Rudreshwor Aadishakti Adhyatmik Kendra

Rudreshwor Aadishakti Adhyatmik Kendra It is a nonprofit company registered at Office of the Company Registrar in Nepal.

16/08/2025

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!

13/03/2025
12/10/2024

दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन, हजुरहरुको घर आगनमा दुर्गा भवानी तथा लक्ष्मीले सधा खुसी छरुन,
यही नै सबैलाई दशैँको हार्दिक मंगलमय शुभकामना ।

हामी ऋषि मुनिका सन्तान हौं। ऋषि पञ्चमीको मंगलमय शुभकामना!
08/09/2024

हामी ऋषि मुनिका सन्तान हौं।
ऋषि पञ्चमीको मंगलमय शुभकामना!

श्रीकृष्ण जन्माष्टमीको सुख, शान्ति, समृद्धि एवम् आध्यात्मिक समुन्नतिको हार्दिक शुभकामना ।
26/08/2024

श्रीकृष्ण जन्माष्टमीको सुख, शान्ति, समृद्धि एवम् आध्यात्मिक समुन्नतिको हार्दिक शुभकामना ।

महायोगी पाईलट बाबा प्रति भावपूर्ण श्रद्धाञ्जली ! श्री पंचदशनाम जूना अखडाका वरिष्ठतम महामण्डलेश्वर अनन्त श्री विभुषित 100...
21/08/2024

महायोगी पाईलट बाबा प्रति भावपूर्ण श्रद्धाञ्जली !

श्री पंचदशनाम जूना अखडाका वरिष्ठतम महामण्डलेश्वर अनन्त श्री विभुषित 1008 सोमेश्वर गिरी (पाईलट बाबा) जी महाराज ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा ब्रम्हालिन हुनभएको छ ।

सत्य एवम स्वयंको खोजका लागि भौँतारिदै हिँडेका उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए।

पाईलट बाबा यस अगाडी भारतिय वायुसेनाका पाईलट थिए । लडाकु बिमान उडाउने क्रममा सम्पर्क बिच्छेद भएकाे र उनका गुरु आएर ककपिटमा बसेर दुर्घटना हुनवाट जाेगाएकाे जस्ता कुरा बताउने उनी यस्तै घटना पछी जागिर छाडेर हिंडेकाे र नेपाल आउँदा गुरू भेटेकाे उनले बताउँदै आएका थिए । भक्तपुरमा उनका नाममा पाईलट बाबा धाम समेत निर्मित छ ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए। हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जूना अखडा नामका आश्रम चलाउने गरेका थिए। उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो।
जुना अखडाका सबै आश्रममा मंगलबारदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ। उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पाईलट बाबा प्रति हार्दिक श्रद्दाञ्जली ।

20/08/2024

गाईजात्राको अवसरमा शुभकामना !!

नेपाली समाजमा श्रावण शुक्ल प्रतिपदा अर्थात् रक्षा बन्धनको भोलिपल्ट मनाइने धार्मिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक रूपले महत्त्वपूर्ण तथा रमाइलो जात्रा हो- गाईजात्रा। गाई वा गाईको रूपमा मानिसलाई सिँगारेर सहर परिक्रमा गरी मनाइने यो पर्वको बारेमा १५ औँ शताब्दीको गोपालराज वंशावली र मल्लकालमा लेखिएको ‘ठ्यासफू’ मा समेत ‘सायात’ शब्दको उल्लेख भएबाट प्राचीन कालदेखि नै यो पर्व मनाउँदै आएको पुष्टि हुन्छ । नेपाल भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपाली भाषामा ‘गाईजात्रा’ भनी बुझिन्छ।

हाम्रो परम्परा तथा शास्त्रीय मान्यताअनुसार मानिसले मृत्यु भएपछि स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तर्नुपर्छ । वैतरणी तर्न गाईको पुच्छर समातेर मात्र सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ । यसरी मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख गरिएको पाइन्छ भने यस पर्वका बारेमा पद्मपुराणमा समेत उल्लेख छ । सामाजिक, सांस्कृतिक जीवनमा प्राचीन कालदेखि चल्दै आएका गाईसम्बन्धी अनेक धार्मिक आस्था, श्रद्धा र उपयोगितामा ‘गाईजात्रा’ पर्वको विकास भएको देखिन्छ ।

गाईजात्रा माता र धर्तीका रूपमा हिन्दू संस्कारमा पूजित गाईको जात्रा पनि हो । जात्रा निकाल्ने चलन कहिलेदेखि सुरु भयो भन्ने निश्चित तिथिमिति नभए तापनि भनाइअनुसार राजा प्रताप मल्लको समय ने.सं. ५७५ (वि.सं. १५१२) मा उपत्यकामा बिफरको महामारी फैलियो । त्यसै महामारीले धेरै जनताको मृत्यु हुनाका साथै प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको पनि मृत्यु भयो । प्यारो छोराको मृत्युको शोकमा शोकाकुल रानीलाई "अरू मानिसहरू पनि मरेका छन् र मर्छन् " भनी देखाएर चित्त बुझाउने प्रयास स्वरूप राजाले देशवासीलाई वर्ष दिनभित्र मृत्यु भएकाहरूको नाउँमा आफन्तले गाईजात्रा निकाली नगर परिक्रमा गराउन हुकुम जारी गरेका थिए । त्यस्तैगरी भक्तपुरमा गाईजात्रा निकाल्ने परम्परा गोपालराज वंशावलीअनुसार राजा जयस्थिति मल्लको शासनकालमा ने.सं. ५०० (वि.सं. १४३७) मा नै सुरु भइसकेको देखिन्छ । ललितपुरमा भने बौद्ध परम्पराअनुसार दिवङ्गत आफन्तहरूको नाममा गाईजात्राको भोलिपल्ट निस्कने मतयाः जात्रा राजा गुणकामदेवको राज्यकालमा नै सुरु भइसकेको मानिन्छ।

प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेक अन्य समुदायले गाईजात्रा पर्व मनाउने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रूपमा विकास भएको हो भनिन्छ। काठमाडौँमा भन्दा पहिले भक्तपुरमा गाईजात्रा पर्व मनाउने गरेको देखिन्छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइने परम्परा छ । त्यस्तै गरी कीर्तिपुरमा मनाइने गाईजात्रा अन्यत्रको भन्दा अलि भिन्न पाइन्छ । यहाँको गाईजात्राको मुख्य विशेषता अथवा भिन्नता भन्नु सुकेको छालालाई गोलाकार बनाई घिसारेर ल्याउने गरिन्छ, जसलाई धाकः लुइगु भनिन्छ । यस कार्यमा अग्रपङ्क्तिमा विभिन्न मुखुन्डो लगाएका मानिसहरूको नाचलाई लगिन्छ । यसलाई स्थानीयहरू धेँधँपापा नाच भन्छन् । यसरी मृत्यु भएको परिवारका सदस्यले सहभागिता जनाएर नगर परिक्रमा गरिन्छ । अन्यत्र मनाएजस्तै पशुपति देवपत्तनमा पनि गाईजात्रा मनाइन्छ । यहाँ तीन दिनसम्म लगाएर जात्रा मनाउने यो एक ठाउँ मात्र हो । त्यस्तै देशका विभिन्न भागमा गाईजात्रा भव्य रूपमा मनाइन्छ।

वर्तमान समयमा नेवार समुदायमा मात्र सीमित नभई अन्य जाति वा सम्प्रदायले पनि विविध कार्यक्रम गरेर गाईजात्रा मनाउँदै आएका छन् । जस्तैः सामाजिक सांस्कृतिक तथा राजनीतिक विषयवस्तुलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने हास्यव्यङ्ग्य, नाटक मञ्चन, प्रहर्सन, गाईजात्रे पत्रिकासमेत प्रकाशित गर्ने प्रचलन रहिआएको छ ।

गाईजात्राको पावन अवसरमा रुद्रेश्वर आदिशक्ति आध्यात्मिक केन्द्र वैदिक सनातन धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्दछ। आजको यस दिनले एक वर्षभित्र दिवङ्गत हुनुभएका सम्पूर्ण महानुभावहरूको आत्माले शान्ति पाओस् । यही कामना !!

रुद्रेश्वर आदिशक्ति आध्यात्मिक केन्द्र, काठमाण्डौ, नेपालको औपचारिक कार्य शुभारम्भ साथै प्रथम सेवा आज मिति २०८१/०५/०२ गते...
19/08/2024

रुद्रेश्वर आदिशक्ति आध्यात्मिक केन्द्र, काठमाण्डौ, नेपालको औपचारिक कार्य शुभारम्भ साथै प्रथम सेवा आज मिति २०८१/०५/०२ गते इच्छा भोजन ग्रहणको साथमा देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, वि.न.पा. ५, देवीघाट, नुवाकोटमा सम्पन्न भएको छ। हामिले वृद्ध आमाबुबाहरुको बीचमा एक कार्यक्रम गरेर केरा र ड्र्यागन फ्रुट प्रदान गरियो । उहाँहरूको इच्छा अनुसार भोजन तयार गरि खुवाइएको छ ।

सस्थाको उपस्थित ब्याक्तित्वहरु:
अध्यक्ष-श्री भिम राज सुबेदि
उपाध्यक्ष-श्री सङ्गिता तामाङ
महासचिव -श्री दिनेश खनाल
कोषाध्यक्ष-श्री कान्छीमाया तामाङ
केन्द्रिय सदस्य-श्री सबिना रिमाल
गुरु आमा-श्री काली भैरबि
सदस्य-श्री बिनु अधिकारी
सदस्य-श्री सन्तोष रिमाल
सदस्य -श्री गोबिन्द रिमाल ज्यु लगायत संस्थाको शुभ चिन्तकका उपस्थितीमा कार्य सम्पन्न भयो ।

यस देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्यायन प्रतिष्ठान अन्तर्गतको जेष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन कार्य समितिका अध्यक्ष विष्णु प्रसाद नेपाल, सहसचिव श्री रामहरी गजुरेल, सदस्य श्री गोबिन्द चित्रकार,सल्लाहकार, र आश्रममा रहनुभएका जेष्ठ नागरिकज्युहरुबाट रुद्रेश्वर आदिशक्ति आध्यात्मिक केन्द्रको उत्तरोत्तर प्रगतिको कामना र सदा उन्नति, प्रगति, समृद्धि, सक्रिय साथै दीर्घ जिबनको कामना गर्नु भएकोमा हृदय देखी धन्यवाद र कोटि कोटि नमन गर्न चाहन्छौ ।

Address

Kathmandu

Telephone

+9779841289432

Website

Alerts

Be the first to know and let us send you an email when Rudreshwor Aadishakti Adhyatmik Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rudreshwor Aadishakti Adhyatmik Kendra:

Share