Nagarik Sawal

Call Directions Website Contact the business

Nagarik Sawal सवै नागरिकका सवैखालका सरोकार नागरिक ?

नेपाली चलचित्रकी सुन्दरी नायिका करिस्मा मान्नधरको सुन्दरताको चर्चा सधै हुने गर्छ । पुरानो तस्बिदेखि नयाँ तस्बिरसम्म करिस...
06/10/2026

नेपाली चलचित्रकी सुन्दरी नायिका करिस्मा मान्नधरको सुन्दरताको चर्चा सधै हुने गर्छ । पुरानो तस्बिदेखि नयाँ तस्बिरसम्म करिस्मा

‘स्टिम ल्याब’ कार्यक्रमका लागि गोरखाका २ सामुदायिक विद्यालय छनोटमा परे  ...समाचार कमेन्टमा
06/10/2026

‘स्टिम ल्याब’ कार्यक्रमका लागि गोरखाका २ सामुदायिक विद्यालय छनोटमा परे ...समाचार कमेन्टमा

05/10/2026

मनाङको कोतोमा आज फेरि गयो पहिरोसँगै बाढी

व्यावसायिक मेवा खेती    हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरीमा व्यावसायिक रूपमा लगाइएको मेवा खेती। बोटमा लटरम्म फल लागेका...
05/10/2026

व्यावसायिक मेवा खेती
हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरीमा व्यावसायिक रूपमा लगाइएको मेवा खेती। बोटमा लटरम्म फल लागेका छन्।

निखिलको ‘आचार्य’ले कमायो डेढ करोडएक्सन किङ निखिल उप्रेतीको फिल्म ‘आचार्य’ले आइतबार मध्यरातसम्म १ करोड ५६ लाखमाथिको विजने...
05/10/2026

निखिलको ‘आचार्य’ले कमायो डेढ करोड
एक्सन किङ निखिल उप्रेतीको फिल्म ‘आचार्य’ले आइतबार मध्यरातसम्म १ करोड ५६ लाखमाथिको विजनेस गरेको छ। फिल्मले ५४ हजार टिकट बिक्रीबाट उक्त आम्दानी गरेको हो।

ब्रा सानो किनिदिएको भन्दै  विवाह भएको ११ घण्टामै डिभोर्सब्रा सानो किनिदिएको भन्दै चीनमा विवाह भएको ११ घण्टामै डिभोर्स भए...
05/10/2026

ब्रा सानो किनिदिएको भन्दै विवाह भएको ११ घण्टामै डिभोर्स

ब्रा सानो किनिदिएको भन्दै चीनमा विवाह भएको ११ घण्टामै डिभोर्स भएको घटना सार्वजनिक भएको छ । आफूले लगाउने ब्राको साइज थाहा हुँदै हुँदैपनि श्रीमानले अपमान गर्दै सानो ब्रा किनिदिएको उनको आरोप छ।उनीहरुले पहिल्यै कानुनी रुपमा विवाह गरेका थिए। तर चिनियाँ रित अनुसार भर्खरै विवाह गर्दै थिए।
गुइझाओ प्रान्तमा रित अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच विवाद चर्किएको हो। उनीहरुको संस्कारमा विवाहमा भित्री वस्त्र किनिदिने चलन रहेको बताइएको छ। लुओले ब्राको साइज सानो भएको बताएपछि याङले विवाह गर्न मन छैन भने पैसा फिर्ता देउ भनेर धम्क्याएको लुओको भनाइ छ।

भोटेकोशी-त्रिशूली बाढी: खोज तथा उद्धार चरण स्थगन, पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिससरकारले अत्यावश्यकबाहेक...
05/10/2026

भोटेकोशी-त्रिशूली बाढी: खोज तथा उद्धार चरण स्थगन, पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले यो निर्णय गरेको हो।

बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो।

यसैगरी, बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत निर्देशन दिइएको छ।

बैठकमा प्रधानमन्त्रीले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसैगरी अगाडि बढ्ने बताए। यस कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पूर्ण साथ रहेको उनले उल्लेख गरे।

05/10/2026

भक्तपुर स्थित कवाडी कारखानामा भीषण आगलागी #

बालेनको अभिव्यक्तिमाथि हर्क साम्पाङको कडा टिप्पणी– ‘यो देशमा प्रधानमन्त्री पदको गरिमा रहेन’श्रम संस्कृति पार्टीका अध्यक्...
05/10/2026

बालेनको अभिव्यक्तिमाथि हर्क साम्पाङको कडा टिप्पणी– ‘यो देशमा प्रधानमन्त्री पदको गरिमा रहेन’
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको गरिमा कायम राख्नुपर्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले खुलामञ्चबाट त्यसरी बोल्न नहुने धारणा राखेका हुन्।
साम्पाङले ‘मैले बाटो बनाएकोले हिँड्न पायौ’ भन्ने शैलीको अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गरेका छन्। यस्तो भाषा प्रयोग गर्दा प्रधानमन्त्री पदको गरिमामाथि नै प्रश्न उठ्ने उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमार्फत ‘प्रधानमन्त्री भन्ने पदको गरिमा रहेन यो देशमा’ भन्दै आलोचना गरेका छन्। बालेनले आइतबार राति सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यंग्य गरेका थिए।
बालेनको उक्त अभिव्यक्तिपछि साम्पाङको प्रतिक्रियाले नयाँ पुस्ताका चर्चित राजनीतिक नेताबीचको सार्वजनिक बहस थप चर्किएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभा...
05/10/2026

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफू चुनावी मैदानमा उत्रिन लागेको बताएका छन्।
पार्टीका सबै तह र पुस्ताका नेता-कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा बाँध्नु आफ्नो प्रमुख प्राथमिकता हुने उनको भनाइ छ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nagarik Sawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Sawal:

Shortcuts

Share