The Travel Nepal

The Travel Nepal "TRAVEL WITH FRIENDLY "

"The Travel Nepal " is a travel agency located at Subidhangar,Tinkune,Kathmandu,Nepal,with a vision to provide all the tourism related services to all domestic and international tourist.We provide tourism related services to the public on behalf of suppliers such as airlines,car rentals, hotels and package tours.

The Official logo of The Travel Nepal
06/02/2014

The Official logo of The Travel Nepal

06/02/2014
02/01/2014

"TRAVEL WITH FRIENDLY "

तमुहरुको महान् चाड तमु ल्होसरको पवन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्टमित्र,दाजुभाई तथा दिदी बहिनीहरुमा ह...
30/12/2013

तमुहरुको महान् चाड तमु ल्होसरको पवन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्टमित्र,दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !!

MERRY CHRISTMAS
25/12/2013

MERRY CHRISTMAS

Saĝa viro, ĉu ne?
06/12/2013

Saĝa viro, ĉu ne?

DOH AVAILABLE FOR 9TH DECEMBER OWNWARDS
06/12/2013

DOH AVAILABLE FOR 9TH DECEMBER OWNWARDS

पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको घोषणा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले गरेका छन्।द...
06/12/2013

पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको घोषणा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले गरेका छन्।
दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका नेल्सन मण्डेला २७ बर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका थिए।
सन् १९९० मा रिहा भएका उनले त्यसको चार बर्षपछि अन्य द्वन्द्वग्रस्त क्षेत्रमा शान्तिको लागि नेतृत्वदायी भूमिका खेलेका थिए।
उनलाई सन् १९९३ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।
उनको आकर्षक व्यक्तित्व, रसिकपन र कठोर दुर्व्यवहार गर्नेहरुलाई समेत प्रतिशोधपूर्ण भावना नराख्ने बानीका साथै अदभूत जीवन कथाले आंशिक रुपमै भएपनि उनको विश्वस्तरीय छविको व्याख्या गर्छ।
सन् १९९९ मा राष्ट्रपतिको जिम्मेवारी छोडे यता मण्डेला दक्षिण अफ्रिकाका सबैभन्दा सम्मानित व्यक्तित्व थिए। उनले एचआइभी/एड्स विरुद्धको अभियानमा र आफ्नो देशलाई सन् २०१० मा विश्वकप फुटबल खेल आयोजना गर्ने अधिकार दिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
शान्तिदूत
पछिल्ला वर्षहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त मण्डेला द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कंगो, बुरुण्डी, अफ्रिकाका अन्य देशहरु र अन्यत्रका शान्ति वार्ताहरुमा संलग्न थिए।
८५ बर्षको उमेरमा सन् २००४ मा उनले परिवार र साथीभाईलाई बढी समय दिन र शान्तिपूर्ण आत्मसमीक्षा गर्न भनी सार्वजनिक जीवनबाट अवकाश लिएका थिए।
“मलाई नबोलाउ, म तिमीलाई बोलाउँछु” उनले आफूलाई भविष्यका विभिन्न कामहरुका लागि निम्तो दिनेबारे सोचिरहेको जो कोहीलाई चेतावनीको शैलीमा भनेका थिए।
पूर्व राष्ट्रपति मण्डेलाले सार्वजनिक जीवनबाट अवकाश लिएपछि निकै कम कार्यक्रमहरुमा भाग लिन्थे।
नोभेम्बर २०१० मा उनको कार्यालयले अमेरिका र दक्षिण अफ्रिकाका फुटबल टोलीहरुसंग उनले भेटेका तस्वीरहरु प्रकाशित गरेको थियो।
बितेका दुई वर्षमा अस्पतालमा उनको कयौं पटक उपचार भएको थियो।
१९८० को दशकमा रब्बेन आइल्याण्डस्थित जेलमा रहँदा उनलाई क्षयरोग भएको थियो।
२०१२ को शुरुवातमा उनको, राष्ट्रपति कार्यालयकै शब्दमा, पेटसम्बन्धी पुरानो रोगको उपचार गरिएको थियो।
तर पछिल्ला केही महिना भने उनी फोक्सो सम्बन्धी समस्याले ग्रस्त भएका थिए।
राजकीय हुर्काइ
नेल्सन मण्डेला
मण्डेला युवा अवस्थादेखिनै रंगभेद विरोधी अभियानमा सक्रिय थिए
उनी दक्षिण अफ्रिकाको पूर्वी भेगमा बसोवास गर्ने थेम्बु समुदायमा जन्मिएका थिए।
मन्डेलालाई उनकै जातिको नाम मडिबा भनेर पनि बोलाइने गरिन्थो।
जन्मको नाम रोलिह्लला दालिबुंगा भएपनि उनलाई नेल्सन नाम उनका विद्यालय शिक्षकले जुराइदिएका थिए।
थेम्बुको राजकीय परिवारका काउन्सेलरका रुपमा काम गरेका उनका पिताको निधन मन्डेला नौ वर्षको उमेर छँदा भएको थियो।
त्यसपछि थेम्बु समुदायका कार्यकारी शासक जोगिंनताबा डालिनडाइबोको हेरचाहमा मन्डेलालाई राखियो।
सन् १९४२ मा २३ वर्षको उमेरमा उनी आफ्नो वैवाहिक जीवन त्यागी जोहन्स्वर्ग गए।
दुई वर्षपछि उनी कानून अध्ययनका लागि अफ्रिकानेर विट्सवाटेरान्ड विश्वविद्यालयमा भर्ना भए।
त्यहाँ उनले सबै रंग र पृष्ठभूमिका मानिसहरुसंग भेटे जहां उदार, कट्टरपन्थीका साथै रंगेभदी विचारहरुसंग उनको साक्षात्कार भयो, त्यहींबाट राजनीतिमा उनको रुचि बढेको हो।
त्यही वर्ष उनी अफ्रिकी नेशनल कंग्रेस (एएनसी) संग आवद्ध भए र पछि अर्को साथीसंगै एएनसी युथ लिग स्थापना गरे।
१९४४ मा पहिलो विवाह गरेका उनले पहिलो श्रीमति एभेलिन माससंग चार सन्तान भइसकेपछि १९५८ मा पारपाचुके गरेका थिए।
कानुनी अभ्यास
मन्डेलाले १९५२ मा आफ्ना साथी ओलिभर टाम्बोसंग मिलेर कानूनी अभ्यास थाले।
गोराहरुको दलले लादेको रंगभेदी नीतिविरुद्ध दुवैजनाले संयुक्त रुपमा अभियान थालेका थिए।
१९५६ मा अन्य १५५ सहित उनलाई राज्यविरुद्धको अपराध गरेको अभियोग लगाएर चार वर्षको मुद्धापछि अभियोगबाट सफाई दिइयो।
अश्वेत नागरिकहरुलाई काम र बसोवासका लागि निश्चित स्थान तोक्ने खालको कानून आएपछि रंगभेदविरोधी अभियानले झन् तीव्रता पायो।
मण्डेला
उनी लामो समय बिरामी रहँदा उनको सुस्वास्थ्यको कामना गरिएको थियो
१९५८ मा उनले विन्नी माडिकिजेलासंग विवाह गरे जसले पछि उनलाई जेलबाट छुटाउने अभियानमा सक्रिय भूमिका निर्वाह गरिन्।
एएनसीलाई १९६० मा बन्देज लगाइयो र मन्डेला भूमिगत भए।
रंगभेदी शासकविरुद्ध त्यसपछि तनाव बढ्दै गयो र ६९ जना मानिसको ज्यान जाने गरी १९६० मा भएको शार्पभिल्ल हत्याकाण्डपछि त्यसले नयां उचाइं लियो।
आजीवन कारावास
उक्त घटनालाई शान्तिपूर्ण प्रतिरोध संघर्षको अन्त्यका रुपमा लिईन्छ र त्यसपछि त्यतिबेला एएनसीका उपाध्यक्ष समेत भैसकेका मण्डेलाले राज्यलाई आर्थिक रुपमा धराशायी बनाउने अभियानको घोषणा गरे।
त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो र सरकार ढाल्न हिंसा र ध्वंशको सहारा लिएको अभियोग लगाइयो।
रिभोनियाको अदालतको इजलासको कठघरामा उभिएर बोल्दै गर्दा मण्डेलाले प्रजातन्त्र, स्वतन्त्रता र समानताको पक्षमा आफ्नो दृढ विश्वास व्यक्त गर्थे।
उनी भन्थे, “सवै मानिसहरु मिलेर बस्ने र समान अवसर पाउने प्रजातान्त्रिक र स्वतन्त्र समाजको आदर्शलाई मैले सधैँ कदर गर्ने गरेको छु।”
“त्यही आदर्श प्राप्तिका लागि म बाँचिरहेको छु र सफलता हात लाग्नेमा म आशावादी छु, यदि आवश्यक पर्‍यो भने त्यो आदर्शका लागि म मर्न पनि तयार छु” उनले भनेका थिए।
सन् १९६४ को जाडोयाममा उनलाई आजीवन कारवास पठाइएको थियो।
सन् १९६८ र १९६९ एक बर्षको बीचमा मण्डेलाकी आमाको मृत्यु भएको थियो र उनका जेठा छोराले कार दुर्घटनामा ज्यान गुमाएका थिए।
दुवैको अन्तिम संस्कारमा त्यतिबेला भाग लिन उनलाई अनुमति दिइएको थिएन।
रब्बेन आइल्याण्डको बन्दीगृहमा १८ बर्ष बिताएपछि उनलाई सन् १९८२ मा मुख्य शहरमा रहेको पोल्समुर जेलमा सारियो।
मण्डेला र एएनसीका नेताहरु जेल वा निर्वासनमा रहँदा अश्वेतहरुको मुख्य बसोबास रहेका शहरका युवाहरुले अल्पसंख्यक गोरा शासकहरुको विरुद्धमा संघर्ष जारी राखे।
टाम्बोको नेतृत्वमा एएनसीले सन् १९८० मा रंगभेद विरुद्धको अन्तराष्ट्रिय अभियान सुरु गरेको थियो। तर उसले चलाखीपूर्ण रुपमा मण्डेलाको रिहाईलाई आफ्नो मुख्य मुद्दा बनाएको थियो।
यसले सन् १९८८ मा ब्रिटेनको वेम्बले रंगशालामा आयोजित एउटा सांगीतिक समारोहमा भाग लिएका करिब ७२ हजार सहभागी र त्यसलाई टेलिभिजनमा प्रत्यक्ष रुपमा हेरेका लाखौँ व्यक्तिले नेल्सन मण्डेलालाई रिहा गर भन्दै गीत गाएका थिए।
मण्डेलाको पक्षमा अपार जनसमर्थन बढ्दै गएपछि विश्वका नेताहरुले दक्षिण अफ्रिकाको रंगभेदी नीति विरुद्ध सन् १९६७ देखि सुरु गरिएको नाकाबन्दीलाई कडा बनाउँदै लगे।
यस्तो अन्तराष्ट्रिय दबाबले सन् १९९० मा नतिजा निकाल्यो।
दक्षिण अफ्रिकाका राष्ट्रपति एफ डब्लु डि क्लेर्कले एएनसीविरुद्धको प्रतिबन्ध हटाएको घोषणा गरे।
त्यसपछि मण्डेलालाई रिहा गरियो र दक्षिण अफ्रिकामा बहुजातीय सरकार गठन गर्न सम्वाद सुरु भयो।
झुपडपट्टी
सन् १९९२ मा मण्डेलाले अरुसँग सम्बन्ध राखेको कारण देखाउँदै आफ्नी श्रीमति विन्निसँगको सम्बन्ध अन्त्य गरेका थिए।
सन् १९९३ डिसेम्बरमा मण्डेला र फ्रडरिक विलियम डि क्लेर्कलाई संयुक्त रुपमा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
त्यसको पाँच महिनापछि भएको चुनावमा दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपल्ट सबै जातिहरुले मतदान गरेका थिए, जसमा मण्डेला अत्याधिक समर्थन प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भए।
राष्ट्रपतिको रुपमा गरिबहरुको निम्ति आवासको व्यवस्था र झुपडपट्टीले मुख्य शहरहरुमा निम्त्याएको समस्या समाधान गर्नु उनका सबैभन्दा ठूला चुनौती थिए।
उनले आफ्ना सहायक थाबो एम्बेकीलाई सरकारका दिनानु दिन गतिविधि संचालन गर्ने जिम्मेवारी दिए र नेताको आलंकारिक दायित्वलाई पूरा गर्दै दक्षिण अफ्रिकाको नयाँ अन्तराष्ट्रिय परिचय निर्माण गर्ने कामलाई प्राथमिकतामा राखे।
त्यस सन्दर्भमा उनी बहुराष्ट्रीय कम्पनीहरुलाई दक्षिण अफ्रिकामा नै बसेर लगानी गर्न मनाउन सफल भए।
आफ्नो ८०औं जन्मदिनमा नेल्सन मण्डेलाले मोजाम्बिकका पूर्व राष्ट्रपतिकी बिधुवा ग्रासा माचेलसँग विवाह गरे।
राष्ट्रपति पदबाट हटेपछि पनि उनले विश्वका कतिपय देशमा भ्रमणमा गएर विभिन्न सम्मेलनहरुमा भाग लिए र सम्मानहरु समेत ग्रहण गरेका थिए।
मण्डेला
मण्डेलालाई विश्वभरनै एउटा असल राजनेताको रुपमा चिनिन्छ
आफ्नो अवकाशपछि मण्डेलाको सार्वजनिक उपस्थिति धेरै जसो उनकै नाममा खोलिएको परोपकारी संस्था मण्डेला फाउन्डेसनले आयोजना गरेका कार्यक्रमहरुमा हुने गर्थ्यो।
आफ्नो ८९ औँ‌जन्म दिनमा मण्डेलाले द एलडर्स भनिने विश्वका महत्वपूर्ण व्यक्तिहरुको एउटा समूह स्थापना गरे, जसको उद्देश्य विश्वका केही अति जटिल समस्या समाधान गर्न विशिष्ट सल्लाह र मार्गनिर्देशन दिनु थियो।
उनको पछिल्लो महत्वपूर्ण हस्तक्षेपकारी भूमिका उनका छोरा माकगाथोको सन् २००५ मा निधन भएपछि देखिएको थियो।
एड्स रोगको माहामारीबारे खुलेर कुरा गर्न मानिसहरुले संकोच मानिरहेका बेला मण्डेलाले उनका छोराको एड्सका कारण मृत्यु भएको घोषणा गरे र दक्षिण अफ्रिकी जनतालाई एड्सबारेमा कुरा गर्न र सामान्य रोग जस्तै देखिने बनाउन आव्हान पनि गरे।
उनले सन् २०१० विश्वकप फुटबल दक्षिण अफ्रिकामा आयोजना गराउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए र विश्वकपको समापन समारोहमा समेत उपस्थित भएका थिए।
मण्डेलाको अनुहार अंकित नोटहरु नोभेम्बर २०१२ मा प्रयोगमा ल्याइएको थियो।

Address

Tinkune
Kathmandu

Telephone

9849610435

Website

Alerts

Be the first to know and let us send you an email when The Travel Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Travel Nepal:

Shortcuts

Share

Category