राजा वीरेन्द्र वीर विक्रम शाह

  • Home
  • Nepal
  • Lalitpur
  • राजा वीरेन्द्र वीर विक्रम शाह

राजा वीरेन्द्र वीर विक्रम शाह वीरेन्द्र वीर विक्रम शाह(वि.सं. २००२-२?

21/05/2026
20/05/2026

१९५९ (२०१६ साल) मा नेपालले पहिलोपटक संसदीय निर्वाचन गरेको थियो। नेपाली कांग्रेसका नेता बिश्वेश्वरप्रसाद (विपी) कोईराला प...
20/05/2026

१९५९ (२०१६ साल) मा नेपालले पहिलोपटक संसदीय निर्वाचन गरेको थियो। नेपाली कांग्रेसका नेता बिश्वेश्वरप्रसाद (विपी) कोईराला प्रधानमन्त्री बने। त्यो समय नेपालको संविधान पनि भारतमै बसेर तयार गरिएको थियो र राजनीतिक संरचना भारतको ढाँचामा राखिएको थियो।

तर त्यसबेला भारतले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न थालेको थियो —
• दिल्लीमा बस्ने केही नेताहरूमार्फत नेपालका नीतिमा हस्तक्षेप,
• नेपाली सेनालाई भारतको "सहयोग" अन्तर्गत नियन्त्रणमा ल्याउने प्रयास,
• आर्थिक र राजनैतिक निर्णयहरू दिल्लीको स्वीकृति बिना हुन नसक्ने वातावरण,
• अनि भारत–चीन यु*द्धको तयारीसँगै नेपालको भौगोलिक स्थिति "सामरिक क्षेत्र" बन्न थालेको थियो।

राजा महेन्द्रले यो सब चुपचाप हेरेनन्।
उनी बुझ्थे — नेपालले यदि तत्काल आत्मनिर्णय र राष्ट्रिय सन्तुलन कायम गर्न सकेन भने, भारतले सिक्किमको जस्तै बाटो नेपालमाथि पनि लागू गर्नेछ।

नेपालका राजा त्रिभुवन र उनका ३ जेठा छोराहरू; महेन्द्र (उडा), बसुन्धरा र हिमालय (बस्दै) १९३२ मा
20/05/2026

नेपालका राजा त्रिभुवन र उनका ३ जेठा छोराहरू; महेन्द्र (उडा), बसुन्धरा र हिमालय (बस्दै) १९३२ मा

14/05/2026

🇳🇵 Royal king Nepal🇳🇵

"म मरे पनि मेरो देश बाँचिरहोस्"
10/05/2026

"म मरे पनि मेरो देश बाँचिरहोस्"

राजा र नेता बीचको फरक !सिरियामा बसद अल-असरको सत्ता मोहको कारण हालसम्म ३ लाख बढी सिरियाली मारिएका छन् भने पचासौं लाख सिरि...
12/12/2024

राजा र नेता बीचको फरक !

सिरियामा बसद अल-असरको सत्ता मोहको कारण हालसम्म ३ लाख बढी सिरियाली मारिएका छन् भने पचासौं लाख सिरियाली देश बाहिर नारकीय शरणार्थी जीवन बाँच्न बाध्य छन्।

बसद असर परिवार र पत्नी अस्मा असद आस्मा सहित अहिले रुसको राजधानी मस्कोमा छन्।असदले अफ्ठेरो परिस्थितीमा देश छोडेर भाग्ने योजना सहित निकै पहिलादेखी लगभग २ अर्ब डलर बराबरको सम्पत्ती रुसमा पुर्र्याइएर लगानी गरिरहेका रहेछन्। राजधानी मस्कोमा २० वटा सुविधासम्पन्न अपार्टमेन्ट रहेछ।जसको मूल्य करिब ४० मिलियन डलर पर्ने रहेछ।असद सँग अर्बौं डलरको सम्पत्ती रुस लगायत अरु देशमा छ।

सिरियाका मानिसहरु एक टुक्रा पाउरोटी खान नपाउँने अबस्थामा छन्।उता त्यो देशमा २५ बर्ष शासन गरेका शासक बसद रुस भागेर भव्य महलमा विलासी जीवन आनन्दले बाँच्न थालिसके।

गिरिजा प्रसाद कोइरालाले माओवादी विरुद्ध सेना परिचालन गर्न खोज्दा आफ्नो शासन-व्यवस्था विरुद्ध लडेका माओवादीलाई आफ्नै देशका दाजुभाई विरुद्ध सेना परिचालन गरेर मार्न हुन्न भनेर रोकेका थिए।

जम्मा २५ बर्ष लामो आफ्नो शासन- सत्ता जोगाउँन समृद्ध देश सिरियालाई बसद असरले विदेशी सेनाको क्रिडास्थल बनाए। समृद्ध देशलाई तहसनहस र ध्वस्त पारे।आफ्नो पुर्खाले दुःखले निर्माण गरेर विदेशी सँग लडाई लडेर जोगाएका २४० बर्ष पुरानो सत्ता भन्दा नेपाली जनताको ज्यान प्यारो लागेर २१ जनाको मृत्यु हुने बित्तिकै राजा ज्ञानेन्द्रले शासन-सत्ता छोडिदिएका थिए।

राजतन्त्रमा कांग्रेस,एमाले र माओवादी लगायत गणतन्त्रबादीले राजाले विदेशी बैंकमा लगेर पैसा थुपारेका छन्।हामी त्यो पैसा नेपाल फिर्ता ल्याएर सबै नेपालीलाई धनी बनाउँछौं भनेर जनता उचाले।अहिले राजतन्त्र पूर्ण रुपमा सक्किएर गणतन्त्र आएको बीस बर्ष पुग्न लाग्दा पनि राजा र उनको परिवार,आफन्तको कुनै पनि विदेशी बैंकमा पैसा भेटिएको छैन।

राजालाई विदेशी बैंकमा पैसा लगेर थुपारेको आरोप लगाउँने नेता र तीनका आफन्त र परिवारले विदेशी बैंकमा लगेर पैसा थुपारेका छन्।राजका छोराहरु विदेश पढेपनी यहि देशमा फर्किए र यतै बस्ने गर्थे।अहिलेका शासकका सन्तानहरु विदेशमै पढ्छन् र उतै सेटल भएर बसेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलका छोरा समेत बेलायतमा जमेर बसेका र भ्रष्टचारको पैसा बेलायतमा लगानी गरेको कुरा मिडियामै आएको छ।

राजा ज्ञानेन्द्रले बसद असरले जस्तै आफ्नो व्यापार बाट आम्दानी गरेको सम्पत्ती कहिल्यै विदेश लगेर थुपारेनन्।जति कमाए नेपालमै लगानी गरे र नेपालीलाई नै रोजगारी दिए।आजपनी राजा ज्ञानेन्द्रको शेयर रहेको कम्पनीहरुले नेपालमा सबैभन्दा धेरै कर तिर्छन्।

शासन सत्ता गुम्यो,धेरै पुर्ख्यौली सम्पत्ती राष्ट्रियकरण भयो,जताततै ज्ञानेन्द्र विरुद्ध घृणा फैलिएको थियो।कठिन परिस्थितीमा समेत राजा ज्ञानेन्द्र र उनको परिवार देश छोडेर भागेनन्।आफूले भनेको मानेर नेपाललाई भारतको छत्रछाँयामा राख्न सहमत भएमा राजतन्त्र जोगाइदिने भारतको प्रस्ताव सिधै इन्कार गरेर आफ्नो सत्ता टिकाउँन यो देश विरुद्ध घात गर्दिन भनेर सत्ता नै गुमाए।

संसारको जुनसुकै विकसित देशमा गएर बस्न सक्ने अवस्था र हैसियत भए पनि यहि देशमा छन्।नेपाली जनतामाझ निष्फिक्री हाँस्दै हिडिरहेका छन्।

कठिन र अफ्ठेरो परिस्थितीमा देश छोडेर अफगानिस्तानका राष्ट्रपती असरफ घानी,सिरियाका बसद अल-असर,बंगलादेशकी नेतृ शेख हसिना देश छोडेर भागे।अफ्ठेरो परिस्थिती आएमा यो देशका अहिलेका शासक सबै विदेश भाग्छन्।उनीहरुले त्यसको लागी भ्रष्टचारको पैसा पनि विदेश लगेर सुरक्षित भईसकेका छन्।

तर,नेपालका राजा ज्ञानेन्द्र भागेनन् र भाग्दैनन् पनि।यहि फरक छ राजा र नेता बीच।

✍️ Ram Dhungana

Address

Lalitpur

Telephone

9818249164

Website

Alerts

Be the first to know and let us send you an email when राजा वीरेन्द्र वीर विक्रम शाह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share