14/03/2021
नेपालबाट पनि कैलाश पर्वत र मानसरोवरको दर्शन
कोरोनाको कारणले बन्द रहेको चिनको नाका हाल सम्म नखुले पछि नेपालको लाप्चीबाटै कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न पाईने भएको छ। त्यसका लागी काठमाण्डू बाट नेपालगन्ज र त्यस रातको बसाई नेपालगन्जमै हुनेछ्। भोलिपल्ट बिहान सीता एयरको जहाजबाट सिमकोट पुग्नेछ। सिमकोटमा फेरि एक रात बिताउनुपर्ने हुन्छ। उक्त क्षेत्र उच्च उचाइमा रहेको हुँदा यात्रीहरूलाई लेक नलागोस् भनेर सिमकोटमा राख्ने व्यवस्था गरिएको छ र
भोलिपल्ट मात्रै उनीहरूलाई हेलिकप्टरमार्फत लाप्चीमा लगी कैलाश पर्वतको दर्शन गराउने व्यवस्था मिलाइएको छ। हेलिकप्टरमा सिमकोटबाट लाप्चीसम्मको हवाई दूरी लगभग २० मिनेटको छ। तीर्थयात्रीलाई बढीमा १० देखि १५ मिनेटसम्म मात्र लाप्चेमा बस्न दिइने प्रबन्ध गरिएको छ। ‘लाप्ची धेरै नै उचाइमा रहेका कारण हामीले तीर्थयात्रीहरूलाई कैलाश पर्वत दर्शन गर्न वा धूपबत्ती चढाउन बढीमा १० देखि १५ मिनेटसम्म मात्र बस्न दिने व्यवस्था छ र सोही दिन मौसमले साथ दिए सम्म नेपालगन्ज वा काठमाण्डू ल्याईने व्यबस्था गरिएको छ।