Entrepreneurs Nepal

Entrepreneurs Nepal Outsourcing Procurement Agency But it gives her immense pleasure to go through these stages seeing the child growing up to a nice human being.

Giving the birth to a baby is a very painful experience for the mother right from the conception to delivery and while she is bringing up the child . The same kind of satisfaction an entrepreneur ll feel while seeing a small business growing into a big enterprise . The feeling of creating something Out of nothing is really great and it makes the life of entrepreneur meaningful. we should try to be

an entrepreneur to make the life meaningful so my idea is distinct rather than other to achieve my goal and fulfill my satisfaction as well as passionate dream of beautiful life! हामी केहि फरक तथा रचनात्मक परिबर्तन चाहान्छौ भने परिवर्तन आफैवाट सुरुवात गर्नु पर्छ, आफु बदलिय समाज बदलिन्छ, समाज बदलिय राष्ट्र बदलिन्छ। त्यसैले अब हामी समिद्रशाली भविष्य खोज्नु आवश्यक छ । हामी भबिष्यमा त्यसतो काम गर्नु पर्दछ जसले हामीलाई काम गरेको भन्दा पनि रमाईलो तरिकाले कुनै किसिमको खेल खेलेको अनुभुति गर्न सकियोस् जसमा एउटा अग्रेजीमा भनाई छ "When a people become enthusiastic and passionate about what they do , they create their own chemistry and throw off as much enthusiasm and passion . And that point , its hard to say whether someone working or whether they are playing , because they are having so much fun. त्यसैले हामीले गरेको काम हृर्दय देखि नै प्रस्फुटन गर्न सकियोस् , जसमा हाम्रो Passion होस्, उत्साहा होस्, जोश होस्, जागर होस्, र लगनशिलताका साथै देशको विकास गर्छु भन्ने patriotic feeling सहित Entrepreneur बन्ने Passionate हुनु पर्दछ । धेरे पढे लेखेर जागिर खान्न बरु दुई चार जनालाई जागिर दिन्छु र उध्धमी बन्छु भन्ने धारणाको बिकास गर्नु पर्दछ जसले गर्दा देशले उचित लक्ष्यका साथ अगाडी बड्न सक्छ र Entrepreneurship Development अध्यान गरेको सार्थकता पाउनेछ। हामी गरिव भयौ , हामी पछाडी पर्यौ, हामी अगाडी बढ्न सक्दैनौ, यो देशमा बिकास कहिले हुदैन् जस्ता नकरात्मक कुरा गर्ने र नागरिकको हकको हैसियतमा सामान्य नैतिकवान पनि हुन नसक्ने जस्ता कुरालाई त्याग गरि सकरात्मक सोच र चिन्तन गर्ने बानि बसालौ । हामी सक्छौ, हामी गर्छौ, हामी गरेर देखाईदिन्छौ जस्ता साहासिला युवाजनशत्ति बनौ । हाम्रो कसैले नकरात्मक कुरा गर्छ भने हामी यो बुझौ कि उ भन्दा म अगाडी नै छु भन्ने सोचौ किनकी उसले हाम्रो खुट्टा तान्दै छ । गल्तिहरुबाट पाठ सिक्दै अगाडि बढौ कसैको चित्त वा दिल नदुखाई देऊ ! एउटा असल , कर्तब्यनिष्ठ, दायित्वबोध, ईमान्दार र नैतिकवान सम्य नागरिक बन्न सिकौ यसका लागि आफुमा रहेका कमिकमजोरीहरुलाई सुधार गर्दै जाऊ! राष्ट्र आफ्नै ढङ्गले चलिरहेको हुन्छ तर पनि राष्ट्र समिद्रशालि बनाउन हामी प्रत्येक नागरिकको जिम्मेवारी पुर्ण भुमिका उत्तिकै हुन्छ । हामी असल नागरिक भए हाम्रो सामान्य सानो कर्म पुरा गर्दा पनि राष्ट्रलाई योगदान पुगिरहेको हुन्छ । हामीले देश बन्दैन भनि जे मन लाग्यो त्यही गर्दै हिड्छौं, केरा खायो बोक्रा बाटैमा फ्याकदिन्छौं, सडकको किनारमा दिशा पिसाब गर्न पनि पछि पर्दैनौ। यस्तै यस्तै यावत कुराहरुले गर्दा हामी आफै पछि परेका छौ त्यसैले यस्तो गरेको देखे पनि जिम्मेवारी नागरिकको हैसियले नगर्न सल्लाह दिने र आफुले पनि नगर्नु । ब्यात्ति , समाज र राष्ट्रलाई सकरात्मक बाटो तर्फ अगाडी बढाउन एउटा ब्यात्तिले के -कस्ता काम गर्ने भनि योजना बनाउनु पर्छ जसले गर्दा योजना अनुसार आफुलाई योजनाको बाटोमा हिडाउन र गन्तव्यमा पुग्न सजिलो हुन्छ । कुरा वा गफ मात्र होईन , कुरा वा गफ कम र काम धेरै तर आवश्य परेको ठाँउमा हल्लाका गफ पनि दिने गरौ जसले गर्दा ति गफहरु सङ्कल्पमा परिवर्तन हुने गर्दछ त्यपछि आफुले गरेका सङ्कल्पहरुको घोषणाहरुले हामीलाई निर्देशन गर्दछ र त्यो सङ्कल्प अनुसार हिड्न बाध्य पार्छ र बोलेका कुरालाई पनि कार्यान्वयन गर्न सकिन्छ यसले हामीलाई गर्न सक्ने कुरा मात्र बोल्न प्रेरित गर्दछ। यसैबाट हामी शिक्षा लिन्छौ र अरु नया काम गर्न सजिलो हुन्छ त्यसैले यहि नै हाम्रो धन हो , यहि नै शिक्षा हो, यहि नै सबै भन्दा ठुलो सम्पती हो । यसैको सुरक्षा, संरक्षण, र लगानी गरौ प्रतिफल आफै आउछ यसैले हाम्रो पिछा गर्ने छ! जस्तै हरेक खोलाको पानिमा Hydro Power को सम्भावाना हुन्छ भने जस्तै हरेक युवामा पनि केहि गर्न सक्ने सम्भवाना हुन्छ यसलाई हामी चिन्नु पर्छ र वल्ल हामी सफल बन्न सक्छौ । सामान्यता हामी युवाहरुको चनचल स्वाभको हुन्छ त्यसैले होला जता हावा बग्छ उतै बग्ने गर्छौ जस्तै- कसैले राम्रो Driving गरेको देख्दा म पनि Driver नै बन्छु भन्ने , कुनै राम्रो सिनेमाहरुमा हिरो देख्यो भने हिरो नै बन्छु भन्ने , कसैको राम्रो GF/BF देख्यो भने मलाई पनि यस्तै Beautiful/handsome चाहियो भनि खोजमा हिड्ने जस्ता आदि यस्ता यावद कुराहरुले हाम्रो समय र पैसाको नोक्सान गरदिइ रहेको हुन्छ तर हामीलाई थाहा हुदैन त्यसैले आफ्नो क्षमता र उद्छ्ेय के हो यसलाई चिन्नु र त्यो पाप्त गर्न लगनशिल हुनु नै सफलता को बाटो पहिल्याउनु हो। यसलाई स्पस्ट पार्नको लागि एउटा English मा भनाई छ "Patience, persistence ,perspiration and identification of hidden self capacity make an unbeatable combination for success in life ! नेतृत्वको बाटो देखाउने क्षमतावान नेताको अभाबमा हरेक दिन देशका ऊर्जावान युवाहरु हरेक दिन एक हजार पाँच यस युवाहरु देश बाहिर सुरक्षित भविष्यको खोजिमा बिदेसिन्छन्। त्यसैगरि पढ्न र उतै भिविष्य बनाउन दैनिक सयौं युवाहरु बिदेसिन्छन् । किन हाम्रा युवाहरु वहिर गएर जे पनि काम गर्न तयार छन् तर नेपालमा काम गर्न हिचकिचाउछन् ।के हाम्रो शिक्षा, संस्कार एंबम लालनपालन मै समस्या छ । कुनै पनि सिप सिकेर महिनाको तिस् चालिस् हजार कमाउन बिश्वको अरु देशमा भन्दा हाम्रो देश नेपाल मै सजिलो छ तर हामी यस्तो गर्न तयार छैनौं । खासमा हामी बिदेश त घुम्न, हेर्न, सिक्न, जाने हो काम नेपाल मै गर्नु पर्ने हो तर यस्तो छैन् हामी किन बुझ्दैनौ हाम्रो घर बिग्रियको छ कसले आएर हाम्रो घर ब्याबस्थापन गरदिन्छ र हाम्रो घर सुन्दर हुन्छ भन्ने भर हामी दिन प्रतिदिन बाहिरी रहेका छौ अब हामीले सोच्न अति आवश्यक छ। बिदेश जाने वा पलायन हुने कारणले गर्दा समाज एउटा बिग्रह वा बिक्रिती नै आएको छ जस्तै :- उपल्लघरे रामेको बुढी तल्ला घरे श्यामेसँग लसपश गरेकी छे भने उपल्लघरे रामे बिदेशबाट घर आउदा घरबाट बुढी पोईल गइसकेकी हुन्छे भने रामेले बिदेशबाट पैसा होईन होईन HIV AIDS जस्ता खतरात्मक रोगहरु भित्राएको हुन्छ त्यसैले गर्दा यस्तो चलनले न देश बन्छ न हामी बन्छौ यस्तो चलनको अन्त्य गर्नु पर्दछ। समाजले हरेक कुरालाई पैसा कै तुलोमा जोख्न खोज्छ जसले ब्यात्ती समाजलाई नै भष्ट्र बनायको छ। सोच नै भष्ट हुनु , नियत नै खराब हुनु , समाजमा भएको डरलाग्दो ठुलो क्षति हो । जसको पुर्ति कुनै मुल्यमा हुन सक्दैन् । समाजको र देशको दिगो र समतामुलक बिकासको लागि कुन कुन तहबाट हामी के के गर्न सक्छौ । कुन कुन क्षेत्रमा के कस्ता अवसरहरु छन् खोज्नु पर्दछ। हामीले के बुझ्नु पर्दछ भने यो राजनितिक खिचातानि र अजिम्मेवारिपन तथा अव्याबस्थापनले गर्दा हाम्रो देश भताभुङ्ग भएको छ तर पनि जहाँ हिलो हुन्छ त्यहीं कमल पनि फुल्छ। जहाँ समस्या हुन्छ त्यहीँ अपार सम्भावना पनि हुन्छ। खाँचो केवल व्यवस्थापनको हो। जहाँ गए पनि चुनौती त जिन्दगीका हरेक मोडमा हुन्छ। हार्ने र जित्ने, सफल र असफल हुने सम्भावना जहाँ र जहिले पनि बराबर हुन्छ। नेताले बनाएर मात्र यो देश बन्छ भनेर कुर्नु हुँदैन। असल नेता जन्माउने दायित्व पनि हाम्रै हो र खराव नेता फेर्ने पनि हामीले नै हो। राज्यबाट जागिर पाइएन भनेर निराश हुनुको साटो आफ्नै पौरखमा के गर्न सकिन्छ भनेर सोचौं र अघि बढौं, जसले गर्दा राज्य नै हाम्रो सोचसामु झुकोस्। जनता जागरुक, चेतनशील, नैतिकवान, शिक्षित एवं आशावादी भए भने नेता पनि त्यस्तै निस्कन्छन् र राज्य पनि विस्तारै त्यस्तै बन्छ। अबका दिनहरुमा सकारात्मक र सिर्जनात्मक तरिकाले अघि बढ्न सकौं, आगामी दिनहरूदेखि हामी बिस्तारै हिँड्न र दौडन पनि सक्छौं। व्यक्ति, घरपरिवार, समाज अनि राष्ट्र नै जाग्न सक्यो भने Entrepreneurship ले हाम्रो भविष्य बदलिदिन्छ । यो मेरो बिश्वास हो । बिश्वास नै सफलताको आधार हो । सफल भएका ब्यात्तीहरुले सिकायको पाठ र शिक्षा पनि यहि हो । यसको अनुसरण गरौ र आफ्नो जिन्दगिलाई कसरी Decorative बनाउने भन्ने बारे अरुले दिएको सोचले हुदैन् आफै सोच्नु पर्दछ भन्ने कुरा पनि बुझौ समय ढिला भइ सक्यो तपाई हामीलाई कसैले लठ्ठी लगायर यसो गर उसो गर , भनेर भन्ने वाला छैन्। जे कुरा म अहिले भन्दै छु त भाग्य बस् मिल्न गएको हो । यो त आफै गर्ने हो जसले बुझ्यो उ सफल भयो जसले बुझ्दैन उ सधै पछि पर्यो । हाम्रो युवा जनशक्ति नेपालको पँुजि हो तर हामीले यसलाई दायित्व मात्र सम्झियका छौं र खाडि मुलुकमा श्रम बेच्ने र रेमिट्यानस् भित्राउने स्रोतका रुपमा लिएका छौ । यसलाई प्रर्तिफल प्राप्त हुने उत्पादन मुलक क्षेत्रमा लगानी गरेका छैनौं । जसले गर्दा हाम्रो देशको पुँजि बहिरीदै गएको छ तर हामी लगानीको लागि पँुजि खोजिरहेका छौ यसैले गर्दा हामी पछि छौ र गरिब छौ । अब यदि हामीसँग एउटा नविनतम सोच ,बिचार, लगनशिलता, दृढ ईच्छा शक्ति र देशप्रेमि भावानाका साथै उध्यमी सपनाको दम छ र त्यो सपना साकार पार्ने संकल्प र व्यावस्थापकीय क्षमता छ भने पुँजिले उसको बाटो छेक्दैन् । किनभने यो दुनियामा पुँजि बोकेर बसेका ब्यात्ती र संस्थाहरु थुप्रै छन् जो सधै सहि उध्धमीको अवसरको ताकमा/ खोजमा हुन्छन् । हरेक बैंकलाई पैसा लगानी गरेर पैसा कमाउनु छ , हरेक निजी ईक्विटीलाई पैसा लगानी गरेर पैसा कमाउनुछ, हरेक भेन्चर क्यापिटललाई पैसा लगानी गरेर पैसा कमाउनुछ, अन्तराष्टिय बजारमा अर्बौ डलर पुजी ओगटेर बसेका ठुल्ठला पेन्सन फन्ड छन् , ईन्सुरेन्स कम्पनी छन्। ती सबै कम्पनीलाई पैसा लगानी गरेर पैसा कमाउनु छ । ती पुजिवालाहरु पैसाको गड्डी बोकेर लगानी बजारका तगडा घोडा खोजिरहेका हुन्छन् । एउटा उध्धमीका लागि सबभन्दा ठुलो चुनौति भनेको आफुलाई लगानी बजारको तगडा/ बलियो घोडाको रुपमा स्थापित गराउनु हो । तपाईले आफुलाई अब्बल घोडाको प्रमाणित गराउनु भयो र घोडाको सवारी गरे बाजि जितिन्छ भन्ने बिश्वास् लगानीकर्तालाई दिलाउन सकियो भने हामी जुनसुकै सपना पनि पछ्याउन सकिन्छ भन्ने विश्वास हामीमा हुनुपर्छ। त्यसैले हामी जागिर होइन् उध्धमीशिलता बिकास गरौ किनकि जगिर भनेको क्षेत्रमा एक र एक दुई हुनेछ तर उध्योग ब्यापार क्षेत्रमा जब उपलाब्धि हासिल हुन् थाल्छ एक र एक दुई हुदैन् , एघार हुन्छ ! त्यसैले हामी जगिर गर्ने अथवा उध्धमी बन्ने दुबै बिषयको कुनै एकमा आफुलाई केन्द्रिकरण गरि हाम्रो भबिष्यको रणनितिक Mission बानाई अगाडी बडौं जसले हामीलाई गन्तब्यमा पुराई सन्तुष्ट बना

09/06/2019

हाम्रो भुमी नेपालमा गाँजा खेतिको प्रशस्त सम्भावाना छ, यसलाई व्यावसायिक करण गर्ने मेरो तिव्र ईच्छा पनि छ तर सरकारले गैर कानुनीको रुपमा यसलाई खेति गर्न रोकेको छ। यसलाई कानुनी रुपमा बैधानिक तरिकाले कृर्षि खेति गर्न के गर्नु पर्ला?
यसवाट थुप्रै औषधि बन्ने रहेछ भन्ने कुरा सुनेको छु, तर आज जान्दा जान्दै पनि यसलाई नष्ट गर्नु परेको छ यदि यस्ता बस्तुलाई खुला गर्ने सके थुप्रै कम्पनिले नेपालबाट लग्ने थिए र नेपालीले राम्रो पैसा कमाउने अवसर पाउने थिए तर प्रयोगमा ल्याउन नसक्नु बिडम्बना हो जस्तो लाग्छ।

सरकारले यस्ता विषयमा ध्यान दिन सके यसवाट प्रशस्त पैसा भित्र्याउन सकिने देखिन्छ । गाजालाई फुकुवा गर्ने वित्तिकै अन्तर्राष्ट्रिय कम्पनीले नेपालको गाजा लग्ने छन् । जुन वस्तुको मुल्य केहि छैन, फुकुवा हुने वित्तिकै यसको मुल्यबाट नेपालीको जीवनस्तरमा राम्रो सुधार हुने थियो ।

06/09/2017

एउटा "international franchise reality show लाई अनावश्यक विवाद बनाई अदालत सम्म धकेल्नु कति सम्मको उचित कदम हो??
यो local reality show पक्कै होइन, आयोजकले धाधली गर्न, जनता लुट्ने ब्यापार गर्न।
nepal idol को हरेक गतिविधि fremantle media को नीग्रानी अनि स्वीकृतीमा हुन्छ । Idol आफैमा बिश्वको top reality show हो, यदि पैसा कै लागि यो reality show गरिएको भए, idol ले आज १०० वटा भन्दा बढी देशमा popularity gain गर्दैन थ्यो ।
यो level को reality show भित्राउनै ठूलो रकम लाग्छ, आयोजकले घाटा खाएर त पक्कै चलाउन सक्दैन। हिजो कसैले नचिन्ने १८ जना आज celebrity भैसके, उनिहरुको जिन्दगी बन्यो, लुकेर बसेका प्रतिभा बाहिर आए ।
पहिले जति नि भोट दिन मिल्छ भन्दैमा आँखा चिम्लेर भोट हाल्ने अनि अहिले जनता लुट्यो भन्न कतिको सुहाउछ?? कसैलाई जबर्जस्ति भोट हाल्न न कर गरिएको थियो न दबाब दिइएको थियो ।

प्रशान्त तामाङलाई जिताउन लाखै रुपैयाँ भारत पठाउने नेपालीले, भोट गरेको पैसाको कुरा उठाउनु एकदमै हास्यास्पद छ ।

नेपाली टिभि हेर्न छोडेका दर्शकलाई फेरि नेपाली टिभी हेर्ने बाताबरण बन्यो, Nepal idol मात्र अरु reality show देखि अहिले नेपाली खेलकुद समेत जनताले प्रत्यक्ष हेर्ने पाउन भनेर खेल क्षेत्रमा समेत लगानी गरेको छ ap1 ले, तर यहाँ तेस्तो कुराको कस्ले वास्ता राख्छ र ।

एउटा चल्दै गरेको reality show लाई अधातल सम्म पुर्याउने भेडा नेपालीलाई माझी औंला सलाम । बन्द गर नेपाल आइडल अनि फेरि लाग, अरु प्रशान्त तामाङहरुलाई जिताउन ।

30/08/2017
26/08/2017

● महान बन्न को लागी चार आवश्यकताहरु :*

1. वाणी मा मघुरता,
2. दृष्टी मा प्रसन्नता,
3. मन मा पवित्रता,
4. व्यवहार मा कुशलता।

🍃🍃🍃

● चार चिज सित विवाद नगर्नुस :*

1. मुर्ख सित
2. पागल सित ,
3. गुरु सित र,
4. माता पिता सित ।

🍃🍃🍃

● चार कुरा सित लाज नमान्नु :*

1. पुरानो कपडा मा ,
2. गरीब साथीसित ,
3. वृद्ध माता-पिता सित ,
4. सादा रहन-सहन मा ।

🍃🍃🍃

● चार दुर्लभ गुण :*

1. धन को साथ पवित्रता,
2. दान को साथ विनय,
3. वीरता को साथ दया,
4. अधिकार को साथ सेवाभाव।

🍃🍃🍃

● चार कुराले चार चिज भाग्दछ:*

1. देव-गुरु दर्शन ले दरिद्रता,
2. भगवान को वाणी ले पाप,
3. जागीरहदा खेरी चोर,
4. मौन रहदा खेरी क्रोध।
😊👌👌😊👌👌😊

26/07/2017

अर्थ संसार, काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७३/७४ मा ३७ जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । हालसम्म कुल १३६ परियोजनालाई त्यस्तो अनुमतिपत्र प्रदान गरिएकोमा गत आवमा मात्रै ३७ आयोजनालाई निर्माण सुरु गर्न अनुमतिपत्र दिइएको हो ।

ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि त्यस्तो अनुमतिपत्र दिएको छ ।आव २०७३/७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ ।

बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको १४.७० मेगावाट क्षमताको पलाँखु खोला जलविद्युत् आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएर सुरु भएको आव २०७३/७४ मा बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्ने ६.६ मेगावाट क्षमताको रुदी खोला बी जलविद्युत् परियोजनालाई गत जेठ २६ गते अनुमति पत्र दिइएको थियो ।

अनुमतिपत्र दिइएका आयोजना मध्ये सबैभन्दा ठूलो परियोजनामा ४०० मेगावाट क्षमताको गाली गण्डकी कोबाङ रहेको छ । मुस्ताङ जिल्लामा आयोजना स्थल रहेको सो आयोजना अम्बेस्वर इन्जिनियरिङ हाइड्रो पावर कम्पनीले निर्माण गर्नेछ । माथिल्लो वलेफी ३६ मेगावाट, लिपीङ खोला १६ मोवाट माथिल्लो सोलु खोला १८ मेगावाट मकरी गाड १० मेगावाटले पनि निर्माणका लागि अनुमतिपत्र प्राप्त गरेका छन् ।

यस्तै सिद्धकाली हाइड्रो पावरले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी, सिन्धुज्वाला हाइड्रोपावर। प्रवद्र्धक रहेको ४३ मेगावाटाको नेशम खोला, ३७ मेगावाट क्षमताको राहुघाट मंगाले, १० मेगावाट क्षमताको माडी भोर्लेटार, अपर नौगाड ८ मेगावाटले पनि त्यस्तो अनुमतिपत्र पाएका छन् ।

विभागकाअनुसार ४८ मेगावाट क्षमताको खिम्ती दोस्रो, १२ मेगावाटको रुरु, ५२ मेगावाट क्षमताको माथिल्लो लाप्चे खोला, ४३ मेगावाटको आँखु खोला, सात मेगावाटको दरमखोला आयोजनाले पनि निर्माणको अनुमतिपत्र पाएका छन् ।

आव २०७३/७४मा निर्माणको अनुमति पाएका आयोजनामा १५ मेगावाटको सवाखोला, २३ मेगावाटको बलेफी, ४४ मेगावाटको सुपर मादी, ५४ मेगावाटको मध्य तमोरले पनि निर्माणको अनुमतिपत्र प्राप्त गरेका छन् ।

अनुमतिपत्र लिएका मध्य केही आयोजना निर्माणको चरणमा रहेका छन् भने केही आयोजनाले वित्तिय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने तयारीमा रहेको विभागलाई जानकारी गराएको महानिर्देशक नविनराज सिंहले जानकारी दिनुभयो ।

यस्तै नेपाल विद्युत् प्राधिकरणकाअनुसार हाल निजी क्षेत्रका करिब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । ती मध्ये १३५ मेगावाट क्षमताका १४ आयोजना आव २०७३÷७४ मा सम्पन्न भएका थिए ।

चालु आवमा प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया निर्माण सम्पन्न हुने छ । त्यस्तै निजी क्षेत्रमा नदी प्रवाहमा आधारित करिब ३०० मेगावाट बराबरका आयोजना पनि सम्पन्न हुने छ ।

तर हिउँदमा ती आयोजनाबाट उत्पादन हुने विद्युत्को मात्रा भने न्यून रहने छ । सरकारको बास्केटमा हालसम्म पनि १२८ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता चार हजार २१ मेगावाट रहेको छ । सरकारले एक हजार २४८ मेगावाट क्षमताका आयोजना अध्ययन सम्पन्न गरेको जनाएको छ भने सात हजार १३६ मेगावाट क्षमताका ५५ आयोजना अध्ययनका विभिन्न चरणमा रहेका छन् ।

देउवा सरकारमा माओवादी केन्द्रबाट मन्त्री बन्ने को को ? चर्चामा १२ ! तिलकराज ओली          गएको बुधबार प्रधानमन्त्री पुष्प...
26/05/2017

देउवा सरकारमा माओवादी केन्द्रबाट मन्त्री बन्ने को को ? चर्चामा १२ !
तिलकराज ओली
गएको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएपछि अब कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकारमा माओवादी केन्द्रबाट को–को मन्त्री बन्दै्छन ? भन्ने बहसले यतिबेला बजार तातिएको छ ।
मन्त्रीहरु सँगै सरकारको नेतृत्व अब कसले गर्ने भन्नेमा पनि अध्यक्ष प्रचण्डले आफ्नो छलफललाई तिब्र बनाउँन थालेका छन् । देउवा नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रबाट नेतृत्व लिनको लागि अहिले दिनहँु छुट्टाछुट्टै छलफल समेत हुन थालेका स्रोतको दाबी छ । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले उपप्रधानसहित गृह मन्त्रालय लिने यसअघि नै सहमति भइसकेको जनाइएको छ ।
उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीसहित पार्टीबाट सरकारमा सहभागी हुनका अहिले माओवादी केन्द्र भित्र मुख्य तीन पात्रको चर्चा चलेको छ । प्रचण्ड सरकारमा सफल उर्जामन्त्रीको उपमा पाएकै कारण जनार्दन शर्मा (प्रभाकर)लाई नै अब बन्ने देउवा सरकारमा माओवादी मन्त्रीहरुको नेतृत्व गर्ने गरी पठाउनुपर्ने बहस पनि माओवादी केन्द्रभित्र सुरु भएको छ । तै पनि फेरी उर्जा मन्त्रालय लिने र उक्त मन्त्रालयमा शर्मालाई नै निरन्तरता दिनुपर्ने भन्ने आवाज माओवादी केन्द्रभित्र बलियो रुपमा सुनिन थालेको छ । तर माओवादी उच्च श्रोतका अनुसार गिरीराजमणी पोखरेलको नेतृत्वमा सरकारमा पठाउन नारायणकाजी श्रेष्ठले प्रचण्डसँग लविङ गरिरहेका छन् । त्यस्तै वरिष्ठता र विगतमा बाबुराम भट्टराइको निकट भएर पनि नयाँ शक्तिमा नगएका टोपबहादुर रायमाझीले प्रचण्डसँग भेटेरै आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने माग गरेको बताइएको छ । शर्मा, पोख्रेल र रायमाझीबीच नेतृत्वको बारे चर्को विवाद भएमा प्रचण्डले प्रचण्ड सरकारका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरालाई जिम्मेवारी दिने सम्भावना रहेको माओवादी केन्द्रका एक उच्च नेताले जानकारी दिए ।

देउवा सरकारमा माओवादी केन्द्रबाट मन्त्री बन्दै, चर्चामा १२ !

प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट जम्मा आठ जना मन्त्री भएका थिए । अब देउवाले नेतृत्व गर्दा केही मन्त्रीको संख्या थप हुन सक्ने सम्भावना छ । तर प्रचण्ड नेतृत्वमा रहेका महरा र शर्मा बाहेक अन्य मन्त्रीहरु नदोहोर्याउन प्रचण्डले विशेष नयाँ रणनिति तय गरेका छन् । यस पटक नयाँ अनुहारलाई प्राथमिकता दिने तयारी प्रचण्डको छ । जनार्दन शर्मा(प्रभाकर), टेकबहादुर बस्नेत, प्रभु शाह, हितराज पाण्डे, महेन्द्र बहादुर शाही, रामनारायण विडारी, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, सीता नेपाली, गौरीशकंर चौधरी, अमन लाल मोदी, सन्त कुमार थारु मध्येबाट अब बन्ने देउवा सरकारमा नयाँ मन्त्रीहरु छानिने छन् ।
माओवादी केन्द्रका एक उच्च नेताका अनुसार पुरानो अनुभव भएका,प्रचण्ड सरकारमा मन्त्री बन्ने चर्चा चलेर पनि अन्तिम समयमा नबनेका र नयाँको समेत सन्तुलन मिलाएर मन्त्री बनाउने प्रचण्डले अन्तिम तयारी थालेका छन् ।

24/05/2017

भूमिकास्थान नगरपालिकामा सबै पार्टिले टुङ्गायो मेयरको उमेदवार ........
यी मध्ये एक हुनेछन मेयर ।
को बन्ला मेयर ?
१- पिताम्बर भूसाल, नेकपा एमाले
२- खडानन्द बेल्बासे , नेपाली कांग्रेस
३- कविराम खनाल, राष्ट्रीय जनमोर्चा
४- रेशम थापा, माओबादी केन्द्र
५- प्रेम बन्जाडे, नँयाशक्ति नेपाल

23/05/2017

अब नेपाल मा डिमोक्रेटिक र कम्युनिस्ट पार्टी मात्र भए हुन्छ ,!कम्युनिस्ट पनि कति हुन कोलाइ मान्ने ,माओवादी वा एमाले वा अन्य?,दुनियाँ पार्टी किन चाहियोl

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि ६ वटा आरो...
23/05/2017

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि ६ वटा आरोप लगाएका छन्। एमाले प्रचार विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले देउवालाई आरोप लगाएका हुन्। उनका आरोप यस्ता छन्ः १. नेपालमा लोकतान्त्रिक आन्दोलन चलिरहेको बेला उहाँ बेलायतको गल्लीमा बरालिरहनु भएको थियो। २. बहुदल आएपछि उहाँ गृहमन्त्री हुनुभयो। शान्तिपूर्ण आन्दोलनमा १२२ जना विरूद्ध गोली चलाउनु भयो। ३. असोज १८ गते उहाँको कारणले भयो, माघ १९ उहाँकै कारणले भयो। ४. उहाँले कांग्रेस फुटाउनु भयो, डबल कांग्रेस बनाउनु भयो। ५. उहाँ अहिले प्रधानमन्त्री हुन गोलीको आँखा हुँदैन भन्दै हुनुहुन्छ। ६. उहाँलाई अहिले प्रधानमन्त्री हुन हतार भएर थाल खाउँ कि भात खाउँ भएको छ। ओलीले देउवालाई सत्ताभोगीको आरोप लगाउँदै उनी प्रधानमन्त्री भए दोस्रो चरणको l

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि ६ वटा आरोप लगाएका छन्। एमाले प्रचार विभ...

यो पनि प्रचण्डको रेकर्ड  कसैले राजिनामा मागेको छैन,  अविश्वास प्रस्ताव पनि दर्ता भएको छैन,  संसदमा बहुमत गुमाएको छैन,  स...
23/05/2017

यो पनि प्रचण्डको रेकर्ड कसैले राजिनामा मागेको छैन, अविश्वास प्रस्ताव पनि दर्ता भएको छैन, संसदमा बहुमत गुमाएको छैन, सरकारमा रहेका दल र प्रतिपक्षीले पनि राजिनामा नदिन भन्दैछन्, आर्थिक बृद्धिदर उच्च हाँसिल गरेको, लोडसेडिङ अन्त्य गरेको, महंगी नियन्त्रण गरेको, राष्ट्रिय गौरबका आयोजनाको निर्माण तीब्र पारेको, फास्ट ट्रयाक निर्माण आफै गर्ने तयारी गरेको, चिनसँग वान बेल्ट वान रोडमा सम्झौता गरेको र मधेसी मोर्चालाई सहमतिमा ल्याएर सफलतापूर्वका निर्वाचन सम्पन्न गरेको भन्दै जनताले बधाई दिइरहेका छन् । तर, सडकमा राजिनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वास प्रस्ताव दर्ता हुँदा पनि राजिनामा नदिने नेता हरेको मुलुकमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा सहमतिका पालनामा इमान्दार बन्नुपर्छ भन्ने स्थापित गर्न राजिनामा दिँदैछन् । फेरि पनि बधाई । अर्को सरकारले दोस्रो चरणको निर्वाचन सफल गरोस ।

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीबेरमै राजीनामा दिने चर्चा चलिरहेको छ । प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरिरहेको केहीबेर अघि उनका पुत्र प्रकाश दाहालले फेसबुकमार्फत नयाँ प्रतिक्रिया दिएका छन् । यस्तो छ प्रधानमन्त्री पुत्र प्रकाशले दिएको प्रतिक्रिया...

23/05/2017

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ । मंगलबार संसद भवन बानेश्वरमा भेट्नासाथ देउवा र ओलीबीच भनाभन भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला ओली पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्‍यो भनेपछि देउवा आक्रोसित बनेको स्रोतले जनाएको छ ।

देउवाले ओलीलाई म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ? भन्दै प्रश्न गरेका थिए ।

मंगलबार विहान बालुवाटारमा भएको तीन दलको बैठकमा पनि ओलीले देउवाको आलोचना गरेका थिए । दिउँसो एमालेले गरेको पत्रकार भेटघाटमा पनि एमाले अध्यक्ष ओलीले देउवाको चर्को आलोचना गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा छन् । माओवादी र कांग्रेसबीच भएको समझदारी कार्यान्वयन भए प्रचण्डले छाडेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

तर, एमाले भने कम्तिमा दोस्रो चरणको चुनाव नहुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री देख्न चाहँदैन । चुनावको मुखमा स्थानीय तहको संख्या बढाएपछि आक्रोसित बनेको छ । यसलाई नै देखाएर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नु अघि नै संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

Address

Thamel
Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

076692732

Alerts

Be the first to know and let us send you an email when Entrepreneurs Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Entrepreneurs Nepal:

Share