30/07/2026
हालै "रामायण" को ट्रेरल रिलिज भएको छ, ४००० करोड भारु मा बन्न लागेको हाल सम्मकै ठुलो बजेटको बलिउड फिल्म हो। हामी सबैलाई थाहा छ नेपाल र भारतको सम्बध भगवान राम र सीता "जानकी" सँग पनि जोडिएको छ। ट्रेरलमा छोटो नेपाली परिदृश्य पनि देख्न सकिन्छ। विशेषत मल्लकालीन वास्तुकला देखाएर नेपालको पृष्ठभूमि देखाउन खोजिएको जस्तो देखिन्छ, यदि यस्तो हो भने Director, Production Designer, Cinematographer, Art Director, Visual Effects (VFX) Supervisor लगायतले नेपाली वास्तुकलाको समयरेखा अध्ययन गर्नु पर्ने देखिन्छ। १३ औँ शताब्दीको वास्तुकलाले तेत्रा युग को वास्तुकला हो भनेर देखाउँदै गर्दा भविष्यको पिढिलाई गलत सूचना जान सक्छ, आशा छ, "रामायण" टिमले यसलाई सकारात्मक रूपमा लिएर सच्याईयोस्। यति ठूलो बजेटको फिल्मको लागि यो सुधार गर्नु पर्ने विषय सानो हो।
कृपया यो पोष्टलाई सक्दो शेयर गरी "रामायण" टिम सँग पुग्न मद्दत गर्न अनुरोध गर्दछौँ।
जय राम🙏🏻🙏🏻
Recently, the trailer of "Ramayana" has been released, which is the biggest budget Bollywood film to be made at a cost of 4000 crores. We all know that the relationship between Nepal and India is also linked to Lord Ram and Sita "Janaki". A short Nepali scene can also be seen in the trailer. It seems that an attempt has been made to show the background of Nepal by showing the architecture of the Malla period in particular. If this is the case, then the Director, Production Designer, Cinematographer, Art Director, Visual Effects (VFX) Supervisor, etc. should study the timeline of Nepali architecture. Showing that the architecture of the 13th century is the architecture of the Tetra era may give wrong information to the future generation, I hope, the "Ramayana" team will take this positively and correct it. For such a big budget film, this is a small issue that needs to be corrected.
Please share this post as much as possible and help reach the "Ramayana" team.
Jai Ram🙏🏻🙏🏻