01/08/2026
ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी असामयिक रूपमा ज्यान गुमाउनु भएका नेपाली पर्वतारोहणका निमा शेर्पा, पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा, नवाङ थिन्डु शेर्पा तथा निर्मल पुर्जा (निम्स दाइ) प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।
उहाँहरूको साहस, समर्पण र नेपाली पर्वतारोहण क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधैं स्मरणीय रहनेछ। शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।