
15/07/2025
पहिला पहिला राजा महाराजाहरु दिनै पिच्छे नयाँ नयाँ घोडा किनेर सवारी गरि जनताको कर ,रगत, पसिना चुस्ने काम हुन्थ्यो भने अहिले भने हरेक पालिका, वडा मा इन्डियामा नयाँ गाडी लन्च हुन नपाउँदै घटीमा एक करोड भन्दा माथी को सवारी हुक्याइन्छ! त्यो पनि latest model को, एक करोड मा के बिकास हुँदैन ??? एउटा बिकट जिल्ला मा एउटा पुल बन्छ , एउटा विद्यालय खडा हुन्छ , एउटा हेल्थपोस्ट बन्छ तर यहाँ सबै लाई महाराज को शैली मा बाँच्नु छ , त्यसैले त मन्त्री ले चड्ने 5 करोड को गाडि , मेयर ले चड्ने 3 करोड को गाडी, वडा अध्यक्ष ले चड्ने 1 करोड को गाडी अनि नेपालको विकास भनेको नेताहरूको विलासिता को लागि नेपाली जनता कहिले सम्म साधन बन्ने हो ?? कहिले सम्म कमारो बन्ने ?