23/02/2016
"घरको बाथरुम, भान्छा कोठाबाट निस्कने फोहोर पानीको ट्रिटमेन्ट गरी सिँचाइ, माछापालन र खेतीपातीमा प्रयोग गरिने पनि योजनामा उल्लेख छ । यसैगरी शौचालय र भान्छाकोठाबाट निस्कने फोहोरलाई बायो ग्यास प्लान्टका रूपमा उपयोग गरिने छ ।
घरमा उत्पादन हुने अन्य फोहोरलाई कम्पोस्ट मलका रूपमा विकास गरिने छ । चिउरा, तेल र घरेलु उद्योगको विकास गरी प्रशस्त आर्थिक लाभ लिन सकिने योजनामा छ । आधुनिक शैलीमा बनाइसकेको भवनहरूको स्वरूप परिवर्तन गर्नुपर्ने योजनामा छ ।
सत्तल दुईदेखि तीन तलाको हुने छ । भुइँ तलामा भजन/कीर्तन गर्न मिल्ने, पहिलो र दोस्रोमा हल, भोज भतेर, कार्यक्रम, गोष्ठ गर्न मिल्ने किसिमले निर्माण गरिने छ ।
झ्यालहरूमा बुट्टा कुँदिएका हुन्छन् । बसपार्क क्षेत्रलाई हरित क्षेत्र र चुखा, टोल चोक, ननी, बहा, बहिल, लाछी, गल्लीको साइजमा फेरबदल नगरीकन पुरानै ढंगले निर्माण गरिने छ । बस्ती भित्रको मुख्य बाटोलाई एम्बुलेन्स जान सक्ने फराकिलो बनाउने योजनामा उल्लेख छ ।
दमकल नछिर्ने टोलमा आगलागी हुँदा बचाउन पानीको पाइप, विद्युतीय तार, ग्यास पाइपको जमिनमुनि व्यवस्थित गर्ने, ढल निकासका लागि छुट्टै पाइपको पनि व्यवस्था गर्ने जस्ता योजना छन् । आकासेपानी संकलन गर्ने र राजकुलोलाई व्यवस्थित बनाइने योजना छ ।"
नोट: समिति का अध्यक्ष श्यामकृष्ण महर्जन र योजना बनाइएको समितिका सिद्धिगोपाल डंगोल सदस्य हुन्
http://kantipur.ekantipur.com/news/2016-02-23/20160223111228.html
भूकम्पले क्षति पुर्याएको बस्ती पुनर्निर्माण गर्न खोकनाबासी आफंैले गुरुयोजना तयार पारेका छन् । स्थानीय १० जना प्राविधिकको सहयोगमा विस्तृत सर्वेक्षण तयार पारी ४ महिना लगाएर योजना तयार पारेका हुन् ।