Chitwan Safari Package

Chitwan Safari Package A complete safari and tour package for Chitwan National Park....

11/10/2025

नेपाली आकाशमा कर्‍याङकुरुङ सारस

उत्तरी ध्रुवबाट हजारौँ किलोमिटर उडेर हरेक वर्ष भारततर्फ जाने कर्‍याङकुरुङ सारस नेपाली आकाशमा देखा पर्न थालेका छन् ।

जाडो छल्न यो प्रजातिका चरा उत्तरी चीन, मङ्गोलिया, साइबेरियाबाट नेपाली आकाश हुँदै भारततर्फ जान थालेका हुन् । कर्‍याङकुरुङ निकै माथि आकाशमा उडे पनि चर्को रूपमा ‘कर्‍याङकुरुङ’ आवाज निकाल्ने गरेकाले सजिलै थाहा पाउन सकिन्छ । यो प्रजातिका चरा प्रायः अङ्ग्रेजी अक्षर भी जस्तो आकार बनाएर आकाशमा उड्ने गर्दछन् । बथानको नेतृत्व गर्दै सबैभन्दा अगाडि उडिरहेको कर्‍याङकुरुङ थाकेमा अर्कोले पालो लिएर बथान नेतृत्व गर्दै उड्ने र बाँकीले पछ्याउँदै उड्ने गरेको पाइन्छ ।

भारत जाने क्रममा कर्‍याङकुरुङ सारसले करिब ४० दिनसम्म चार हजार ८९६ किलोमिटर उडान भर्ने गरेको जनाइएको छ । त्यस्तै उत्तरी ध्रुवतर्फ फर्कने कर्‍याङकुरुङले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेको जनाइएको छ । भारतमा छ महिना बिताएपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तानलगायत देश हुँदै यी चरा रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ पुनः फर्कने गरेको जनाइएको छ ।

source: Gorkhapatra

23/09/2025
27/08/2025

शेफोक्सुण्डोमा १ सय २० हिउँ चितुवा

निकुञ्जले झन्डै ५ महिना लगाएर क्यामेरा ट्र्यापिङ विधिबाट गरेको गणनामा निकुञ्जभित्र भित्र ९० र आसपासका राष्ट्रिय वनमा ३० वटा हिउँ चितुवा यकिन गरेको हो ।
निकुञ्जको संरक्षण क्षेत्रमा प्रति एक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व २.२ रहेको छ । हिउँ चितुवा गणनाका लागि वन क्षेत्रमा ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो । विश्वमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने गरिएको शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । आवश्यक आहारा प्रजाति झारल, घोरल र नाउरको संख्या वृद्धि हुँदा हिउँ चितुवाको संख्या पनि बढेको पाइएको उनको भनाइ छ । ‘हिउँ चितुवाको संख्या बढ्दा पर्यापर्यटनमा टेवा पुगेको छ,’ उनले भने, ‘निकुञ्जमा हिउँ चितुवाको घनत्व नेपालकै उच्च रहेको देखियो ।’
निकुञ्जमा झारल, घोरल र नाउरको संख्या झन्डै ४ हजार रहेको तथ्यांक छ । २०४० सालमा स्थापना भएको निकुञ्जले ३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्जअन्तर्गत मुगुको मुगुम्कार्मारोङ गाउँपालिकासहित डोल्पाका ३ वटा पालिका पर्छन् । निकुञ्जमा यो वर्ष झन्डै १० हजार पर्यटक घुम्न आएको निकुञ्जले जनाएको छ ।

Photo: DnPwc

03/03/2025

सप्तरीको फत्तेपुरमा बस्तीमा बाघ
सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ ।
बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरु परिचालित छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट सवन्मय गरी बाघलाई बस्तीबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

https://ekantipur.com/pradesh-2/2025/03/03/a-tiger-entered-the-settlement-in-fattepur-of-saptari-three-people-were-injured-57-00.html

27/02/2025
11/12/2023

Address

Thamel 29
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Chitwan Safari Package posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Safari Package:

Share

Category