
04/07/2024
वैदेशिक रोजगारमा अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ” (2081-03-19)
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाउने भनी रकम लिए पश्चात विदेश नपठाई निज सम्पर्क विहीन भएकोमा पीडितले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. १५ सातदोबाटोबाट मिति २०८१।०३। १८ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्ति:-
१.नाम थर :- दिपक श्रीस
उमेर :- ३१ वर्ष
वतन :- जिल्ला म्याग्दी बेनी न.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. ०४ ।
पक्राउ स्थान :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. १५ सातदोबाटो ।
ठगी बिगो :- १८ लाख ।