29/05/2026
नेपाल सरकारद्वारा “नमूना दलित होमस्टे” सुरु गर्ने घोषणालाई हामी हार्दिक स्वागत गर्दछौं। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री Swarnim Waglé संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेलले यो पहललाई राष्ट्रिय प्राथमिकतामा राख्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
२०१७ मा तनहुँको आपश्वारामा Hands-On Institute र स्थानीय दलित समुदायको साझेदारीमा सुरु भएको “आपश्वारा कम्युनिटी दलित होमस्टे” नेपालमै यस्तो पहिलो प्रयास थियो। त्यसपछिका वर्षहरूमा यो होमस्टेले अमेरिका, फ्रान्स, जर्मनी, जापान, अस्ट्रेलिया, स्विट्जरल्यान्ड र फिनल्यान्डसहित 28 देशका पर्यटकहरूलाई स्वागत गर्यो।
“यसले हाम्रो संस्कृति संरक्षण मात्र गरेन, हामीलाई सामाजिक भेदभावका बाबजुद मर्यादासाथ बाँच्न पनि मद्दत गरेको छ।”
दलित समुदाय केवल श्रम वा सीपको प्रतीक मात्र होइनन्, उनीहरूको संस्कृति, जीवनशैली, कथा र आतिथ्य नेपालको पर्यटनको अमूल्य सम्पत्ति हो।
आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीहरूलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्ने घोषणा भएको छ। आपश्वाराको सिकाइले अब देशभरि फैलिने बाटो खुलेको छ।
हामी आफ्नो अनुभव, सिकाइ र यात्रा सबैसँग साझा गर्न सदैव तयार छौं।
पर्यटन केवल घुमफिर होइन
यो सामाजिक विभेद तोड्ने, सम्मान निर्माण गर्ने र समुदायलाई सशक्त पार्ने माध्यम हो।
🙏 आपश्वाराबाट सुरु भएको यो यात्रा अझ धेरै समुदायसम्म पुगोस्।