02/09/2013
अरबी भाषाको नेपाली अनुवाद पछि मात्रै श्रम
स्वीकृति दिने निर्णय:-
वैदेशिक रोजगार विभागले काम गर्न विदेश जाने
नेपालीले अन्तिम श्रम स्वीकृति माग्न
जाँदा भिसामा लेखिएको अरबी भाषाको नेपाली अनुवाद
अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागु गरेको छ ।
विभागको अन्तिम श्रम स्वीकृति शाखाका सबै
कर्मचारीलाई छानबिनका लागि भन्दै अख्तियारले
पक्राउ गरेपछि विभागले यो कदम चालेको हो ।
गैरकानुनी लाभ लिएर फर्जी कागजात
बोकेका नेपाली कामदारलाई बाहिरिन
दिएको आशंकामा छानबिन गर्न अख्तियारले त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन
कार्यालयका कर्मचारीलाई समेत पक्राउ गरेको थियो ।
सहकर्मी पक्राउ परेपछि अध्यागमनका कर्मचारीले
शनिबार दर्जनौं कामदारलाई कागजात नपुगेको भन्दै
विमानस्थलबाट फर्काइदिएका थिए । आइतबार अन्तिम
श्रम स्वीकृति लिन विभाग पुगेकालार्य
कागजातको कमी देखाउँदै कर्मचारीले
फकाएको आजको नागरिक दैनिकमा खबर छापेको छ ।
कर्मचारीले सेवाग्राहीलाई विदेशमा रोजगारी दिने
कम्पनीसँग गरेको सक्कल करारपत्र, भिसामा लेखिने
अरबी भाषाको नेपाली अनुवाद लगायत थप कागजात
सहित आउन आह्रान गरेको छ ।