
13/06/2025
आयो टप्प टिपी लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो ।
इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ।।
हार्दिक श्रद्वान्जली !
एलिट हस्पिट्यालिटी तथा टुरिजम सर्भिसेस म्यानेजमेन्ट कम्पनी प्रा.लि. का संचालक श्री घनश्याम कठायत - Ghanashyam Kathayat ज्युको पुजनीय हजुरबुवा स्व. रत्न बहादुर कठेतको मिति वि.स. २०८२/०२/२३ गते शुक्रबारका दिन ९३ वर्षको उमेरमा भएको असामयिक निधनले समस्त एलिट हस्पिट्यालिटी परिवार लाइ अत्यन्तै मर्माहित र दुखि तुल्याएको छ।
यस दुखद घडीमा स्वर्गीय आत्माको चिर शान्तीको कामना सहित भावपूर्ण श्रद्वान्जली अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन, इष्टमित्र, छरछिमेक र शुभेच्छुकहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनि हार्दिक समवेदना ब्यक्त गर्दछौ।
एलिट हस्पिट्यालिटी तथा टुरिजम सर्भिसेस म्यानेजमेन्ट कम्पनी प्रा.लि. परिवार ।