावना: "हामी मिलेर बनाउँछौं!"
यति माया, यति उत्साह – देउमाईको भविष्य साँच्चै उज्यालो छ।

भोलिपनि उस्तै जोश लिएर भेटौंला पोखरी किनारमा! 🙌


27/06/2025

पोखरीको छेउमा निर्माण हुँदै गरेको यो बुद्ध बिहार — हाम्रो बुबा स्व. भिमबहादुर सिंजाली मगरको अधुरो सपना हो।

आज हामीले त्यो सपना उठाएका छौं, सम्हालेका छौं, र पूरा गर्ने प्रण गरेका छौं।

यो बिहार कुनै साधारण निर्माण होइन,
यो त श्रद्धा, स्मृति र समर्पणको जीवन्त प्रतीक हो।

🙏 हजुरबा ज्यूले रोपेको श्रद्धाको बीउ
🙏 बाबाले देखेको विश्वासको सपना
🙏 आज हाम्रो आत्माको आवाज बनेर उठिरहेको छ —
यही पोखरीको नजिक!

यस पवित्र यात्रामा, Govinda Giri ज्यु को समन्वयमा
सरकारबाट प्राप्त ५ लाख रुपैयाँको आर्थिक सहयोग
हाम्रो अभियानमा थप ऊर्जा बनेको छ।

यो हाम्रो मात्रै होइन — हरेक गाउँलेको, हरेक श्रद्धालुको सम्पत्ति हो।
अब सबैको साथ, सबैको सहयोग र सबैको संकल्प आवश्यक छ।

💬 "सपना उहाँको थियो — अब संकल्प हाम्रो हो।
हजुरबा-बाबाको आशीर्वाद हामीसँग छ, अब हामीले त्यो सपना साकार पार्नै पर्छ।"

🙏 बुद्धं शरणं गच्छामि 🙏


Address

देउमाई, ईलाम, प्रदेश न. १, नेपाल
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to झ्याँउपोखरी पर्यटन प्रवधन बिकास समिति - देउमाई, जितपुर, ईलाम:

Share