01/01/2021
काठमाडौं–नयाँ दिल्ली उडान शुरु गरिएको सूचना !
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारतले दुवै मुलुकहरुले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानहरुमा प्रतिवन्ध लगाएकोमा हाल दुवै मुलुकहरुले अन्तर्राष्ट्रिय उडानहरुमाथिको प्रतिवन्ध Air Transport Bubble माफर्त् खुकुलो बनाएकाले निगमले १७ डिसेम्वर २०२० देखि काठमाडौं–नयाँ दिल्ली–काठमाडौं रुटमा हाललाई प्रतिदिन १(एक) वटा नियमित उडान शुरु गर्न लागेको व्यहोरा जानाकारी गराइन्छ ।
कोभिड–१९ को कारणबाट लामो समयसम्म उडान स्थगित हुँदा यात्रुहरुको आवागमन चापमा परेको प्रभाव अध्ययन गरी उडान संख्यामा समायोजन गर्न सकिने र सो को पूर्वसूचना दिईने तथा नेपाल सरकार र भारत सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी शर्तहरुको पूर्ण पालना गर्दै यात्रुहरुलाई अधिकतम सुविधासहित सङक्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न निमग प्रतिबद्ध रहेको व्यहोरा समेत जानाकारी गराइन्छ ।
नेपाल तथा भारत सरकारले कोभिड–१९ को सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गरेको स्वास्थ्य सम्बन्धी थप मापदण्डहरु बारेमा यात्रुहरुले यात्रा गर्नुपूर्व टिकेटिङ्ग एजेन्सी/वायुसेवासँग जानकारी लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ ।
सो सम्बन्धी थप जानकारीका लागि तल दिइएका लिङ्कहरुमा गई हेर्न सक्नुहुनेछ । https://boi.gov.in/content/advisory-travel-and-visa-restrictions-related-covid-19-1
https://www.newdelhiairport.in/covid19
https://tia.immigration.gov.np/post/notice-regarding-arrival-of-foreigners-2
https://ccmc.gov.np/