14/01/2026
जनवरी २१, २०२६ देखि, बी–१ / बी–२ (व्यवसायिक वा पर्यटक) अमेरिकी भिसा स्वीकृत भएका सबै नेपालीले अधिकतम १५,००० अमेरिकी डलरसम्मको धरौटी रकम तिर्नुपर्ने हुन्छ। यो नियम जनवरी २१/माघ ७ अघि जारी गरिएको मान्य बी–१ / बी–२ भिसा भएका व्यक्तिहरूमा लागू हुँदैन।
धरौटी रकम अग्रिम रूपमा नतिर्नुहोस्। अग्रिम भुक्तानीले भिसा सुनिश्चित गर्दैन, र तेस्रो पक्षका वेबसाइटहरू ठगी हुन सक्छन्। अन्तर्वार्ता अघि गरिएको कुनै पनि भुक्तानी फिर्ता हुँदैन। भिसाका सर्तहरू पालना गरेमा धरौटी रकम फिर्ता गरिनेछ।
Starting January 21, 2026, all Nepalis approved for a B1/B2 (business/tourist) U.S. visa must pay a bond of up to $15,000. This requirement does not apply to people holding a valid B1/B2 visa issued before January 21. Do NOT pay your bond in advance. Paying early does not guarantee you a visa, and third-party sites can be scams. Any payment made before your interview is NOT refundable. The bond will be returned if you respect the terms of your visa.